भीरकोटमा शैक्षिक गुणस्तर प्राथमिकतामा
भीरकोट,१७ पुस–भीरकोट नगरपालिकामा शैक्षिक गुणस्तरलाई प्राथमिकतामा राखेर विविध कार्यक्रमहरु गरिएको छ । बालमैत्री नगर घोषणा गरिएको भीरकोटमा शैक्षिक सुधारका लागि विभिन्न प्रयासहरू गरिएको नगरपालिकाले जनाएको छ ।
वडाहरुले आफ्नो वडा भीत्र रहेका विद्यालयमा कसरि शैक्षिक गुणस्तर बृद्धि गर्न सकिन्छ भनेर सोही अनुसार कार्यहरु भइरहेकाछन् । वडा नम्बर ८ को कार्यालयले वडाभरका विद्यालयहरूको शैक्षिक गुणस्तर सुधारलाई प्राथमिकता राखेर काम गरिरहेको वडा अध्यक्ष नन्दलाल खनालले जानकारी दिनुभयो । यो आर्थिक वर्षमा शैक्षिक गुणस्तर सुधारका कार्यक्रम सञ्चालन गर्न करिब ७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
वडा कार्यालले सिरूखर्क जोगिस्थान मावि, भाग्योदय मावि र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई जाडोमा विद्यालय जाने वातावरण सहज बनाउन पोशाक वितरण गरेको छ । सिरूखार्क जोगिस्थान माधमिक विद्यालयका ७० जना विद्यार्थीलाई ट्रयाक सुट, टिसर्ट र जुत्ता वितरण गरिएको विद्यालयका प्रधानाध्यापक तोलाकान्त चापागाईले जानकारी दिनुभयो । भाग्योदय माविमा अध्ययनरत १ सय ८० जना विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको शिक्षक भोजबहादुर थापाले जानकारी दिनुभयो । यसै गरी आधारभूत विद्यालयमा अध्ययनरत करिव ९० जना विद्यार्थीलाई पनि विद्यालय पोशाक वितरण गरिने अध्यक्ष खनालको भनाइ रहेकोे छ ।
भाग्योदय माध्यमिक विद्यालय ६ नम्बर वडामा पर्ने भएपनि वडा नम्बर ८ का अधिकांश विद्यार्थी यहाँ अध्ययनरत भएकाले वडाका विद्यार्थीलाई लक्षित गरी पोशाक वितरण गरिएको अध्यक्ष खनालले बताउनुभयो । सबै लक्षित विद्यार्थीहरूलाई पोशाक वितरणका लागि ३ लाख रुपैयाँ बजेट छुट्याइएको वडा कार्यालयले जनाएको छ ।
आधारभूत र एसईई तहको शैक्षिक नतिजा कमजोर भएकाले नतिजा सुधार गर्न पव्लिक एकेडेमी माविमा ४ लाख रुपैयाँको लागतमा अतिरिक्त कक्षा सञ्चालन गरिँदैछ । यसैगरी, एसईई र आधारभूत तहका कमजोर नतिजा भएका विद्यालयहरूमा पनि अतिरिक्त कक्षाको व्यवस्था गरिने अध्यक्ष खनालले बताउनुभयो । शैक्षिक सुधारका यी पहलले विद्यार्थीहरूको शैक्षिक स्तर उकास्न सहयोग पुग्ने विश्वास वडा कार्यालयको रहेको छ ।

ताजा
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु
२०८३ आश्विन १ गते, बिहीबार





















