सिंह भएको जिम्बाब्वे पार्कमा पाँच दिनसम्म कसरी बाँचे बालक ?

काल्पनिक चित्र: गोप

हरारे,१९ पुस– उत्तरी जिम्बाब्वेमा सिंह र अन्य जङ्गली जनावरहरूका लागि आरक्षित बासस्थानमा पाँच दिनसम्म हराएका सात वर्षीय बालक जीवितै फेला परेको वन्यजन्तु प्राधिकरणले शुक्रबार जनाएको छ । 

जिमपार्कका प्रवक्ता तिनाशे फारावोका अनुसार ती बालक डिसेम्बर २७ मा आफ्नो गाउँ नजिकैको मातुसाडोना राष्ट्रिय निकुञ्जमा भुलेर प्रवेश गरेका थिए र पाँच दिनपछि करिब ५० किलोमिटर (लगभग ३० माइल) टाढा फेला परेका थिए ।

फारावोले विज्ञप्तिमा उनले जङ्गली फल र नदीको किनारमा खनेर पानी निकालेर जीवन धानेको बताउनुभयो । यो जिम्बाब्वेका खडेरी प्रभावित क्षेत्रहरूमा चिनिने प्रविधि हो ।

“उल्लेखनीय रूपमा उनी सिंहले भरिएको मातुसाडोना राष्ट्रिय निकुञ्जको कठोर भू–भागमा आफ्नो गाउँबाट फेला परेको स्थानसम्म ४९ किलोमिटर हिँडेको अनुमान गरिएको छ”, फारावोले भन्नुभयो ।

बालक बेपत्ता भएको सुनेपछि रेन्जर्स, स्थानीयवासी र प्रहरीले तुरुन्तै उनको खोजी सुरु गरेका थिए तर भारी वर्षाले उनीहरूको प्रयासमा बाधा पुर्यायो । उनको खुट्टाको छाप डिसेम्बर ३० मा देखिएको थियो र बालक तिनोतेन्दा पुन्दु भोलिपल्ट चाँडै फेला परेको फारावोले बताउनुभयो । 

त्यस क्षेत्रकी सांसद मुत्सा मुरोम्बेद्जीका अनुसार बालकलाई अस्पताल भर्ना गरिएको थियो र कमजोर भए पनि कुनै देखिने चोट थिएन । 

“उनी बाँच्नु एक चमत्कार थियो”, सांसद मुत्सा मुरोम्बेद्जीले भन्नुभयो, “उनी चतुर थिए।।। सिंह र अन्य वन्यजन्तुले भेट्न नसकून् भनेर पहाडी चट्टानमाथि सुत्थे, गाउँलेहरूले उनले आवाज पछ्याउने आशामा ड्रम बजाएर खोजीमा सहयोग गरे ।”

तर उनलाई खोज्न जङ्गलको गहिराइमा जान सक्ने रेन्जरहरूको मद्दतले मात्र भेटिएको थियो ।

जिम्बाब्वेको कारिबा तालको नजिक रहेको मातुसाडोना राष्ट्रिय निकुञ्जमा यसको वेबसाइट अनुसार सिंह, चितुवा, हात्ती र भैँसी लगायतका विभिन्न वन्यजन्तुहरू पाइन्छन् । रासस, एएफपी

ताजा

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

२०८३ श्रावण २८ गते, बिहीबार

पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे

२०८३ श्रावण २५ गते, सोमबार

जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग

२०८३ श्रावण २४ गते, आईतवार

कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित

२०८३ श्रावण २१ गते, बिहीबार

बिरुवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

२०८३ श्रावण २१ गते, बिहीबार

स्याङ्जामा सामाजिक सद्भाव र्‍याली

२०८३ श्रावण १७ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal