स्याङ्जाका तजनले पूरा गरे आठ हजार अग्ला १४ हिमालकाे आराेहण

अर्जुन काफ्ले
स्याङ्जा,२८ असाेज- पुतलीबजार नगरपालिका-१२ पेल्काचौरका २९ वर्षीया तेजन गुरुङले आठ हजार मिटरभन्दा अग्ला १४ वटै हिमालको आरोहण गर्नुभएको छ ।
यही असोज २३ गते बिहान नेपाली समय अनुसार करिब ५ बजेको समयमा चिनको ८०२७ मिटर अग्लो सिसापाङ्ग हिमाल चढेसँगै आठ हजार मिटर अग्ला सबै हिमाल चढ्ने सफलता मिलेको हो । गुरुङ स्याङ्जाबाट आठ हजार मिटर अग्ला हिमाल चढ्ने पहिलो समेत बन्नुभएको छ ।
आफ्नो कर्म थलो बेलायती लाहुरे जीवनमा आठ वर्ष बिताउनुभएका गुरुङले २०२२ सालमा बेलायती सेना छाडेर हिमाल आरोहणमा होमिनु भएको थियो ।
बेलायत सेनामा रहदाँ २०१७ मा छ हजार मिटर उचाई भएको लोगुचे स्पष्टीकरण बाट हिमाल आरोहण थाल्नु भएका गुरुङले सगरमाथा २७ मे २०२२ मा चढ्नु भएको थियो ।
उहाँले २८ मे २०२२ मा ल्होत्से आरोहण गर्नुभएको थियो भने २०२३ मा मात्र ११ वटा हिमाल आरोहण गनुभएको थियो । उहाँले १५ अप्रिल २०२३ मा अन्नपुर्ण, २३ मे २०२३ मा मकालु, १ जुन २०२३ मा कन्चनजङगा, २ जुलाई २०२३ मा नन्गा पर्वत, जी टु १७ जुलाई २०२३, जी वान २१ जुलाई २०२३, २५ जुलाई २०२३ मा बोर्ड पीक, के टु २८ जुलाई २०२३, मनास्लु १७ सेप्टेम्बर २०२३, २९ सेप्टेम्बरमा धौलागिरी, चोओयु २ आक्टुबर २०२३ मा आरोहण गर्नुभएको हो ।
सबै हिमाल आफूले एलिट एस्पेटबाट आरोहण गरेको बताउँँदै सेना मै रहदाँ सगरमाथा वेश क्याम जाने अवसर मिलेको सोही समयबाट आरोहणको चाहना बढेको गुरुङले बताउनुभयो ।
१४ वटै आठ हजार मिटर अग्ला हिमाल आरोही आफ्नै भिनाजु निर्मल पुर्जाको प्रेरणा समेत रहेको बताउँदै गुरुङले अहिले एलिट एस्पेटमै काम गरेको बताउनुभयो । बेलायत सेना हुदाँ कमाण्डोसम्मको तालिम अनुभव गर्नुभएका गुरुङले हिमाल आरोहणलाई निरन्तरता दिनु भएको छ ।
एसियाको एल्ब्रास, अर्जेन्टिनाको एकोनकग्ना लगायतका दर्जन साना हिमाल समेत गुरुङले आरोहण गर्नु भएको थियो । युवाहरु बिदेश गइरहेकोमा दुख ब्यक्त गर्दै सबै युवाहरुलाई कसरी हिमाल आरोहणमा जोड्न सकिन्छ यसैमा लाग्ने उहाँको भनाइ छ ।
ताजा

शिक्षकलाई विद्यालय फर्काउ
२०८२ बैशाख २ गते, मंगलवार
शिक्षकलाई विद्यालय फर्काउ
२०८२ बैशाख २ गते, मंगलवार
स्थानीय तहको सेवा प्रवाहमा प्रश्न
२०८१ चैत्र ३१ गते, आईतवार
महिलालाई उत्पादनमा जोड्न बाख्रा वितरण
२०८१ चैत्र ३१ गते, आईतवार
सिद्धार्थ राजमार्गकाे स्तरउन्नती हुन्छः अर्थमन्त्री पाैडेल
२०८१ चैत्र ३० गते, शनिबार
वरिष्ठ पत्रकार भैरव रिसालको निधन
२०८१ चैत्र २५ गते, सोमबार
बाह्रविशे मेला सम्पन्न, दर्शककाे उत्साहाजनक सहभागिता
२०८१ चैत्र २४ गते, आईतवार
आज बाह्रविशे मेला, तयारी पुरा
२०८१ चैत्र २४ गते, आईतवार
गह्राैसुर मन्दिरमा दर्शनकाे लागि लाम्वद्ध भक्तजन
२०८१ चैत्र २३ गते, शनिबार
ग्रामीण स्वावलम्बन साना किसान कृषि सहकारी, गण्डकी प्रदेश मै उत्कृष्ठ घोषणा
२०८१ चैत्र २३ गते, शनिबार