कसरि प्रविधिले नयाँ कृषि युगको सुरुवात गरिरहेको छ, तिब्बतमा
हिमालयको शिखरदेखि स्मार्ट फार्मसम्मः कसरि प्रविधिले नयाँ कृषि युगको सुरुवात गरिरहेको छ, तिब्बतमा
वाङ याङयाङ
तिब्बत भनेको सुन्दा अधिकांश मानिसहरूले हिउँले ढाकिएका शिखरहरू, फिजेको तालहरू र आध्यात्मिक शान्तिको कल्पना गर्छन्। कृषिमा त्यति ध्यान जान्दैन । तर यद्यपि यी पोस्टकार्ड जस्ता दृश्यहरूमा केही परिवर्तन आएको छैन, एक चुपचाप कृषि क्रान्ति चलिरहेको छ । प्रविधिको नवीनता, वैज्ञानिक शुद्धता र स्थानीय समुदायहरूको अडिग लचिलोपनमा आधारित एक क्रान्ति ।

२०२५ को जुलाई ३१ गते, शान्नान, तिब्बतको पुमोयोंग्चो तालको पानी स्पष्ट नीलो देखिन्थ्यो, जसले टाढा रहेका हिमाच्छादित पहाडहरूको परावर्तन गर्दै थिए । तस्बिरः भिसिजी
संसारभरि आफ्नो पातलो हावाका लागि प्रख्यात रहेको उच्च मञ्च अहिले कृषि नवप्रवर्तनसँग भरिएको छ । एक समयमा जंगली भूभाग र सीमित पूर्वाधारले सीमित बनाएको तिब्बतको कृषि उद्योग अहिले सटीक खेती, रणनीतिक सार्वजनिक–निजी सहकार्य र साहसी स्थानीय पायनियरहरूको प्रयासद्वारा पूनःआविष्कार भइरहेको छ ।
सपका लागि उच्च उचाइको मिठो स्थान
दक्षिणपूर्वी तिब्बतको लिन्जी शहर, जसलाई प्रायः “पूर्वको स्विट्जरल्याण्ड“ भनेर सम्बोधन गरिन्छ, यहाँ स्याउका बगैंचा क्षेत्रीय पहिचानको रूपमा र उच्च पर्वतीय नवप्रवर्तनको प्रतीकका रूपमा विकसित भएका छन् । २०२४ सम्म, कुल बगैंचा क्षेत्रफल ७४,००० म्यू (लगभग ४,९०० हेक्टर) लाई पार गरेको थियो, जसले लगभग ३०,००० टन उत्पादन गरेको छ, जसको मूल्य ३७६ मिलियन युआन (लगभग ५२ मिलियन अमेरिकी डलर) छ, र स्याउले सम्पूर्ण फल उत्पादनको आधाभन्दा बढी हिस्सा पुर्याउँछ।
तिनीहरूको गोप्य मसला के हो भने ? एक जलवायु ककटेलः पर्याप्त सूर्यको प्रकाश, सफा हावा, दिन र रातको तापक्रम बीचको नाटकीय परिवर्तन । यो अवस्थामा फलमा प्राकृतिक चिनीहरूको संचितिको प्रक्रिया तीव्र पार्दछन् । यस क्षेत्रका स्याउहरूको किसिमलाई उत्कृष्ट बनावट, रसिलोपन र सन्तुलित स्वादको लागि मन पराइन्छ ।
तिनीहरू केवल स्थानीय बजारसम्म सिमित छैनन् । अप्रिल २०२४ मा, लिन्जीको बयि जिल्ला बाट ९९ टन स्याउ नेपालमा पठाइएको थियो । चीन र नेपाल बीचको सीमा शुल्क प्राधिकरण र २४ घण्टे सीमापार आपूर्ति च्यानलहरूको मद्दतले यस निर्यात यातायात लागत घटायो, यसले तिब्बतलाई दक्षिण एसियाका अन्य बजारसँग जोड्ने सम्भाव्य व्यापार मार्गको उदयको संकेत पनि दियो ।
मेघहरू माथि माछा
यदि उच्च उचाइमा स्याउको खेती अकल्पनीय जस्तो लाग्छ भने, समुद्र सतहदेखि ३,००० मिटरभन्दा माथि माछा पालन गर्ने विचार अझ अविश्वसनीय जस्तो देखिन सक्छ ।

लिन्जी शहरको माछा पालन फार्मको दृश्य। तस्बिरः सिजिएनटी रेडियोे
२०२२ देखि, चीनका प्रमुख समुद्री भोजन उत्पादन प्रान्त मध्ये एक, ग्वाङदुङ्गका एक अग्रणी माछा पालन टोलीले लिन्जीमा उच्च उचाइमा माछा र झींगा पालन सुरू गर्न प्रयास गरे । पर्यावरणीय चुनौतीहरू धेरै थिए । कम अक्सिजन स्तर, कम तापक्रम र सीमित पानीका स्रोतहरू । समाधान भनेको के थियो ? ट्यांकको तापक्रमलाई स्थिर राख्नको लागि सौर्य–सहयोगी थर्मल प्रणाली र झींगालाई जिवित राख्नको लागि कृत्रिम समुद्री पानी ।
जुलाई २०२४ देखि, स्थानिय रूपमा पालन गरिएका माछा र झींगा प्रजातिहरू बजारमा बढ्दो मात्रामा प्रवेश गर्न थालेका छन् । प्रमुख सफलताहरू मध्ये एक हो, स्वीटफिश, जसलाई “काकुंबर माछा” भनेर माया गरेर सम्बोधन गरिन्छ, यसको ताजगीपूर्ण गन्धले काकुंबरको याद दिलाउँछ, जसले छिट्टै रेस्टुरेन्ट र घरका भान्सामा लोकप्रियता कमाएको छ ।
समृद्धिको हरितगृहहरू
उच्च प्रविधि कृषि केवल स्याउ र माछासम्म सीमित छैन । काङ्मा काउन्टीमा, जुन ४,४०० मिटरको उचाइमा स्थित छ, जडान गरिएको हरितगृहहरूको पंक्तिहरू पाक्न लागेको स्ट्रबेरीको रातो रंगले चम्किरहेका छन् । भित्र २५ वर्षीया लाबा झुओमा जुन पहिले एक गडेरको छोरी थिइन्, अहिले आफ्नो स्मार्टफोनमा ट्याप गरेर ड्रिप सिँचाइ प्रणाली सक्रिय गर्छिन् ।
“शानडोंगका शिक्षकहरूले हामीलाई तापक्रम नियन्त्रण र कीट नाशकको तालिम दिएका थिए,“ उनी गर्वका साथ व्याख्या गर्छिन् । “अब म महिनामा ५,००० युआन (लगभग ७०० अमेरिकी डलर) भन्दा बढी कमाउँछु!“ केहि वर्षमै, उनले गेडा हाँक्नदेखि लिएर एक सीपि प्राप्त हरितगृह प्राविधिक बन्ने यात्रा तय गरिन् ।
र सफलताको कथाहरू थपिँदै जान्छन् –एक कृषक, चिवु, पाँचवटा हरितगृहहरू पानीमेलन र चेरी टमाटरको खेतीका लागि भाडामा लिन्छन्, र वार्षिक १००,००० युआन (लगभग १४,००० अमेरिकी डलर) भन्दा बढी कमाउँछन् ।
स्ट्रबेरीको बोटहरू बिहानको समयदेखि लिएर १२० युआन प्रति जिनको मूल्यमा बिक्री हुने चेरीसम्म, त्यो लगभग ३३ अमेरिकी डलर प्रति किलोग्राम, हरितगृहहरूले पहिले बाँझ परेको जमिनलाई समृद्धिको इन्जिनमा परिणत गरिरहेका छन् ।
तिब्बतका सबैभन्दा प्रख्यात कृषि उत्पादनमध्ये एक हो, कोर्डिसेप्स, जुन एक औषधीय फफूंद हो र परम्परागत चिनियाँ औषधिमा प्रयोग गरिन्छ, जुन थाइल्याण्ड, मलेशिया, भियतनाम र सिंगापुर जस्ता देशहरूमा निर्यात गरिन्छ ।
एक नवप्रवर्तनशील र लचिलो भविष्यतर्फ
आगामी भविष्यलाई हेर्दा, सरोकारवालाहरू उच्च पहाडी फलमा केन्द्रित एक विविध कृषि पोर्टफोलियो निर्माण गर्नको लक्ष्य राख्छन्, जसमा बढ्दो जलजन्य कृषि र विशेष कृषिजन्य बालीहरू पनि समावेश हुनेछन् । जबकि समुद्री खाद्य पदार्थ जस्ता क्षेत्रहरूमा स्पष्ट मागका खाडलहरू छन् । स्थानीय उत्पादनले मात्र वार्षिक आवश्यकताहरूको एक अंश मात्र पुरा गर्छ–यसले आधुनिकीकरणका लागि व्यापक अवसरहरूलाई प्रकट गर्दछ । विज्ञहरूले जोड दिन्छन् कि कृषि नवप्रवर्तन क्षेत्रको विकासका लागि महत्वपूर्ण हुनेछ, र इन्फ्रास्ट्रक्चरमा रणनीतिक लगानीहरू जस्तै चिसो–श्रृङ्खला आपूर्ति र प्रशोधन सुविधाहरूले स्थायी बजार विस्तारको लागि महत्त्वपूर्ण भूमिका खेल्नेछन् ।
तिब्बत सधैं हिमालका शिखर र पवित्र तालहरूको भूमि हुनेछ । अब स्याउहरू नीलो आकाशमुनि हुर्किरहेका छन् । माछा सौर्य प्यानलहरूले तताइएका ट्यांकमा पौडिरहेका छन्। स्ट्रबेरीहरू मेघहरूको माथि हरितगृहहरूमा फलिरहेका छन् … तिब्बत आफ्नो कृषि नवप्रवर्तनको सीमा रेखा बनिरहेको छ । यी प्रयासहरूले स्थानीय उत्पादनलाई मञ्चबाट निकै परसम्म पुर्याउन सक्षम बनाउँदै छन्, जसले एसिया र बाहेकका टेबलहरूमा स्वाद र नवप्रवर्तन दुवै पुर्याउँदै छन् ।
लेखकः वाङ याङयाङ, सिजिआइएन रेडियो रिपोर्टर र “राउण्ड टेबल चाइना” पोडकास्टका सम्पादक हुनुहुन्छ ।
ताजा
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा
२०८३ बैशाख ९ गते, बुधबार
आज मातातीर्थ औँसी
२०८३ बैशाख ४ गते, शुक्रबार
वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वगृहमन्त्री रमेश लेखक रिहा
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो
२०८२ चैत्र २६ गते, बिहीबार
लेबनान आक्रमणले युद्धविराम सङ्कटमा
२०८२ चैत्र २६ गते, बिहीबार
सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत
२०८२ चैत्र २६ गते, बिहीबार
पोखरा सभागृहचोकमा महिलाको हत्या
२०८२ चैत्र २६ गते, बिहीबार





















