नेपाल पत्रकार महासंघ स्याङ्जाको अध्यक्षमा कोइराला

वालिङ,२८ मङ्सिर-नेपाल पत्रकार महासंघ स्याङ्जाको अध्यक्षमा प्रदिप कोइराला निर्वाचित हुनुभएको छ । शुक्रबार भएको महासंघको निर्वाचनमा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको तर्फबाट उम्मेद्वार बन्नुभाएका कोइराला र प्रेस सेन्टरबाट उम्मेद्वार बन्नुभएकी प्रतिक्षा काफ्ले बिच चुनावी प्रतिष्पर्धा भएको थियो ।
गठबन्धनको तर्फबाट उमेद्वार बन्नुभएका कोइराला ३४ मत प्राप्त गरि महासंघको अध्यक्षमा निर्वाचित हुनुभएको हो भने प्रेस सेन्टरबाट उमेद्वार बन्नुभएकी काफ्लेले १३ प्राप्त गर्नुभएको छ ।
यसैगरी सहसचिवमा एकबहादुर गोदार (रमेश) ३० मतसहित विजयी हुनुभएको छ । गोदारले ३० मत सहित विजयी हुँदा उहाँका प्रतिष्पर्धी खेमप्रसाद खनालले (केपी) १६ मत प्राप्त गर्नुभएको छ ।
गठबन्धन र प्रेस सेन्टरबीच अध्यक्ष, खुला सहसचिव,४ खुल्ला सदस्य सहित १ समावेसी सदस्यका लागि निर्वाचन भएको हो । खुल्ला सदस्यतर्फ युवराज पौडेल ४१, रामबहादुर रोकाहा ४०, कृष्ण बस्याल ४०, सबिनचन्द्र डोटेल ३७ मत सहित विजयी हुनुभएको छ भने शालिकराम पोख्रेलले १० मत प्राप्त गर्नुभएको छ । त्यस्तै समावेसी सदस्यमा हिमलाल घर्तीले ३५ मत सहित विजयी हुँदा उहाँका प्रतिष्पर्धी कामना सुँनारले ११ मत प्राप्त गर्नुभएको छ । महासंघमा ५४ सदस्य रहेकामा ४९ जनाले मतदानमा भाग लिएका थिए ।
यसअघि खुल्ला उपाध्यक्षमा प्रेस चौतारीको तर्फबाट माधव गैरे, युनियनबाट महिला उपाध्यक्षमा साधाना न्यौपाने, सचिवमा चौतरीबाट हरीप्रसाद सुवेदी(सुशील) समावेशी सह-सचिवमा चौतारीकै कला राना र कोषाध्यक्षमा युनियनका जोगराज पाठक निर्विरोध निर्वाचित भैसक्नुभएको थियो । यसैगरी महिला सदस्य युनियनबाट आरति कुँवर, दलित सदस्यमा सेन्टरबाट नारायण विश्वकर्मा र जनजाति सदस्यमा युनियनबाट विनोद रखाली निर्विरोध निर्वाचित हुनुभएको छ । त्यस्तै केन्द्रिय परिषद सदस्यमा युनियनबाट ओमप्रकाश शर्मा, पार्वती पाण्डे प्रदेश परिषद सदस्यमा तोलाकान्त बगाले, टिकाराम अधिकारी, फुलमाया भट्राई, रामु भट्राई निर्विरोध निर्वाचित हुनुभएको छ ।

ताजा

test

२०८२ जेष्ठ ५ गते, सोमबार

test

२०८२ जेष्ठ ५ गते, सोमबार

प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना

२०८२ बैशाख २४ गते, बुधबार

धर्मले समाजलाई अनुशासित बनाउँछ: पूर्व मन्त्री अर्याल

२०८२ बैशाख २३ गते, मंगलवार

पूर्वमन्त्री प्रदीप नेपालको निधन

२०८२ बैशाख २३ गते, मंगलवार

‘सरकारले यथाशीघ्र प्राङ्गारिक र जैविक मलको व्यवस्था गर्नेछ’

२०८२ बैशाख २१ गते, आईतवार

प्रधानमन्त्रीसमक्ष राज्यमन्त्री गर्बुजाको सपथ

२०८२ बैशाख २१ गते, आईतवार

चालिसेमा महायज्ञ हुने

२०८२ बैशाख २० गते, शनिबार

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा वालिङमा स्वास्थ्य शिविर

२०८२ बैशाख २० गते, शनिबार

विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को महत्व र नारा

२०८२ बैशाख २० गते, शनिबार

यी हुन् सरकारको नीति तथा कार्यक्रममा परेका महत्त्वपूर्ण विषयहरू

२०८२ बैशाख १९ गते, शुक्रबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal