स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत
स्याङ्जा,२४ असोज- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आजको स्थायी कमिटीको बैठकले विभिन्न जिल्लाका १० नेतालाई केन्द्रीय कमिटी सदस्यमा मनोनयन गर्ने निर्णय गरेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा शनिबार बसेकाे बैठकले स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जनालाई केन्द्रीय कमिटी सदस्यमा मनोनयन गरेको हो ।
महासचिव शङ्कर पोखरेलद्वारा जारी विज्ञप्तिकाअनुसार मनोनीत हुनेमा सिर्जना राई (भोजपुर), सावित्रा अर्याल (रुपन्देही), इन्दु कडरिया विष्ट (कञ्चनपुर), सीता पङ्गेनी (नवलपुर), सीता अधिकारी (पाल्पा), डा. पुष्पा केसी भण्डारी (कास्की), धर्मनाथप्रसाद साह (सिरहा), तेजमान कन्दङवा (तेह्रथुम), टङ्क आङ्बोहाङ (ताप्लेजुङ), नवीन रोक्का (रोल्पा), डबल पाण्डे (दोलखा) र तेजेन्द्र केसी (रुपन्देही) हुनुहुन्छ ।
यही असोज २२ गते सुरु भएर आज सकिएको बैठकले आगामी मङ्सिर पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ । राष्ट्रिय भेलामा प्रदेश कमिटीका पदाधिकारी, जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष तथा उपाध्यक्ष र सबै तहका जनप्रतिनिधिको सहभागिता रहने एमालेले जनाएको छ ।
बैठकले पार्टीका वडा कमिटीका अधिवेशन आगामी मङ्सिर २६ गते र गाउँपालिका तथा नगरपालिकास्तरीय कमिटीका अधिवेशन पुस ४ गते सम्पन्न गर्ने निर्णय गरेको छ ।
ताजा
स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत
२०८३ आश्विन २४ गते, शनिबार
स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत
२०८३ आश्विन २४ गते, शनिबार
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
२०८३ आश्विन २४ गते, शनिबार
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त
२०८३ आश्विन २३ गते, शुक्रबार
प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान
२०८३ आश्विन २३ गते, शुक्रबार
पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु
२०८३ आश्विन २३ गते, शुक्रबार
विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि
२०८३ आश्विन २२ गते, बिहीबार
काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान
२०८३ आश्विन २१ गते, बुधबार
वालिङमा बजार अनुगमन : २६ हजार बढीका म्याद गुज्रेका खाद्यवस्तु नष्ट
२०८३ आश्विन २१ गते, बुधबार
पुतलीबजारमा बजार अनुगमन
२०८३ आश्विन २० गते, मंगलवार





















