प्रशासन र पत्रकारबीच अन्तरक्रिया
स्याङ्जा,९ माघ–जिल्ला प्रशासन कार्यालयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बुधबार जिल्लामा रहेका पत्रकारहरुसंँग समसामयिक विषयमा छलफल तथा अन्तरक्रिया गर्नुभएको हो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नेपालले पत्रकारहरुले समाजमा लुकेर रहेका समस्या, विकृत्ति र विसंगतिलाई उजागर गर्दै सभ्य समाज निर्माणमा अहम भूमिका निर्वाह गरेको बताउनुभयो । प्रशासनले समाजमा सुशासन कायम गर्न कुनै कसर बाँकी नराखेको बताउदै पत्रकारहरुद्वारा राखिएका जिज्ञासाका विषयमा प्रष्ट्याउनुभएको थियो । साथै प्रजिअ नेपालले प्रशासनले प्रत्येक महिनामा बजार अनुगमन गर्ने, मनसुन जन्य बिपदमा परेको हकमा राहत, उद्धार र पुनर्निर्माणको काममा जुटेको बताउनुभयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी हरिप्रसाद पौडेलले समाजमा शान्तिसुरक्षा कायम राख्न प्रहरी लागि परेको बताउदै यस कार्यमा सबैको सहयोग आवश्यको बताउनुभयो । साथै उहाँले कुनै प्रकारका घटनाहरु घटेको अवस्थामा प्रहरीलाई खबर गर्न समेत आग्रह गर्नुभयो ।
कार्यक्रममा जिल्ला प्रशासनको तर्फबाट पत्रकार महासंघ स्याङ्जाका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथ शुभकामना व्यक्त गरिएको थियो ।

ताजा
स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत
२०८३ आश्विन २४ गते, शनिबार
स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत
२०८३ आश्विन २४ गते, शनिबार
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
२०८३ आश्विन २४ गते, शनिबार
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त
२०८३ आश्विन २३ गते, शुक्रबार
प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान
२०८३ आश्विन २३ गते, शुक्रबार
पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु
२०८३ आश्विन २३ गते, शुक्रबार
विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि
२०८३ आश्विन २२ गते, बिहीबार
काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान
२०८३ आश्विन २१ गते, बुधबार
वालिङमा बजार अनुगमन : २६ हजार बढीका म्याद गुज्रेका खाद्यवस्तु नष्ट
२०८३ आश्विन २१ गते, बुधबार
पुतलीबजारमा बजार अनुगमन
२०८३ आश्विन २० गते, मंगलवार





















