गह्रौंसुर मन्दिर परिसरमा निर्माण गरिएका संरचनाहरुको उद्घाटन

वालिङ,३० असोज- वालिङ नगरपालिका वडा नम्बर ८ मा रहेको गह्रौंसुर मन्दिर एवं धार्मीक पर्यटकीय स्थल परिसरमा निर्माण गरिएको संरचनाहरुको एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ ।

मन्दिर परिसरमा निर्माण गरिएका संरचनाको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल सहितका अतिथीहरुले उद्घाटन गर्नुभएको हो ।
मन्दिर परिसरमा मञ्च,कालरात्री मन्दिर, चण्डीथान, भगवती कालिका मन्दिर, अतिथी गृह लगायतका संरचना निर्माण गरिएको छ ।

मन्दिर परिसरमा निर्माण गरिएका भौतीक संरचनाको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले यस क्षेत्रलाई पर्यटकीय धामको रुपमा विकास गर्नका लागि निजी क्षेत्रको तर्फबाट सहयोग गर्ने बताउनुभयो ।
धार्मीक, ऐतिहासिक, सांस्कृतिक रीतिरिवाजलाई बढाउँदै जाँदा यहाँको आर्थिक विकास हुँने बताउदै यस क्षेत्रको विकासका लागि सबैले हातेमालो गर्नुपर्नेमा अध्यक्ष ढकालले जोड दिनुभयो । यहाँका सम्भावित धार्मीक एवं सांस्कृतिक क्षेत्रहरुको विकास गर्दै जाँदा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्ने भएकाले यसका माध्यामबाट आर्थिक क्रियाकलाप थप चलायमान हुने अध्यक्ष ढकालको भनाई थियो ।

कार्यक्रमा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्मा, स्याङ्जाका प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, सिटि एक्सप्रेसका कार्यकारी निर्देशक चन्द्र टण्डन, गह्रौंसुर धार्मिक तथा पर्यटकीय स्थलका प्रमुख संरक्षक दिलिपप्रतख खांँण, बरिष्ठ समाजसेवी तथा व्यवसायी नारायणप्रसाद शर्मा पंगेनीलगायतले बोल्नुभएको थियो । कार्यक्रममा भन्दिर परिसरमा बिभिन्न संरचना निर्माणका लागि सहयोग गर्ने व्यक्ति तथा संघसंस्थाहरुलाई सम्मान गरिएको थियो ।
वालिङ नगरपालिकाको वडा नम्वर ८ मा पर्ने गह्रौंसुर वालिङ नगरपालिका ७ र १० नम्बर वडाका साथै गल्याङ नगरपालिकासँग जोडिएको छ । सिद्धार्थ राजमार्गमा पर्ने वालिङ बजारदेखि करिब ९ किलोमिटरको दुरी पार गरेर गह्रौंसुर मन्दिरमा पुग्न सकिन्छ ।

यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्याङजाको सुन्तला, कफी, अदुवा र पर्यटन प्रवद्र्दनका लागि केवलकारजस्ता परियोजनाहरुमा सहकार्य गर्ने बताउनुभएको छ । वालिङ उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले आँफू सानो हुँदा स्याङ्जा आएको समयको स्मरण गर्दै भन्नुभयो, “स्याङ्जामा मैले पहिलो पटक बस देख्दा अचम्म परेको थिएँ । ठुला बस देख्दा बुवाआमा र साना ट्याक्सी देख्दा बच्चा जस्तो लाग्यो म त्यो ब्याग्राउण्डबाट आएको मान्छे हुँ । साना व्यवसायीको पनि समस्या बुझेको छु ।”

अध्यक्ष ढकालले यतिबेला बैकमा निक्षेप पर्याप्त रहेको र व्याजदर निकै घटेको भन्दै यस्तो बेला नेपालमा नै लगानीको अबसर छ भन्ने सन्देश प्रबाह गर्नेमा जोड दिनुभयो ।
उहाँले यो डेढ बर्षको अबधिमा लगानी प्रबद्र्धनका लागि देश भित्र र बाहिर आँफूहरुले निरन्तर अभियान संञ्चालन गरेको जानकारी गराउनुभयो । आफुहरुकै पहलममा सरकारले लगानी मैत्री बातावरण बनाउन ८ वटा कानून शंशोधन गरेकोसमेत अध्यक्ष ढकालले उल्लेख गर्नुभयो । निजी क्षेत्रले उठाउदै आएको मर्यादाक्रमको विषय, कर सम्बन्धी समस्या लगायतका विषयमा आँफूहरु निरन्तर लागिरहेको उहाँको भनाई थियो ।

कार्यक्रममा वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठले वालिङका संभावावित क्षेत्र कालीगण्डकी करिडोर, केबलकारजस्ता परियोजनाहरुमा सहयोग र सहकार्य गर्न आग्रह गर्दै यहाँको वस्तुस्थितिका बारेमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा चापाकोट, वालिङ, भीरकोटका व्यापारी एवं व्यवासयीहरुको सहभागिता रहेको थियो ।

ताजा

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त

२०८३ आश्विन २३ गते, शुक्रबार

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त

२०८३ आश्विन २३ गते, शुक्रबार

प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान

२०८३ आश्विन २३ गते, शुक्रबार

पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु

२०८३ आश्विन २३ गते, शुक्रबार

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि

२०८३ आश्विन २२ गते, बिहीबार

काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान

२०८३ आश्विन २१ गते, बुधबार

वालिङमा बजार अनुगमन : २६ हजार बढीका म्याद गुज्रेका खाद्यवस्तु नष्ट

२०८३ आश्विन २१ गते, बुधबार

पुतलीबजारमा बजार अनुगमन

२०८३ आश्विन २० गते, मंगलवार

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal