वालिङमा तीन पत्रकार सामानित

वालिङ,६ वैशाख- अकला आवाज राष्ट्रिय साप्ताहितद्वारा तीन पत्रकारलाई सम्मान गरिएको छ । अकला आवाज राष्ट्रिय साप्ताहिक पत्रिकाकाे आयाेजनामा स्याङ्जाकाे विकास,समृद्धि र शुसासनमा मिडियाकाे भूमिका विषयक अन्तरक्रिया तथा भित्तेपात्राे लाेकार्पण कार्यक्रममा गण्डकी प्रदेश सभासदस्य एवं अर्थविकास समितिका सभापति भाेजराज अर्यालले वालिङमा आयाेजित कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश सदस्य श्रीकृष्ण सिग्देल, प्रेस सेन्टर गण्डकी प्रदेश अध्यक्ष अर्जुन काफ्ले र पत्रकार महासंघ स्याङ्जाका सचिव हरिप्रसाद सुवेदी (सुशील) लाई सम्मान गर्नुभएकाे हाे।
सम्मानित हुने पत्रकार सिग्देल सगरमाथा टेलिभिजन, काफ्ले र सुवेदी गाेरखापत्रमा कार्यरत हुनुहुन्छ। पत्रकार त्रयलाई जिल्लामा रहेर पत्रकनरिताकाे माध्यमबाट समाजमा याेग्दान पुर्याएकाे भन्दै नगद सहित सम्मान पत्रले सम्मान गरिएकाे हाे।

कनर्यक्रममा गण्डकी प्रदेश सभासदस्य तथा अर्थ विकास समितिका सभापति अर्यालले नेपालको परिवर्तनमा पत्रकारको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले समाजमा भएका राम्रा अभ्यासलाई समाचारको माध्यमबाट सुसुचित गर्न र कमि कमजोरीलाई औंल्याउन पत्रकारहरुलाई आग्रह गर्नुभयो । देशमा लोकतान्त्रिक गणतन्त्र स्थापनापछि केही पनि भएन भन्ने गलत भाष्य समाजमा छरिएको उल्लेख गर्दै उहाँले विकास निर्माणका गतिविधीलाई समाचार माध्यमहरुले उजागर गर्नुपर्नेमा जाेड दिनुभयाे ।
कार्यक्रममा गण्डकी प्रदेशका पूर्व सांसद मोहनप्रसाद रेग्मी, वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँंण, उपप्रमुख कविता तिवारी, विभिन्न राजनीतिक दलका नेता, व्यवसायी, पत्रकार लगायतले स्याङ्जाको विकासका लागि खेल्नु पर्ने भूमिकाका सन्दर्भमा बोलेका थिए ।
अकला आवाज राष्ट्रिय साप्ताहिकका अध्यक्ष एवं प्रधान सम्पादक प्रकाश डुम्रेले समाज परिवर्तनका लागि जिल्लामा रहेर पत्रकारले खेलेको भूमिका उच्च रहेकाले सम्मानको सुरुवात गरिएको बताउनुभयाे।
कार्यक्रममा सञ्चारिका समूह स्याङ्जाकाे नयाँ कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई समेत सम्मान गरिएको थियो ।

ताजा

प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना
२०८२ बैशाख २४ गते, बुधबार
प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना
२०८२ बैशाख २४ गते, बुधबार
धर्मले समाजलाई अनुशासित बनाउँछ: पूर्व मन्त्री अर्याल
२०८२ बैशाख २३ गते, मंगलवार
पूर्वमन्त्री प्रदीप नेपालको निधन
२०८२ बैशाख २३ गते, मंगलवार
‘सरकारले यथाशीघ्र प्राङ्गारिक र जैविक मलको व्यवस्था गर्नेछ’
२०८२ बैशाख २१ गते, आईतवार
प्रधानमन्त्रीसमक्ष राज्यमन्त्री गर्बुजाको सपथ
२०८२ बैशाख २१ गते, आईतवार
चालिसेमा महायज्ञ हुने
२०८२ बैशाख २० गते, शनिबार
विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा वालिङमा स्वास्थ्य शिविर
२०८२ बैशाख २० गते, शनिबार
विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को महत्व र नारा
२०८२ बैशाख २० गते, शनिबार
यी हुन् सरकारको नीति तथा कार्यक्रममा परेका महत्त्वपूर्ण विषयहरू
२०८२ बैशाख १९ गते, शुक्रबार