स्याङ्जाका तीन गाउँपालिका गण्डकी प्रदेशमै उत्कृष्ट

वालिङ,१ फागुन– स्याङ्जाका तीन गाउँपालिका गण्डकी प्रदेशमै उत्कृष्ट भएका छन् । कार्यसम्पादन मूल्याङ्कनको आधारमा जिल्लाका तीन गाउँपालिका गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्येबाट प्रदेशमै उत्कृष्ट भएकाहुन ।
प्रदेशका ८५ स्थानीय तहमध्येबाट कालीगण्डकी गाउँपालिका ७८.२ प्रतिशत अङ्कसहित गण्डकी प्रदेशकै प्रथम, आँधीखोला गाउँपालिका ७८ प्रतिशत अङ्क प्राप्त गर्दै द्वितीय र फेदीखोला गाउँपालिका ७७.९ अङ्क प्राप्त गर्दै तृतीय भएका हुन् ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन कार्यविधि २०७८ दफा ८ को अधिनमा रही कार्यसम्पादनको आधारमा मूल्याङ्कन गरिएको हो । उत्कृष्ट हुने तीन ओटै पालिकामा नेकपा एमालेले जितेका पालिका हुन् । कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापा र फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीको यो दोस्रो कार्यकाल हो, भने आँधीखोला गाउँपालिकाका अध्यक्ष विश्व पौडेलले पहिलोपटक नेतृत्व गर्नुभएको हो । पाँच नगरपालिका र छ गाउँपालिका रहेको स्याङ्जामा नगरपालिकाहरुको कार्य सम्पादन कमजोर देखिएको छ ।

पाँच नगरपालिकामध्ये वालिङले ७३.७ अङ्क प्राप्त गरेको छ भने पुतलीबजारले ७१.७, भीरकोटले ६५.७, र चापाकोटले ६२.६ अङ्क प्राप्त गरेको छ । त्यस्तै गाउँपालिकातर्फ बिरुवाले ७४.३, अर्जुनचौपारीले ६४.९ र हरिनासले ५४.२ अङ्क प्राप्त गरेका छन् ।
गण्डकी प्रदेशमै पहिलो बनेको कालीगण्डकी गाउँपालिका देशभरीका ७५३ वटा स्थानीय तहमध्ये चौथो स्थानमा रहँदा दोस्रो बनेको आँधीखोला गाउँपालिका देशभरीबाट पाँचौँ बनेको हो ।
ताजा

रास्वपा नेता द्वाेय आले र नेपाल माथि वालिङमा आक्रमण
२०८२ असार ३ गते, मंगलवार
रास्वपा नेता द्वाेय आले र नेपाल माथि वालिङमा आक्रमण
२०८२ असार ३ गते, मंगलवार
वालिङमा ब्युटिसियनको सिप विकासका लागि नेल आर्ट तालिम
२०८२ असार ३ गते, मंगलवार
गण्डकी प्रदेशकाे बजेट ३१ अरब ९७ कराेड
२०८२ असार ३ गते, मंगलवार
सुन्दरबजारमा आगलागी, दुईतले घर जलेर नष्ट
२०८२ जेष्ठ ३१ गते, शनिबार
वालिङ बहुमुखी क्याम्पसमा एक महिने फेसन डिजाइन तालिम
२०८२ जेष्ठ ३० गते, शुक्रबार
वालिङमा सुनाैलाे हजार दिनका आमालाई पाेसिलाे झाेला
२०८२ जेष्ठ २९ गते, बिहीबार
नवग्रह मन्दिरमा भागवत वाचिका राधिका दासीद्वारा दर्शन
२०८२ जेष्ठ २९ गते, बिहीबार
‘एयर इन्डिया’को विमान दुर्घटना
२०८२ जेष्ठ २९ गते, बिहीबार
आजको मौसमः केही स्थानमा भारी वर्षा हुने
२०८२ जेष्ठ २९ गते, बिहीबार