आँधीखाेला गाउँपालिकामा गाउँ-गाउँमा कालोपत्रे
वालिङ,१० असार- आँधीखोला गाउँपालिकाकाेु १७ औँ गाउँसभाले गाउँ गाउँमा कालोपत्रे सडक पुर्याउने नीति लिएको छ । गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेलले वडा कार्यालयमा कालोपत्रे पुगेको बताउँदै अब हरेक गाउँ टोलका कच्चिसडकहरु कालोपत्रे गर्ने नीति तथा कार्यक्रममा प्रस्तुत गर्ने क्रममा बताउनुभयाे।
आर्थिक विकासका लागि कृषि क्षेत्रमा प्राथमिकता दिदै कृषकको जीवनस्तरलाई माथि उठाउन कृषिजन्य उत्पादनकाे वृद्धिका साथै विविधीकरण, आधुनिकीकरण, यान्त्रिकीकरण, व्यवसायीकरण एवं बजारीकरणका कार्यक्रमलाई जोड दिने नीति लिइएकाे बताउनुभएको छ । त्यसैगरी पर्यटन तर्फ अन्धाअन्धी र श्रवणकुमार क्षेत्रको विकास, प्रचारप्रसार तथा प्रवर्धनलाई टेवा पुर्याउन धार्मिक पर्यटनका माध्यममार्फत आँधीखोलाको पहिचान अन्तर्राष्ट्रिय जगत्मा स्थापित गर्न पहल गरिने नीतिमा उल्लेख छ । शैक्षिक क्षेत्र सुधार एवं प्राेत्साहानकाे लागि महिनाको अन्तिम शुक्रबार विद्यार्थीको व्यावहारिक सीप र क्षमता विकासका क्रियाकलाप सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएकाे छ।

ताजा
ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’
२०८३ भाद्र ३१ गते, बुधबार
ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’
२०८३ भाद्र ३१ गते, बुधबार
आज ऋषि पञ्चमी मनाइँदै
२०८३ भाद्र ३० गते, मंगलवार
सूर्योदय वोमी लघुवित्तद्वारा भाेटेकाेशी बाढीपीडितका लागि २५ लाख ६५ हजार सहयोग
२०८३ भाद्र २७ गते, शनिबार
चुनौतीका बीच बाल गृह सञ्चालन हुनु प्रशंसनीय : पूर्वमन्त्री गुरुङ
२०८३ भाद्र २७ गते, शनिबार
भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार
२०८३ भाद्र २६ गते, शुक्रबार
इभी कार आगलागीमा भरतपुरका अमर पराजुलीको मृत्यु
२०८३ भाद्र २६ गते, शुक्रबार
लोमन्थाङ भूकम्पः ३५ घरमा तत्काल बस्न नमिल्ने
२०८३ भाद्र २६ गते, शुक्रबार
आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन
२०८३ भाद्र २६ गते, शुक्रबार
पार्टी एकताकाे लागि जति झुक्नुपर्नेहाे झुक्छु: सभापति थापा
२०८३ भाद्र २५ गते, बिहीबार





















