पन्यूले विद्यार्थीको गाला डाम्ने शिक्षिका पक्राउ

फाईल तस्विरः
अमरराज नहर्की
तनहुँ,३० माघ– पन्यू तताएर विद्यार्थी डाम्ने शिक्षिकालाई प्रहरीले पक्राउ गरेको छ । भीमाद नगरपालिकाको भिमाद बजारस्थित प्रभात एकेडेमी बोडिङ स्कुलका शिक्षिका सुष्मा श्रेष्ठलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो ।
कक्षा ४ मा अध्यनरत १० वर्षीय प्रमिस परियारसहित चार विद्यार्थीलाई शिक्षिका श्रेष्ठले तातो पन्यूले गालामा डाम्नुभएको थियो । तातो पन्यूले डामिएका विद्यार्थीको गालामा पन्यूको छाप बसेको छ । कक्षा कोठामा विद्यार्थीले होहल्ला गरेको र आफूलाई काली भनेको आक्रोशमा शिक्षिका श्रेष्ठले पन्यूले डामेकाले नियन्त्रण लिइएको प्रनाउ थापाले बताउनुभयो । अनुसन्धानका क्रममा शिक्षिकाले आफ्नो गल्ती स्वीकार गर्नुभएको छ ।
यस घटनाको जिल्लास्थित विद्यार्थी सङ्घ तथा सङ्गठनले विराेध गरेका छन् । नेपाल विद्यार्थी सङ्घ तनहुँका अध्यक्ष आशिष कैनीद्वारा जारी विज्ञप्तिमा प्रभात एकेडेमीमा अध्ययनरत प्रमिस परियारलगायतका विद्यार्थीहरुलाई शिक्षकद्वारा अनुशासनको नाममा पन्यू तताएर गालामा डामेर यातना दिने कार्य कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन र यस घटनाले सम्पूर्ण शिक्षा क्षेत्र, अभिभावक, तथा समाजलाई गहिरो चिन्ता व्यक्त गर्न बाध्य बनाएको जनाइएको छ । विद्यालय भनेको शिक्षाको मन्दिर भएकको विद्यालयलाई ज्ञान प्राप्त, बौद्धिक, सामाजिक र नैतिक विकास गर्ने थलोको रुपमा मानिन्छ र जहाँ विद्यार्थीहरुलाई सुरक्षित वातावरणमा सिकाइ प्रक्रिया अगाडि बढाइन्छ, तर उक्त बालमैत्री वातावरण कायम गर्नुपर्ने जिम्मेवार शिक्षकबाटै अमानविय व्यवहार भएको खबर आउनु दुःखद तथा निन्दनीय विषय भएको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘‘शिक्षा क्षेत्रलाई विद्यार्थी मैत्री बनाउन, विद्यार्थीहरुको सुरक्षा सुनिश्चित गर्न तथा शिक्षामा सकारात्मक सुधार ल्याउन सम्बन्धित निकाय विद्यालय प्रशासन र अभिभावकहरु मिलेर आवश्यक पहल गर्नुपर्ने देखिन्छ । घटनाको सत्यतथ्य छानबिन गरी दोषी शिक्षकमाथि प्रचलित कानुन अनुसार कारबाही गर्न माग गरिएको छ । पीडित विद्यार्थीले न्याय नपाइन्जेल नेपाल विद्यार्थी सङ्घ तनहुँले चरणबद्ध आन्दोलनको कार्यक्रम अगाडि बढाउने जनाइएको छ ।’’गोप
ताजा

सुन्दरबजारमा आगलागी, दुईतले घर जलेर नष्ट
२०८२ जेष्ठ ३१ गते, शनिबार
सुन्दरबजारमा आगलागी, दुईतले घर जलेर नष्ट
२०८२ जेष्ठ ३१ गते, शनिबार
वालिङ बहुमुखी क्याम्पसमा एक महिने फेसन डिजाइन तालिम
२०८२ जेष्ठ ३० गते, शुक्रबार
वालिङमा सुनाैलाे हजार दिनका आमालाई पाेसिलाे झाेला
२०८२ जेष्ठ २९ गते, बिहीबार
नवग्रह मन्दिरमा भागवत वाचिका राधिका दासीद्वारा दर्शन
२०८२ जेष्ठ २९ गते, बिहीबार
‘एयर इन्डिया’को विमान दुर्घटना
२०८२ जेष्ठ २९ गते, बिहीबार
आजको मौसमः केही स्थानमा भारी वर्षा हुने
२०८२ जेष्ठ २९ गते, बिहीबार
विद्यार्थीलाई कपाल काट्ने तालिम
२०८२ जेष्ठ २९ गते, बिहीबार
चिसापानी–देउराली-बानीडाँडा सडक धमाधम कालोपत्र हुँदै
२०८२ जेष्ठ २९ गते, बिहीबार
मह र मासमा अनुदान पाएपछि तनहुँका किसान उत्साहित
२०८२ जेष्ठ २८ गते, बुधबार