सिंह भएको जिम्बाब्वे पार्कमा पाँच दिनसम्म कसरी बाँचे बालक ?

काल्पनिक चित्र: गोप

हरारे,१९ पुस– उत्तरी जिम्बाब्वेमा सिंह र अन्य जङ्गली जनावरहरूका लागि आरक्षित बासस्थानमा पाँच दिनसम्म हराएका सात वर्षीय बालक जीवितै फेला परेको वन्यजन्तु प्राधिकरणले शुक्रबार जनाएको छ । 

जिमपार्कका प्रवक्ता तिनाशे फारावोका अनुसार ती बालक डिसेम्बर २७ मा आफ्नो गाउँ नजिकैको मातुसाडोना राष्ट्रिय निकुञ्जमा भुलेर प्रवेश गरेका थिए र पाँच दिनपछि करिब ५० किलोमिटर (लगभग ३० माइल) टाढा फेला परेका थिए ।

फारावोले विज्ञप्तिमा उनले जङ्गली फल र नदीको किनारमा खनेर पानी निकालेर जीवन धानेको बताउनुभयो । यो जिम्बाब्वेका खडेरी प्रभावित क्षेत्रहरूमा चिनिने प्रविधि हो ।

“उल्लेखनीय रूपमा उनी सिंहले भरिएको मातुसाडोना राष्ट्रिय निकुञ्जको कठोर भू–भागमा आफ्नो गाउँबाट फेला परेको स्थानसम्म ४९ किलोमिटर हिँडेको अनुमान गरिएको छ”, फारावोले भन्नुभयो ।

बालक बेपत्ता भएको सुनेपछि रेन्जर्स, स्थानीयवासी र प्रहरीले तुरुन्तै उनको खोजी सुरु गरेका थिए तर भारी वर्षाले उनीहरूको प्रयासमा बाधा पुर्यायो । उनको खुट्टाको छाप डिसेम्बर ३० मा देखिएको थियो र बालक तिनोतेन्दा पुन्दु भोलिपल्ट चाँडै फेला परेको फारावोले बताउनुभयो । 

त्यस क्षेत्रकी सांसद मुत्सा मुरोम्बेद्जीका अनुसार बालकलाई अस्पताल भर्ना गरिएको थियो र कमजोर भए पनि कुनै देखिने चोट थिएन । 

“उनी बाँच्नु एक चमत्कार थियो”, सांसद मुत्सा मुरोम्बेद्जीले भन्नुभयो, “उनी चतुर थिए।।। सिंह र अन्य वन्यजन्तुले भेट्न नसकून् भनेर पहाडी चट्टानमाथि सुत्थे, गाउँलेहरूले उनले आवाज पछ्याउने आशामा ड्रम बजाएर खोजीमा सहयोग गरे ।”

तर उनलाई खोज्न जङ्गलको गहिराइमा जान सक्ने रेन्जरहरूको मद्दतले मात्र भेटिएको थियो ।

जिम्बाब्वेको कारिबा तालको नजिक रहेको मातुसाडोना राष्ट्रिय निकुञ्जमा यसको वेबसाइट अनुसार सिंह, चितुवा, हात्ती र भैँसी लगायतका विभिन्न वन्यजन्तुहरू पाइन्छन् । रासस, एएफपी

ताजा

test

२०८२ जेष्ठ ५ गते, सोमबार

test

२०८२ जेष्ठ ५ गते, सोमबार

प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना

२०८२ बैशाख २४ गते, बुधबार

धर्मले समाजलाई अनुशासित बनाउँछ: पूर्व मन्त्री अर्याल

२०८२ बैशाख २३ गते, मंगलवार

पूर्वमन्त्री प्रदीप नेपालको निधन

२०८२ बैशाख २३ गते, मंगलवार

‘सरकारले यथाशीघ्र प्राङ्गारिक र जैविक मलको व्यवस्था गर्नेछ’

२०८२ बैशाख २१ गते, आईतवार

प्रधानमन्त्रीसमक्ष राज्यमन्त्री गर्बुजाको सपथ

२०८२ बैशाख २१ गते, आईतवार

चालिसेमा महायज्ञ हुने

२०८२ बैशाख २० गते, शनिबार

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा वालिङमा स्वास्थ्य शिविर

२०८२ बैशाख २० गते, शनिबार

विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को महत्व र नारा

२०८२ बैशाख २० गते, शनिबार

यी हुन् सरकारको नीति तथा कार्यक्रममा परेका महत्त्वपूर्ण विषयहरू

२०८२ बैशाख १९ गते, शुक्रबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal