वालिङमा तीन पत्रकार सामानित

वालिङ,६ वैशाख- अकला आवाज राष्ट्रिय साप्ताहितद्वारा तीन पत्रकारलाई सम्मान गरिएको छ । अकला आवाज राष्ट्रिय साप्ताहिक पत्रिकाकाे आयाेजनामा स्याङ्जाकाे विकास,समृद्धि र शुसासनमा मिडियाकाे भूमिका विषयक अन्तरक्रिया तथा भित्तेपात्राे लाेकार्पण कार्यक्रममा गण्डकी प्रदेश सभासदस्य एवं अर्थविकास समितिका सभापति भाेजराज अर्यालले वालिङमा आयाेजित कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश सदस्य श्रीकृष्ण सिग्देल, प्रेस सेन्टर गण्डकी प्रदेश अध्यक्ष अर्जुन काफ्ले र पत्रकार महासंघ स्याङ्जाका सचिव हरिप्रसाद सुवेदी (सुशील) लाई सम्मान गर्नुभएकाे हाे।

सम्मानित हुने पत्रकार सिग्देल सगरमाथा टेलिभिजन, काफ्ले र सुवेदी गाेरखापत्रमा कार्यरत हुनुहुन्छ। पत्रकार त्रयलाई जिल्लामा रहेर पत्रकनरिताकाे माध्यमबाट समाजमा याेग्दान पुर्याएकाे भन्दै नगद सहित सम्मान पत्रले सम्मान गरिएकाे हाे।

कनर्यक्रममा गण्डकी प्रदेश सभासदस्य तथा अर्थ विकास समितिका सभापति अर्यालले नेपालको परिवर्तनमा पत्रकारको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले समाजमा भएका राम्रा अभ्यासलाई समाचारको माध्यमबाट सुसुचित गर्न र कमि कमजोरीलाई औंल्याउन पत्रकारहरुलाई आग्रह गर्नुभयो । देशमा लोकतान्त्रिक गणतन्त्र स्थापनापछि केही पनि भएन भन्ने गलत भाष्य समाजमा छरिएको उल्लेख गर्दै उहाँले विकास निर्माणका गतिविधीलाई समाचार माध्यमहरुले उजागर गर्नुपर्नेमा जाेड दिनुभयाे ।

कार्यक्रममा गण्डकी प्रदेशका पूर्व सांसद मोहनप्रसाद रेग्मी, वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँंण, उपप्रमुख कविता तिवारी, विभिन्न राजनीतिक दलका नेता, व्यवसायी, पत्रकार लगायतले स्याङ्जाको विकासका लागि खेल्नु पर्ने भूमिकाका सन्दर्भमा बोलेका थिए ।

अकला आवाज राष्ट्रिय साप्ताहिकका अध्यक्ष एवं प्रधान सम्पादक प्रकाश डुम्रेले समाज परिवर्तनका लागि जिल्लामा रहेर पत्रकारले खेलेको भूमिका उच्च रहेकाले सम्मानको सुरुवात गरिएको बताउनुभयाे।

कार्यक्रममा सञ्चारिका समूह स्याङ्जाकाे नयाँ कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई समेत सम्मान गरिएको थियो ।

ताजा

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि

२०८३ आश्विन २२ गते, बिहीबार

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि

२०८३ आश्विन २२ गते, बिहीबार

काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान

२०८३ आश्विन २१ गते, बुधबार

वालिङमा बजार अनुगमन : २६ हजार बढीका म्याद गुज्रेका खाद्यवस्तु नष्ट

२०८३ आश्विन २१ गते, बुधबार

पुतलीबजारमा बजार अनुगमन

२०८३ आश्विन २० गते, मंगलवार

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal