भीरकोटमा विपन्न परिवारलाई ब्लाङ्केट वितरण
वालिङ,१७ पुस– भीरकोट नगरपालिका ६ मा आर्थिक अवस्था कम्जोर भएका विपन्न परिवारलाई ब्लाङ्केट वितरण गरिएको छ
छिमेकी प्रतिष्ठान स्याङ्जाले भीरकोट नगरपालिका वडा नम्बर ६ का पिन्न परिवारलाई ४७ थान ब्लाङ्केट वितरण गरेको हो । प्रतिष्ठानले वडा कार्यालयको समन्वयमा ब्लाङ्केट वितरण गरेको वडा सदस्य अशोक खत्रीले जानकारी दिनुभयो ।
यसैगरी प्रतिष्ठानले ८ र ६ नम्बर वडाका आर्थिक अवस्था कम्जोर भएका बिरामीहरूलाई आर्थिक सहयोग गरेको छ । संस्थाले टुल्की माझीलाई नगद ५ हजार रूपैयाँ, जितेन्द्र नेपालीलाई नगद १० हजार रूपैयाँ र कुल बहादुर कामीलाई नगद ५ हजार रूपैयाँ प्रदान गरेको हो ।
नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले प्रतिष्ठानको सामाजिक र मानवीय कार्यको प्रशंसा गर्दै समाजलाई आत्मनिर्भर बनाउन समेत सबैले योगदान दिनुपर्ने बताउनुभयो । संस्थापक सदस्य शेषकान्त रेग्मीले विरामी, विपन्नलाई सहयोग गर्नु सबैको दायित्व भएको बताउँदै प्रतिष्ठानले आयआर्जन नभएका परिवारलाई सहयोग गरेको बताउनुभयो ।
कार्यक्रममा पूर्व नगरप्रमुख छाँयाराम खनाल वडा अध्यक्षहरू लक्ष्मण खत्री, नन्दलाल खनाल, दिपेन्द्र केसी, समाजसेवी तोयनाथ अर्याल लगायतले संस्थाले गरेको सामाजिक कार्यको प्रशंसा गर्नुभएको थियो ।

ताजा
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु
२०८३ आश्विन १ गते, बिहीबार





















