कर्तव्य ज्यान मुद्दाका ८ जना आरोपी पक्राउ
वालिङ,१० भदाै- स्याङ्जामा कर्तव्य ज्यान मुद्दाका ८ जना पक्राउ परेका छन् । कर्तव्य ज्यान मुद्दाका ८ जना पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएकाे छ।
पक्राउ पर्नेहरुमा हरिनास गाउँपालिका ५ का २२ वर्षीय सिजन थापा, बलिकोटका २० वर्षीय विवेक मानन्धर, २३ वर्षीय गोरे भन्ने गुरुप्रसाद लम्साल, १७ वर्षीय आर्यन क्षत्री, २३ वर्षीय विश्वास वाग्ले र वडा नम्वर ६ का २२ वर्षीय निशान थापा रहेका छन् । यसैगरी चापाकोट नगरपालिका वडा नम्वर ५ काम्तीका २४ वर्षीय अनिल शाही र १८ वर्षीय बादल बिक गरी ८ जना कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरु यही भदौ ७ गते राती अन्दाजी ११ बजेको समयमा वालिङ नगरपालिका ५ को जर्कोटमा चर्को आवाजमा मोटरसाइकल चलाएको विषयमा स्थानीय बाहुनडाँडाका ढालबहादुर थापासँग वादविवाद भएको थियो । सोही क्रममा ३२ वर्षीय थापालाई कुटपिट गरी घाइते भएका थिए । तत्काल उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा लगिएकोमा भोलिपल्ट ८ गते विहान चिकित्सकले थापालाई मृत घोषणा गरेका थिए । कुटपिटमा संलग्नहरुलाई अनुसन्धान गर्दैजाँदा जिल्ला प्रहरी कार्यालय पुतलीबजार, वडा प्रहरी कार्यालय वालिङ र मातहतबाट खटिएको अप्रेसन टोलीले जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएका हुन् ।
ताजा
सिद्धार्थ राजमार्गबाट नियन्त्रित लागूऔषधसहित दुई जना पक्राउ
२०८३ असार ३२ गते, बिहीबार
सिद्धार्थ राजमार्गबाट नियन्त्रित लागूऔषधसहित दुई जना पक्राउ
२०८३ असार ३२ गते, बिहीबार
पहिरोमा पुरिँदा ६५ वर्षीय धनबहादुरको मृत्यु
२०८३ असार ३२ गते, बिहीबार
निजी मिडियालाई सरकारी विपज्ञापन प्रतिबन्ध लगाउने सरकारकाे निर्णय सर्वोच्चद्वारा बदर
२०८३ असार ३० गते, मंगलवार
विश्वकै ठूलो शालिग्राम शिला डुबानमा, पूजाअर्चना बन्द
२०८३ असार ३० गते, मंगलवार
मानवअधिकार एलायन्स स्याङ्जाले मनायाे २७औँ स्थापना दिवस
२०८३ असार २९ गते, सोमबार
वालिङ नगरपालिकाको २०औँ नगरसभाबाट ८९ करोड बढीकाे बजेट पारित
२०८३ असार २८ गते, आईतवार
श्रमजीवी पत्रकारको करार नतोड्न नेपाल पत्रकार महासंघको आग्रह
२०८३ असार २६ गते, शुक्रबार
मापदण्ड विपरीत पशुचौपाया ढुवानी गर्ने व्यक्ति पक्राउ
२०८३ असार २६ गते, शुक्रबार
विद्युत् सर्ट भई आगलागी हुँदा दुई बाख्रा र पाँच कुखुरा जले
२०८३ असार २६ गते, शुक्रबार





















