पन्यूले विद्यार्थीको गाला डाम्ने शिक्षिका पक्राउ

फाईल तस्विरः

अमरराज नहर्की
तनहुँ,३० माघ– पन्यू तताएर विद्यार्थी डाम्ने शिक्षिकालाई प्रहरीले पक्राउ गरेको छ । भीमाद नगरपालिकाको भिमाद बजारस्थित प्रभात एकेडेमी बोडिङ स्कुलका शिक्षिका सुष्मा श्रेष्ठलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो ।

कक्षा ४ मा अध्यनरत १० वर्षीय प्रमिस परियारसहित चार विद्यार्थीलाई शिक्षिका श्रेष्ठले तातो पन्यूले गालामा डाम्नुभएको थियो । तातो पन्यूले डामिएका विद्यार्थीको गालामा पन्यूको छाप बसेको छ । कक्षा कोठामा विद्यार्थीले होहल्ला गरेको र आफूलाई काली भनेको आक्रोशमा शिक्षिका श्रेष्ठले पन्यूले डामेकाले नियन्त्रण लिइएको प्रनाउ थापाले बताउनुभयो । अनुसन्धानका क्रममा शिक्षिकाले आफ्नो गल्ती स्वीकार गर्नुभएको छ ।

यस घटनाको जिल्लास्थित विद्यार्थी सङ्घ तथा सङ्गठनले विराेध गरेका छन् । नेपाल विद्यार्थी सङ्घ तनहुँका अध्यक्ष आशिष कैनीद्वारा जारी विज्ञप्तिमा प्रभात एकेडेमीमा अध्ययनरत प्रमिस परियारलगायतका विद्यार्थीहरुलाई शिक्षकद्वारा अनुशासनको नाममा पन्यू तताएर गालामा डामेर यातना दिने कार्य कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन र यस घटनाले सम्पूर्ण शिक्षा क्षेत्र, अभिभावक, तथा समाजलाई गहिरो चिन्ता व्यक्त गर्न बाध्य बनाएको जनाइएको छ । विद्यालय भनेको शिक्षाको मन्दिर भएकको विद्यालयलाई ज्ञान प्राप्त, बौद्धिक, सामाजिक र नैतिक विकास गर्ने थलोको रुपमा मानिन्छ र जहाँ विद्यार्थीहरुलाई सुरक्षित वातावरणमा सिकाइ प्रक्रिया अगाडि बढाइन्छ, तर उक्त बालमैत्री वातावरण कायम गर्नुपर्ने जिम्मेवार शिक्षकबाटै अमानविय व्यवहार भएको खबर आउनु दुःखद तथा निन्दनीय विषय भएको उल्लेख गरिएको छ । 

विज्ञप्तिमा भनिएको छ, ‘‘शिक्षा क्षेत्रलाई विद्यार्थी मैत्री बनाउन, विद्यार्थीहरुको सुरक्षा सुनिश्चित गर्न तथा शिक्षामा सकारात्मक सुधार ल्याउन सम्बन्धित निकाय विद्यालय प्रशासन र अभिभावकहरु मिलेर आवश्यक पहल गर्नुपर्ने देखिन्छ । घटनाको सत्यतथ्य छानबिन गरी दोषी शिक्षकमाथि प्रचलित कानुन अनुसार कारबाही गर्न माग गरिएको छ । पीडित विद्यार्थीले न्याय नपाइन्जेल नेपाल विद्यार्थी सङ्घ तनहुँले चरणबद्ध आन्दोलनको कार्यक्रम अगाडि बढाउने जनाइएको छ ।’’गोप

ताजा

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

२०८३ श्रावण २८ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal