सिद्धार्थ राजमार्गकाे बिस्तारसँगै आँधीखाेला हाइड्याम निर्माणकाे लागि पहल गर्छु: सञ्चारमन्त्री गुरुङ
वालिङ१५ मङ्सिर- नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सिद्धार्थ राजमार्गकाे बिस्तार र आँधीखाेला हाइड्यामकाे लागि आफुले पहल गर्ने बताउनुभयाे।

वालिङ नगरपालिका द्वारा आयाेजित अन्तरक्रिया कार्यक्रममा बाेल्दै सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चार मन्त्री गुरुङले विकास निर्माणका क्रममा जनताकाे अपेक्षा अनुसार काम गर्न देशकाे नीति नियम समेत बाधक भएकाे बताउदै छिटाेछरिताे रुपमा काम गर्न बाधा पुर्याउने ऐन कानूहरुलाई संशाेधन गरेर भएपनि विकास निर्माणकाे कार्यलाई तिब्रता दिने गरि सरकार अगाडि बढेकाे बताउनुभयाे।

अराजकताकाे अन्त्य र सरकारकाे स्थायित्वकाे लागि दुई ठुला दलहरु मिलेर सरकार बनाएकाे मन्त्री गुरुङले बताउनुभयाे। नेकपा एमाले र नेपाली कांग्रेसकाे सम्युक्त सरकार पुर अवधि चल्ने बताउदै संविधानका विषयमा सबै दलहरुसंग छल्फल गरेर अगाडि बढ्ने बताउनुभयाे।
कार्यक्रममा वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँण, उपप्रमुख कविता तिवारी, नेकपा एमाले वालिङ नगर कमिटी अध्यक्ष शाेभाकान्त पाैडेल लगायतले स्मार्ट सिटिकाे अवधारणा संगै अगाडि बढेकाे वालिङ नगरपालिकाकाे लागि थप बजेटकाे व्यवस्था संगै सिद्धार्थ राजमार्गकाे बिस्तार एवं आँधीखाेला हाइड्यामकाे निर्माण संगै यश क्षेत्रकाे विकास निर्माणमा पहल गरिदिनकाे लागि मन्त्री संग आग्रह गर्नुभएकाे थियाे।
जवाफमा मन्त्री गुरुङले आफू गण्डकी प्रदेशकाे मुख्यमनणत्री हुदा पनि यश क्षेत्रकाे बारेमा बुजेकाे बताउदै आफ्नाे तर्फबाट सक्दाे पहल गर्ने बताउनुभयाे।

ताजा
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु
२०८३ आश्विन १ गते, बिहीबार
वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
२०८३ आश्विन १ गते, बिहीबार
ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’
२०८३ भाद्र ३१ गते, बुधबार





















