प्रशासन र पत्रकारबीच अन्तरक्रिया

स्याङ्जा,९ माघ–जिल्ला प्रशासन कार्यालयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बुधबार जिल्लामा रहेका पत्रकारहरुसंँग समसामयिक विषयमा छलफल तथा अन्तरक्रिया गर्नुभएको हो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नेपालले पत्रकारहरुले समाजमा लुकेर रहेका समस्या, विकृत्ति र विसंगतिलाई उजागर गर्दै सभ्य समाज निर्माणमा अहम भूमिका निर्वाह गरेको बताउनुभयो । प्रशासनले समाजमा सुशासन कायम गर्न कुनै कसर बाँकी नराखेको बताउदै पत्रकारहरुद्वारा राखिएका जिज्ञासाका विषयमा प्रष्ट्याउनुभएको थियो । साथै प्रजिअ नेपालले प्रशासनले प्रत्येक महिनामा बजार अनुगमन गर्ने, मनसुन जन्य बिपदमा परेको हकमा राहत, उद्धार र पुनर्निर्माणको काममा जुटेको बताउनुभयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी हरिप्रसाद पौडेलले समाजमा शान्तिसुरक्षा कायम राख्न प्रहरी लागि परेको बताउदै यस कार्यमा सबैको सहयोग आवश्यको बताउनुभयो । साथै उहाँले कुनै प्रकारका घटनाहरु घटेको अवस्थामा प्रहरीलाई खबर गर्न समेत आग्रह गर्नुभयो ।
कार्यक्रममा जिल्ला प्रशासनको तर्फबाट पत्रकार महासंघ स्याङ्जाका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथ शुभकामना व्यक्त गरिएको थियो ।

ताजा

test

२०८२ जेष्ठ ५ गते, सोमबार

test

२०८२ जेष्ठ ५ गते, सोमबार

प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना

२०८२ बैशाख २४ गते, बुधबार

धर्मले समाजलाई अनुशासित बनाउँछ: पूर्व मन्त्री अर्याल

२०८२ बैशाख २३ गते, मंगलवार

पूर्वमन्त्री प्रदीप नेपालको निधन

२०८२ बैशाख २३ गते, मंगलवार

‘सरकारले यथाशीघ्र प्राङ्गारिक र जैविक मलको व्यवस्था गर्नेछ’

२०८२ बैशाख २१ गते, आईतवार

प्रधानमन्त्रीसमक्ष राज्यमन्त्री गर्बुजाको सपथ

२०८२ बैशाख २१ गते, आईतवार

चालिसेमा महायज्ञ हुने

२०८२ बैशाख २० गते, शनिबार

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा वालिङमा स्वास्थ्य शिविर

२०८२ बैशाख २० गते, शनिबार

विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को महत्व र नारा

२०८२ बैशाख २० गते, शनिबार

यी हुन् सरकारको नीति तथा कार्यक्रममा परेका महत्त्वपूर्ण विषयहरू

२०८२ बैशाख १९ गते, शुक्रबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal