चर्को मूल्यसहितकाे इम्बाेस्ट नम्बर प्लेटले जनतालाई आहात

गोपाल जिटी

जब सरकारले कुनै कामको थालनी गर्छ तव विभिन्न टिका टिप्पणी र बहसको विषय बन्न थाल्छ । यो पछिल्लो समयको विशेषता नै बनेको छ । यसलाई वाक स्वतन्त्रताको सदुपयोग भन्दा दुरुपयोग बढि भएको हो कि भन्ने देखाएको छ । सामाजिक सञ्जाल फेसबुकलाई हेर्ने हो भने उपलव्ध प्रविधिको दुरुपयोग गरिएको आवाज धेरैबाट आउने गरेको छ, जुनकुरा सरकार पनि पूर्ण जानकार छ । सरकारले फेसबुकलाई नियमनको कुरा त ल्यायो तर कार्यान्वयनमा अगाडि बढ्न सकिरहेको छैन । लहडको भरमा नै गरिएको हो भने यो विषय छोडिदिए भैहाल्यो ।

तर कुनै सन्दर्भलाई लिएर हुने टिप्पणी वा बहसको विषयलाई नकारात्मक ठानिहाल्नु पनि हुँदैन । किनकी सञ्चार माध्यम र सरोकारवालाबीच हुने बहस र टिप्पणीले अझ मजबुत र सुदृढ गराउँछ । जुनसुकै कार्यले त्यति छिट्टै गति नलिनपनि सक्छ । गर्दै र परिमार्जन हुँदैजाँदा थालनी गरेका कार्यले गतिलिने र स्थायीत्व पाउने हो । तय गरेका कार्य योजनाको सुक्ष्म अध्ययनपछि अगाडि बढाउनुले सफलता प्राप्त हुन्छ । राज्यले गरेका कतिपय कार्यहरु सुरु हुन्छन् तर बीचैमा तुहिएका उदाहरणहरु छन् । त्यसो त तीनतहको राज्य सञ्चालन प्रणालीसहित देश लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा आए यता ठूला र राष्ट्रिय गौरवका योजनाहरु अगाडि नबढेका होइनन्, जुन हामीले खोजेको विकास र परिवर्तनका सूचक हुन् । तर कतिपय स—साना देखिने कार्य बहसको विषय बन्नु राम्रो कुरा होइन, जसले राष्ट्रियरुपमै चर्चामा आउँछ । योजनाका विषयमा छलफल, सुक्ष्म अध्ययन र व्यवहारिक पक्षलाई मध्येनजर गर्नु सान्दर्भिक हुन्छ ।

यसैबीच सवारी साधनमा राखिने नम्वर प्लेटको नयाँ मोडलको सन्दर्भ यतिबेला चर्चाको विषय बनेको छ । सरकारले एकरुपता ल्याउने र व्यवस्थित गर्ने उद्देश्यले सबै सवारी साधनमा इम्बोस्ट नम्वर प्लेट लगाउने योजना सार्वजनिक गरेको छ । यही असोज १ गतेदेखि अनिवार्य लागुहुने गरी तयारीमा लागेको र सवारी धनिहरुका लागि पनि सोही अनुसार गर्न भनेको छ । सवारी साधनमा प्रयोग हुने इम्बोष्ट नम्बर प्लेटको बारेमा नेपाल सरकारले असोज १ गतेबाट सवारी साधनमा इम्बोष्ट नम्बर प्लेट जडानको लागि सूचना जारी गरिसकेको छ ।

जुन कुराको सर्वत्र विरोधका आवाजसहित बहसको विषय बनिरहेको छ र विरोधको स्वर बढ्दो क्रममा छ । नहोस पनि किन ? सवारी साधन खरिद गरेपछि सहजरुपमा नम्बर लेखाएर प्रयोग गर्दै आएकाहरुलाई साविक भन्दा धेरै मूल्यमा नम्बर प्लेट बनाउनुपर्दा असहज र आर्थिक भार थोपर्ने गरेको देखिन्छ । यो आफैमा अव्यवहारिक र अनावश्यक दुःख दिने काम गरेको भन्न थालिएको छ । अझ अचम्मको कुरा त के छ भने नेपाली भाषामा प्रयोग हुँदै आएको सवारी नम्बर प्लेट अङ्ग्रेजी भाषामा लेख्ने निर्णयले सरकार आफ्नोपन मेटाएर सबै कुरामा विदेशीको सिको गर्छ भन्ने कुरामा बल पु¥याउने कार्य भइरहेको देखिन्छ । सवारी साधनको व्ल्युबुकमा उल्लेख भए अनुसार आफुखुसी सहज रुपमा नम्बर प्लेट राख्दै आएका सवारी धनिहरुलाई यातायात कार्यालयमा पुगेर महंगो शुल्क तिरेर सेवा लिनुपर्ने अवस्थाले विरोधाभास गराएको छ ।

सवारी साधनमा लगाइने नम्वर प्लेटको मोडलमा एकरुपता ल्याउनु आफैमा राम्रो विषय हुनसक्ला तर यसमा पनि आफ्नोपनसहित लागु गराउँदा उपयुक्त हुनसक्छ । यसैगरी नम्वर प्लेटको साइज र अक्षरको डिजाइनमा एकरुपता ल्याउँदा ट्राफिक एवम् सरोकारवालाहरुलाई सहज हुन्छ । र अर्को कुरा अहिले प्रयोगमा ल्याइसकिएका केही इम्बोस्ट नम्वर प्लेटहरु सबै सेतो पृष्टभूमिमा बनेका छन् । यसरी सेतो पृष्ठभूमिमा मात्र बनाइनुभन्दा अहिले चलनचल्तीमा रहँदै आएका रङ्गको प्रयोग नै उचित हुने देखिन्छ । यसोगर्दा एकरुपतासँगै निजी, सार्वजनिक, संस्थागतलगायत प्रयोगमा आइरहेका विभिन्न क्षेत्रका परिचयात्मक रङ्गको विशेषताले उसको चिनारी सहज बनाउँछ । यसमा पनि सोही स्तरको नम्वर प्लेट बनाउने काम स्थानीय शिल्पकार तथा निजी व्यवसायीहरुलाई छोडिदिँदा उपयुक्त हुने देखिन्छ । किनकी प्रतिस्पर्धाको बजारले प्रयोगकर्ताहरुका लागि निर्धारित मूल्यमा प्रयोग गर्न पाउनेछन् । 

अतः “नम्वर प्लेट बनाउने काम स्थानीय शिल्पी तथा निजी व्यवसायीहरुलाई देउ, आफ्नोपनलाई प्राथमिकतामा राख, चर्को मूल्यसहितको बहसको विषय नबनाउ ।”

ताजा

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

२०८३ असार ८ गते, सोमबार

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

सनातन सभ्यताको जीवित केन्द्र

२०८३ असार ६ गते, शनिबार

फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस

२०८३ असार ५ गते, शुक्रबार

ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते

२०८३ असार २ गते, मंगलवार

पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ

२०८३ असार २ गते, मंगलवार

गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म

२०८३ असार २ गते, मंगलवार

कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी

२०८३ असार २ गते, मंगलवार

नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी

२०८३ जेष्ठ २५ गते, सोमबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal