सहमतिकाे आधारमा संविधान संशाेधन हुन्छ: सञ्चारमन्त्री गुरुङ
वालिङ१४ मङ्सिर- नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहमतिकाे आधारमा संविधान संशाेधन हुने बताउनुभएकाे छ।
कालीगण्डकी गाउँपालिका द्वारा आयाेजित छैटौं अध्यक्ष कप तथा खेलकुद महोत्सवको शुक्रबार उद्घाटन गर्दै उहाँले साे कुरा बताउनुभएकाे हाे। संविधान एक गतिशिल दस्तावेज भएकाेले देशकाे आवश्यकताका आधारमा संशाेधन हुने बताउनुभएकाे हाे। विकासका गतिविधिलाई अगाडि बढाउन बाधा पुर्याउने नियम कानूनलाई परिवर्तन गरेर तिब्र गतिमा विकास गर्ने याेजनाका साथ सरकार अगाडि बढेकाे सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चार मन्त्री गुरुङले बताउनुभयाे।
काम गर्ने ताैरतरिकालाई परिवर्तन नगरेसम्म जनताकाे विकासकाे तिब्र आकाङ्छालाई पूरा गर्न नसकिने मन्त्री गुरुङकाे भनाइ थियाे।
पालिकाले खेलकुदका क्षेत्रमा प्राथमिकताका साथ काम गरेकाे बताउदै कालीगण्डकी गाउँपालिकाबाट उत्पादन भएका खेलाडीहरु राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने भएकाे गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयाे। शुक्रबारबाट खुरुभएकाे खेल्कुद महाेत्सव मङ्सिर १६ गते सम्म सञ्चालन हुने खेलमा सात विधामा २२ खेल खेलाइएकाे छ भने करिव सात सय जना खेलाडीहरु सहभागी भएकाे पालिकाले जनाएकाे छ।
ताजा
सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार
अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन
२०८३ भाद्र ४ गते, बिहीबार
वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद
२०८३ भाद्र ३ गते, बुधबार
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे
२०८३ श्रावण २९ गते, शुक्रबार
पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत
२०८३ श्रावण २८ गते, बिहीबार
विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस
२०८३ श्रावण २८ गते, बिहीबार
पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण
२०८३ श्रावण २८ गते, बिहीबार
पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे
२०८३ श्रावण २५ गते, सोमबार





















