साताैं स्याङ्जा महाेत्सव फागुन ६ देखि
वालिङ,२२माघ- फागुनु ६ देखि १८ गतेसम्म सातौं स्याङ्जा महोत्सव हुनेभएको छ । स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघले फागुनु ६ देखि १८ गतेसम्म पुतलीबजार १ स्थित मालेबगरमा सातौं स्याङ्जा महोत्सव-२०८१ को आयोजना गर्ने साेमबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।
स्याङ्जा महोत्सवको आधार कृषि पर्यटन, नै आर्थिक समृद्धिको पूर्वाधार भन्ने मूल नारासहित गण्डकी प्रदेश स्तरीय सांस्कृतिक, कृषि, पर्यटन, औद्योगिक व्यापार मेला एवं सातौं संस्करणको महोत्सव-२०८१ को आयोजना गरिएको संघले जनाएको छ ।
व्यवसायिक चेतना अभिवृद्धि गर्ने, विभिन्न स्थानीय वस्तु तथा सेवाहरुको बजार प्रवर्धन एवम् उद्यमी व्यवसायीहरुलाई प्रोत्साहन, उत्पादक र उपभोक्ता बीचको सम्बन्ध विस्तार गर्ने महोत्सवको मुख्य उद्देश्य रहेको छ । यसैगरी हस्तकला व्यवसायको खोजी तथा प्रवर्धन, कृषि क्षेत्र विशेषगरी सुन्तला, ताजा तरकारी, गोलभेडा, अदुवा, कफि आदिको प्रवर्धन गर्ने उद्देश्यमा राखिएको आयोजकले जानकारी गराएको छ । बजार अनुसन्धान एवम् नयाँ वस्तु विकास गर्ने, लोक संस्कृतिको जगेर्ना गर्ने तथा सूचना प्रविधीकोको ज्ञान दिइने उद्देश्यमा समेटिएको छ ।
महोत्सवमा परम्परागत रत्यौली, लोक भजन चुड्का, विद्यालय स्तरीय सामुहिक नृत्य, पञ्चेबाजा एवम् मम्मी डान्सलगायतका प्रतियोगिताहरु सञ्चालन गरिनेछ । साथमा राष्ट्रियस्तरका चर्चित कलाकारहरुको दैनिक प्रस्तुति रहने छ । अन्तिम तयारीको काम भैरहेकोसमेत महोत्सव मूल आयोजक समितिका संयोजक एवम् संघका अध्यक्ष महादेव श्रेष्ठले बताउनुभयो ।
महोत्सवबाट कूल १ करोड १ लाख अनुमानित आय रहेको छ भने ९५ लाख २० हजार खर्च हुँदा जम्मा ५ लाख ८० हजार बचत गर्ने जनाइएको छ । कूल आम्दानीको ५ प्रतिशत सामाजिक उत्तरदायित्व वहन अन्तर्गत खर्च गरिने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
ताजा
स्याङ्जामा साधु मृत फेला
२०८३ भाद्र २२ गते, सोमबार
स्याङ्जामा साधु मृत फेला
२०८३ भाद्र २२ गते, सोमबार
स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन
२०८३ भाद्र २२ गते, सोमबार
नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान
२०८३ भाद्र २१ गते, आईतवार
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार





















