फेसबुकसहितका सामाजिक सञ्जाल सूचीकृतका लागि अहिलेसम्म सम्पर्कमा आएनन्
काठमाडौ,१८ भदौ–सरकारले सूचना जारी गरेर सामाजिक सञ्जाल सूचीकरणका लागि दिएको समयसीमा अन्तर्गत आज अन्तिम दिन हो । सरकारले यही भदौ १२ गते सार्वजनिक सूचना निकालेर अहिले नेपालमा चलिरहेका र नेपाल आउने तयारी गरिरहेका सामाजिक सञ्जाललाई अनिवार्य सूचीकरणका लागि भन्दै सात दिने सूचना निकालेको थियो ।
सूचना अनुसार आज राति १२ बजेअघि सूचीकरणका लागि सम्पर्कमा आइसक्नुपर्छ । तर आज दिउँसो पौने ५ बजेसम्म कुनै पनि सामाजिक सञ्जाल सम्पर्कमा नआएका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले जानकारी दिनुभयो ।
मन्त्रिपरिषद्ले निर्णय गरेर सामाजिक सञ्जाल सूचीकृत नभएमा बन्द गरिदिने चेतावनी दिएको हो । सामाजिक सञ्जालले आज राति १२ बजेसम्म एउटा मेल मात्रै गरेमा पनि कारबाही प्रक्रिया अघि नबढाउने तर कुनै सम्पर्क नगरेमा मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनमा जाने प्रवक्ता ठाकुरले बताउनुभयो ।
सरकारले यसअघि टिकटकमाथि प्रतिबन्ध लगाएकोमा नेपालमा सूचीकृत हुन आएसँगै पुनः सञ्चालनमा आएको छ । केही समयअघि सरकारले टेलिग्रामलाई नेपालमा निष्क्रिय गरेको छ । अहिले विशेषगरी मेटा कम्पनीका फेसबुकलगायतका सञ्जाल र ट्विटर भनिने ’एक्स’ लाई लिएर धेरैले चासो राखेका छन् ।
सरकारले समयसीमा दिएपछि मेटा कम्पनीले सरकारसँग सम्पर्क गरेको छैन तर यही बीचमा कन्टेन्ट मनिटाइजेसन कार्यक्रम औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । कम्पनीले यो सेवा आधिकारिक रूपमा नेपालमा शुरू भएको जानकारी दिन थालेको हो ।
सरकारले बन्द गर्ने धम्की दिइरहेका बेला प्रयोगकर्तालाई पैसा कमाउन सकिने सुविधा दिएर सरकारप्रति उल्टो दबाव सिर्जना गरेको आईटी विज्ञहरू बताउँछन् ।
ताजा
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
२०८३ आश्विन २५ गते, आईतवार
स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत
२०८३ आश्विन २४ गते, शनिबार
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
२०८३ आश्विन २४ गते, शनिबार
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त
२०८३ आश्विन २३ गते, शुक्रबार
प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान
२०८३ आश्विन २३ गते, शुक्रबार
पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु
२०८३ आश्विन २३ गते, शुक्रबार





















