स्याङ्जाका तजनले पूरा गरे आठ हजार अग्ला १४ हिमालकाे आराेहण

अर्जुन काफ्ले

स्याङ्जा,२८ असाेज- पुतलीबजार नगरपालिका-१२ पेल्काचौरका २९ वर्षीया तेजन गुरुङले आठ हजार मिटरभन्दा अग्ला १४ वटै हिमालको आरोहण गर्नुभएको छ । 

यही असोज २३ गते बिहान नेपाली समय अनुसार करिब ५ बजेको समयमा चिनको ८०२७ मिटर अग्लो सिसापाङ्ग हिमाल चढेसँगै आठ हजार मिटर अग्ला सबै हिमाल चढ्ने सफलता मिलेको हो । गुरुङ स्याङ्जाबाट आठ हजार मिटर अग्ला हिमाल चढ्ने पहिलो समेत बन्नुभएको छ । 

आफ्नो कर्म थलो बेलायती लाहुरे जीवनमा आठ वर्ष बिताउनुभएका गुरुङले २०२२ सालमा बेलायती सेना छाडेर हिमाल आरोहणमा होमिनु भएको थियो । 

बेलायत सेनामा रहदाँ २०१७ मा छ हजार मिटर उचाई भएको लोगुचे स्पष्टीकरण बाट हिमाल आरोहण थाल्नु भएका गुरुङले सगरमाथा २७ मे २०२२ मा चढ्नु भएको थियो । 

उहाँले २८ मे २०२२ मा ल्होत्से आरोहण गर्नुभएको थियो भने  २०२३ मा मात्र ११ वटा हिमाल आरोहण गनुभएको थियो । उहाँले १५ अप्रिल २०२३ मा अन्नपुर्ण, २३ मे २०२३ मा मकालु, १ जुन २०२३ मा कन्चनजङगा, २ जुलाई २०२३ मा नन्गा पर्वत, जी टु १७ जुलाई २०२३, जी वान २१ जुलाई २०२३, २५ जुलाई २०२३ मा बोर्ड पीक, के टु २८ जुलाई २०२३, मनास्लु १७ सेप्टेम्बर २०२३, २९ सेप्टेम्बरमा धौलागिरी, चोओयु २ आक्टुबर २०२३ मा आरोहण गर्नुभएको हो । 

सबै हिमाल आफूले एलिट एस्पेटबाट आरोहण गरेको बताउँँदै सेना मै रहदाँ सगरमाथा वेश क्याम जाने अवसर मिलेको सोही समयबाट आरोहणको चाहना बढेको गुरुङले बताउनुभयो । 

१४ वटै आठ हजार मिटर अग्ला हिमाल आरोही आफ्नै भिनाजु निर्मल पुर्जाको प्रेरणा समेत रहेको बताउँदै गुरुङले अहिले एलिट एस्पेटमै काम गरेको बताउनुभयो । बेलायत सेना हुदाँ कमाण्डोसम्मको तालिम अनुभव गर्नुभएका गुरुङले हिमाल आरोहणलाई निरन्तरता दिनु भएको छ । 

एसियाको एल्ब्रास, अर्जेन्टिनाको एकोनकग्ना लगायतका दर्जन साना हिमाल समेत गुरुङले आरोहण गर्नु भएको थियो । युवाहरु बिदेश गइरहेकोमा दुख ब्यक्त गर्दै सबै युवाहरुलाई कसरी हिमाल आरोहणमा जोड्न सकिन्छ यसैमा लाग्ने उहाँको भनाइ छ । 

ताजा

स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत

२०८३ आश्विन २४ गते, शनिबार

स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत

२०८३ आश्विन २४ गते, शनिबार

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित

२०८३ आश्विन २४ गते, शनिबार

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त

२०८३ आश्विन २३ गते, शुक्रबार

प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान

२०८३ आश्विन २३ गते, शुक्रबार

पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु

२०८३ आश्विन २३ गते, शुक्रबार

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि

२०८३ आश्विन २२ गते, बिहीबार

काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान

२०८३ आश्विन २१ गते, बुधबार

वालिङमा बजार अनुगमन : २६ हजार बढीका म्याद गुज्रेका खाद्यवस्तु नष्ट

२०८३ आश्विन २१ गते, बुधबार

पुतलीबजारमा बजार अनुगमन

२०८३ आश्विन २० गते, मंगलवार

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal