सम्पादक पराजुली सहित तीन पत्रकार सम्मानित
वालिङ,२६ मङ्सिर- नेपाल पत्रकार महासंघ स्याङ्जाले गडण्की समाचार डटकमका सम्पादक हिमलाल पराजुली सहित तीन जना पत्रकारलाई सम्मान गरेको छ । महासंघको १४ औं वार्षिक साधारणसभा एवं छैठौँ अधिवेशनको अवसरमा जिल्ला सदरमुकाममा मंगलबार आयोजित कार्यक्रमा क्रियाशिल पत्रकारित पुरसकार २०८० द्वारा नगद र सम्मान पत्र सहित सम्पन्न गरिएको हो ।
लामो समय देखि जिल्लामा रहेर पत्रकारिता गर्दै आउँनुभएका गडकी समाचार डटकमका सम्पादक एवं प्रेस चौतारी नेपालको केन्द्रीय सदस्य समेत रहनुभएका पराजुली सहित पत्रकार महासांघ गण्डकी प्रदेश समिति सदस्य प्रकाश डोटेल र गल्याङ एफ् एमका स्टेशन म्यानेजर खेमप्रसाद खनाल ( केपी ) लाई सम्मान गरिएको हो । डोटेल र पराजुली पत्रकार महासंघ स्याङ्जाको संस्थापक समेत हुनुहुन्छ ।
जिल्लामा क्रियाशिल पत्रकारहरुलाई सम्मान गरेर पत्रकारितालाई थप मज्बुद बनाउने उद्देश्यले महासंघले साधारणसभा एवं छैठौँ अधिवेशनको अवसरमा तीन जना पत्रकारलाई सम्मान गरिएको जिल्ला शाखाका अध्यक्ष श्रीकृष्ण सिग्देलले बताउनुभयो ।