पिस जाेन इन्टिग्रेटेड एजुकेसनल एकेडेमी वालिङ द्वारा आयाेजित विज्ञान प्रदर्शनी एवं प्रतिभा प्रस्फुटन कार्यक्रम सम्पन्न 

वालिङ,१४ मङ्सिर- पिस जाेन इन्टिग्रेटेड एजुकेसनल एकेडेमी वालिङ ९ भुम्रेद्वारा आयाेजित विज्ञान प्रदर्शनी एवं प्रतिभा प्रस्फुटन कार्यक्रम सम्पन्न भएकाे छ।

विद्यालयले विद्यार्थीहरुलाई सैद्धान्तिक मात्रै नभएर ब्यवहारिक ज्ञनका साथै रचनात्मक कार्यमा लाग्न हाैसला प्रदान गर्ने उद्देश्यले एक दिने विज्ञान प्रदर्शनी एवं प्रतिभा प्रस्फुटन कार्यक्रमकाे आयाेजना गरेकाे थियाे। कार्यक्रमकाे उद्घाटन गर्दै वालिङ नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष शेरबहादुर श्रेष्ठ (अमृतले) विद्यालयले विज्ञान प्रविधि सम्बन्धि निकै महत्वपूर्ण कार्यक्रमकाे आयाेजना गरेर विद्यार्थीहरुकाे भित्र रहेकाे ज्ञान र सिपलाई बाहिर ल्याउने काम गरेकाेमा धन्यवाद दिदै पिस जाेनले स्थापना कालकाे छाेटाे अवधिमा नै जिल्लामा छुट्टै पहिचान बनाउन सफल भएकाेमा बधाई समेत दिनुभयाे। 

कार्यक्रममा विद्यालयका प्रिन्सिपल यामप्रसाद डुम्रे(अमृत) शेयरसदस्य एवं शिक्षक सचितानन्द यादव, पूर्णामृत भवानि माविका शिक्षक प्रदिप बगाले, विद्यालयका शेयरसदस्य हिमलाल पराजुली, विद्यालयका भाइस प्रिन्सिपल श्यामप्रसाद ढुंगाना, शेयरसदस्य एवं विद्यालयका शिक्षक भुवाप्रसाद डुम्रे, अभिभावककाे तर्फबाट हिमलाल डुम्रे लगायतले बाेल्नुभएकाे थियाे।

विज्ञान प्रदर्शनीमा विद्यार्थीहरुले निर्माण गरेका विभिन्न वस्तुहरु राखिएकाे थियाे भने विद्यार्थीहरुले नृत्यका साथै वक्तित्वकला एवं कविताहरु प्रस्तुत गरेका थिए। 

ताजा

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

२०८३ आश्विन १ गते, बिहीबार

ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’

२०८३ भाद्र ३१ गते, बुधबार

आज ऋषि पञ्चमी मनाइँदै 

२०८३ भाद्र ३० गते, मंगलवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal