दुई पालिकामा प्राकृतिक चिकित्सा सम्बन्धी जनचेतनामूलक कार्यक्रम

सुशील सुवेदी
वालिङ,२२साउन–सामुदायिक प्राकृतिक चिकित्सालय, देवचुलीद्वारा स्याङजाको वालिङ र गल्याङ नगरपालिकामा प्राकृतिक चिकित्सा तथा योगको महत्वबारे जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ ।
आहार–विहारमा आएको अव्यवस्था तथा तनावपूर्ण जीवनशैलीका कारण जनमानसमा दीर्घ रोगको समस्या दिनप्रतिदिन विकराल बन्दै गइरहेका बेला उक्त चिकित्सालयले नागरिकलाई जीवनशैली परिवर्तनमार्फत रोग मुक्त बनाउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरेको हो ।
रोगीलाई निरोगी र निरोगीलाई दीर्घजीवी बनाउने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको चिकित्सालयका प्रमुख चिकित्सक डा.आजाद पुरीले बताउनुभयो । पुरीले भन्नुभयो,“मानिसलाई स्वस्थ राख्ने उद्धेश्यले देशभर अस्पतालहरु खोलिएका छन् । तर रोगीहरुको संख्या घट्नु पर्नेमा दिनानुदिन दिर्घरोगीको संख्या र नयाँ रोग बढ्न थालेको छ ।” यो दुःखद कुरा हो ।
वालिङ नगरपालिकाले पनि यसै वर्षबाट सामुदायिक वन , निजी र बाँझो जग्गामा जडिबुटी लगाउने योजना अघि सारेको नगर उपप्रमुख कविता तिवारी गैरेले जानकारी दिनुभयो । नगरले सामुदायिक विद्यालयलाई लक्षित गरेर यहाँ अध्ययन गर्ने विद्यार्थीहरुको लागि दैनिक योग अभ्यास शिविर संचालन गरिएको बताउनुभयो ।
चिकित्सालयका व्यवस्थापक हरि सापकोटाका अनुसार २०६० सालमा आफैंलाई एकसाथ ७ वटा रोगले समातेपछि उहाँले वैकल्पिक उपचारको बाटो रोज्दै २०६४ सालमा महायज्ञको आयोजना गरी ५२ शय्याको अस्पतालको रूपमा चिकित्सालयको स्थापना गर्नुभएको थियो । हाल सो अस्पतालको क्षमता ३०० शय्यामा पुगेको छ । भने आगामी वर्षदेखि योग तथा नेचुरोपेथी शिक्षण अस्पतालका रूपमा विस्तार गर्ने लक्ष्य रहेको सापकोटाले जानकारी दिनुभयो ।
हालसम्म झण्डै ६० हजारजना जटिल, जिर्ण तथा असाध्य रोगबाट पीडित बिरामीले नयाँ जीवन प्राप्त गरिसकेका छन् । कोभिड–१९ को महामारीका क्रममा पनि चिकित्सालयले ८०० जना संक्रमित लाई राखी शत–प्रतिशत नतिजा हासिल गरेपछि नेपाल सरकारबाट राष्ट्रिय सम्मानसमेत प्राप्त गर्न सफल भएको थियो ।
यस वर्ष गण्डकी प्रदेशका ११ जिल्लाका ८५ स्थानीय तहमा ‘भान्सा नै औषधालय, जीवनशैली नै उपचार’ भन्ने नारासहित जनचेतनामूलक महाअभियान सञ्चालन गरिएको छ । यही अभियानअन्तर्गत चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चरणको कार्यक्रम स्याङजाबाट सुरु गरिएको देवचुली नगरपालिकाका नगरप्रमुख हरि प्रसाद न्यौपानेले बताउनुभयो ।
कार्यक्रमको उद्देश्य नागरिकलाई प्राकृतिक चिकित्सा, योग, स्वस्थ आहार र जीवनशैलीमा सुधार ल्याई जटिल, जिर्ण तथा असाध्य रोगहरूबाट बचाउने हो । आगामी वर्षदेखि यो अभियानलाई विस्तार गर्दै ७५३ वटै स्थानीय तहसम्म पुर्‍याउने लक्ष्य रहेको चिकित्सालयले जनाएको छ ।

ताजा

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

२०८३ श्रावण २८ गते, बिहीबार

पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे

२०८३ श्रावण २५ गते, सोमबार

जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग

२०८३ श्रावण २४ गते, आईतवार

कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित

२०८३ श्रावण २१ गते, बिहीबार

बिरुवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

२०८३ श्रावण २१ गते, बिहीबार

स्याङ्जामा सामाजिक सद्भाव र्‍याली

२०८३ श्रावण १७ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal