वालिङमा विद्यार्थी स्वागत तथा पढ्दै कमाउदैसम्बन्धी अभिमुखीकरण
गोपाल जिटी
वालिङ,२१ भदौ–स्याङ्जाको वालिङमा विद्यार्थी स्वागत तथा पढ्दै कमाउदैसम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ । वालिङ १० को फूलबारीस्थित पूर्णामृत भवानी माध्यमिक विद्यालयको कक्षा १२ का विद्यार्थीले ११ लाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम गरेको हो ।
कार्यक्रममा नेक्सस इन्स्टिच्युट अफ रिसर्च एण्ड इनोभेशन(निरी) फाउडेशनका अध्यक्ष एवम् क्यालिफोर्निया विश्वविद्यालयका प्रोफेसर डा. तारा सिग्देलले विद्यार्थीलाई कमाउदै पढ्दै कार्यक्रमकाबारे अभिमुखीकरण गर्नुभएको थियो । अमेरिका लगायतका विभिन्न देशमा विद्यार्थीलाई अध्ययनकै क्रममा आफूहरुलाई व्यवसायसँग समाहित गर्दै उनीहरुले आय आर्जन गर्छन भने नेपालमा त्यस्तो अभ्यास नभएकाले परीक्षणकारुपमा गर्न लागिएको प्रोफेसर डा. सिग्देलले बताउनुभयो । कार्यक्रमका लागि पहिलो चरणमा नेपालमा दुईवटा विद्यालय छनौट गरिएका हुन् । उहाँले भन्नुभयो, “यस अन्तर्गत ११ कक्षामा पढ्दै गरेका भद्रकाली मावि पोखरा र पूर्णामृत भवानी मावि गरी दुईवटा विद्यालयमा परीक्षणकारुपमा पढ्दै कमाउदै कार्यक्रम सञ्चालनमा ल्याइएको छ । यसमा विद्यार्थीहरुलाई १५ वटा समूह बनाएर १० देखि २० हजारसम्म सिडमनी प्रदान गरिने छ । यसलाई कमाउदै पढ्दै गर्ने सिकाई गराइने छ । यसमा घाटा परेमा फाउण्डेशनले बेहोर्ने छ भने भएको कमाई विद्यार्थीलाई वितरण गरिने छ ।”
विद्यालयका शिक्षक एवम् कार्यक्रम संयोजक प्रदिप बगालेले अमेरिकालगायतका देशहरुमा अध्ययनकै क्रममा कमाई गर्ने जुन अभ्यस छ त्यसलाई हामीले स्थानीय स्तरमा पनि सिकाई गराउन लागिएको जानकारी गराउनुभयो । यस अन्तर्गत पहिलो चरणमा वित्तीय सेवा सम्बन्धी अभिमुखीकरण गराइसकिएको छ भने अहिले यो दोस्रो चरणको कार्यक्रम गर्न लागिएको हो । संयोजक बगालेका अनुसार कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुका लागि लन्च गरिएको कार्यक्रममा अहिले एउटा विद्यालयमा ५ जनाका दरले १५ देखि २० समूह रहनेछन् । उनीहरुले १० देखि २० हजारसम्मको बीउपूँजी पाउने छन् । विद्यार्थीले हप्ताको ६ दिन साविकको कक्षामा अध्ययन गर्नेछन् भने १ दिन पढ्दै कमाउदै कार्यक्रम मा सहभागी हुने छन् । विशेषगरी कृषि, उत्पादन, सेवा र प्रविधिसँग सम्बन्धित सिकाई हुनेछ । अहिले पाइलोट प्रोग्रामकारुपमा गरिएको र ६ महिनापछि पुनः प्रोमोशन गर्दै लैजान सकिने संयोजक बगालेले उल्लेख गर्नुभयो ।
कार्यक्रममा कक्षा १२ ले ११ का विद्यार्थीहरुलाई स्वागत तथा नृत्यसहितका साङ्गीतिक प्रस्तुतिद्वारा मनोरञ्जन प्रदान गरिएको थियो ।

ताजा
विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि
२०८३ आश्विन २२ गते, बिहीबार
विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि
२०८३ आश्विन २२ गते, बिहीबार
काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान
२०८३ आश्विन २१ गते, बुधबार
वालिङमा बजार अनुगमन : २६ हजार बढीका म्याद गुज्रेका खाद्यवस्तु नष्ट
२०८३ आश्विन २१ गते, बुधबार
पुतलीबजारमा बजार अनुगमन
२०८३ आश्विन २० गते, मंगलवार
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार





















