स्याङ्जाले जित्यो म्याग्दी कप २०८२ को उपाधि

अमृतप्रसाद पौडेल

म्याग्दी,१२ असार- गण्डकी प्रदेशस्तरीय अन्तर जिल्ला खुल्ला पुरुष भलिबल प्रतियोगिता, म्याग्दी कप–२०८२ को उपाधि आयोजक म्याग्दीलाई पराजित गर्दै स्याङ्जाले हात पारेको छ ।

म्याग्दी जिल्ला भलिबल संघको आयोजनामा बेनीमा सम्पन्न ‘म्याग्दी कप–२०८२’ को फाइनलमा आयोजक जिल्ला म्याग्दीलाई दुईका विरुद्ध तीन सेटले पराजित गर्दै उपाधि स्याङ्जाले जितेको छ । पहिलो सेट पाहुना टोली स्याङ्जालाई २५–१७ ले पराजित गरेको म्याग्दीको टोलीले दोस्रो सेट १९–२५ ले स्याङ्जालाई सुम्पेको थियो । प्रतियोगिताको तेस्रो सेटमा स्याङजा पुनः कम ब्याक गर्दै म्याग्दीलाई २६–२४ को अवस्था सृजना गर्दै स्तब्ध बनाएको थियो ।

म्याग्दीको टोली चौथो सेटमा पुनरागमन गर्दै २५–१६ ले खेल आफ्नो पक्षमा पार्न सफल भएको थियो । खेल २–२ सेटको अवस्थमा पुगेपछि पाँचौं तथा अन्तिम सेट १७–१५ ले जित्दै स्याङ्जाले उपाधिमाथि कब्जा जमायो । आयोजक जिल्ला म्याग्दीका हजारौं घरेलु दर्शकहरुका अगाडी प्रतिस्पर्धा गर्न कठिन भए पनि उपाधि जित्नबाट भने स्याङ्जालाई म्याग्दीले रोक्न सकेन ।

त्यस्तै, प्रतियोगितामा तनहुँ जिल्लाले तेस्रो स्थान प्राप्त गरेको छ । तनहुँले बाग्लुङलाई ३–० को सोझो सेटमा पराजित गरेर गण्डकी प्रदेश स्तरीय अन्तर जिल्ला पुरुष भलिबल प्रतियोगिता म्याग्दी कप भलिबल २०८२ को तेस्रो टिम बनेको हो ।

उपाधिसँगै स्याङ्जाले नगद दुई लाख हात पार्दा उपविजेता म्याग्दीले नगद एक लाख तथा तेस्रो भएको तनहुँले नगद ५० हजार तथा चौथो हुने बागलुङ जिल्लाले नगद २५ हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।

विजेता खेलाडीहरुलाई सङ्घीय सरकारका उर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खम बहादुर गर्वुजा, गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिब श्रीधर शर्मा लगायते खेलाडीलाई नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो । प्रतियोगितामा आठ जिल्लाको सहभागिता रहेको थियो ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी सन्जोक परियार(स्याङ्जा), बेस्ट सर्भर बिष्णु बस्नेत(म्याग्दी), बेस्ट सेटर बिबस आले(तनहुँ), बेस्ट स्पाइकर धन बहादुर भट्ट(म्याग्दी), बेस्ट ब्लकर सुगम परियार (म्याग्दी), बेस्ट डिफेन्डर कुशल खत्री(म्याग्दी) र बेस्ट कोच अमृत केसी(स्याङ्जा)ले नगद पुरस्कार प्राप्त गर्नुभयो।

ताजा

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal