गह्रौंकालिकामा महाअष्टमीका दिन उल्लेखनीय सहभागिता

गोपाल जिटी
वालिङ, १४ असोज–नेपालका धार्मिक, सांकृतिक एवम् ऐतिहासिक महत्वका स्थलहरुमध्ये गह्रौंकालिका भगवती मन्दिर पनि एक हो । यो मन्दिर स्याङ्जाको वालिङ नगरपालिका वडा नम्वर–८, गह्रौंसुरमा पर्दछ । गह्रौंसुर वालिङ नगरपालिकाको छिमेकी गल्याङ नगरपालिकाको १० नम्वर वडासँग जोडिएको छ । यहाँ बडा दशैं तथा चैते दशैंको नवदुर्गामा विशेष पूजाआजा हुने गर्दछ । यो मन्दिरमा नवदुर्गाका समयमा विशेष पूजाआजा हुने परम्परादेखिकै प्रचलन हो । यसपटकको नवदुर्गामा पनि घटस्थापनाका दिनदेखि नै पूजाआजा एवम् दर्शनार्थीहरुको उल्लेख्यरुपमा उपस्थिति भएको छ । यसैबीच आज महाअस्ष्टमीका दिन विगतको तुलनामा निकै बाक्लो सहभागिता रहेको थियो ।
गह्रौंसुरलाई गह्रौंकोट पनि भनिन्छ । यहाँ गह्रौंकालिका देवी, भगवतीलगाएतका मन्दिरहरु रहेकाले आस्थाको केन्द्रकारुपमा स्थापित छ । गह्रौंकोटमा दर्शन एवम् अवलोकनका लागि सधैं खुला रहन्छ भने अरु समयमा पनि तीथि मिलाएर पूजाआजा एवम् दर्शन गर्न सकिन्छ ।
नेपाली इतिहासमा चौविसी राज्यका राजा दशरथ खाँणले वि.सं.१५५२ मा गह्रौँकालिकाको स्थापना गरिएको भनिन्छ । गह्रौँकालिका जागृत देवी भएकाले दर्शन एवम् भाकल गर्नाले मनोकाक्षा पूरा हुने जनविश्वास रहिआएको पाइन्छ ।
गह्रौँसुर समुद्र सतहदेखि झण्डै १६ सय मिटरको उचाइमा अवस्थित छ । यहाँबाट स्याङ्जाका अधिकांश भागकासाथै पाल्पा, तनहुँ, कास्की, नवलपरासी, पर्वतलगायतका छिमेकी जिल्ला अवलोकन गर्न सकिन्छ । धार्मिक, सांस्कृतिक एवम् पर्यटकीय महत्व रहेको गह्रौँसुरबाट उत्तरतर्फको मनमोहक हिमशृङ्खलाले आनन्दित पार्ने यहाँको अर्को विशेषता हो ।
पूराना भौतिक संरचनालाई सुधार एवम् व्यवस्थित गर्दै र गह«ौंसुरको महिमा बुझ्दै र बुझाउँदै जाँदा पूजाआजा एवम् दर्शनका लागि थप आकर्षण बढेको देखिन्छ । योसँगै गह«ौंसुर वालिङ नगरिकै एक महत्वपूर्ण र पर्यटकीय स्थल बनेको छ ।
पछिल्लो समयमा गरिएको साजसज्जा र व्यवस्थापनले धार्मिक आस्थावान एवम् पर्यटकहरुका लागि जिल्लाकै आकर्षक गन्तव्यकारुपमा विकसित भएकोे छ । भगवती र कालिकादेवीको मन्दिरमा आकर्षक प्रवेशद्वार, सुविधा सम्पन्न अतिथि गृहकोसाथमा खानेपानीको सहज उपलब्धता रहेको छ । यहाँको ऐतिहासिक महत्व झल्किने कोतघरसमेत रहेको छ भने धर्मशाला, चमेना गृह, शौचालय, पक्की सडक तथा पदमार्गको सुविधासमेत रहेको छ । यसैगरी सफा र सुन्दर मन्दिर परिसरमा दृश्यावलोकन केन्द्रको साथमा पूर्वाधारका आधारभूत सुविधाको उपलव्धताले पनि थप आकर्षणको केन्द्र बनेको छ ।

ताजा

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

२०८३ आश्विन १ गते, बिहीबार

ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’

२०८३ भाद्र ३१ गते, बुधबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal