ठकुरी महिलामात्र प्रवेश पाउने अचम्मकाे मन्दिर
स्याङ्जाकाे कालीगण्डकी गाउँपालिका वडा नम्बर ३ मा अवस्थित आलमदेबी मन्दिर तस्विर: गण्डकी समाचार
अर्जुन काफ्ले
स्याङ्जा,२८ असाेज- शाह वंशको कूलदेवता र कूल मन्दिर मानिदैआएको आलमदेबी मन्दिर यहाँको शक्तिपीठमध्ये एक हो । कालीगण्डकी गाउँपालिका-३ मा रहेको वि.स. १३५० सालमा स्थापना भएको यस मन्दिरभित्र ठकुरी महिला बाहेक अन्यलाई प्रेवश अनुमति छैन ।
यहाँ मन्दिर स्थापनाबाट नै १५ वर्षभित्रका चुडाकर्म गरेको राना मगर पूजारी रहने गरेका छन् । आलमदेवीमा राँगो, बाख्राको पाठो, कुखुरा, परेवा र भेँडालाई बलि चढाउने परम्परा रहेका छ । भेँडा उपलब्ध नहुँदा कुभिण्डो प्रयोग गर्ने गरिएको छ ।

३६५ दिन नै पूजा हुने र पूजा हुँदा नगरा बनाउने परम्परा रहेको यस मन्दिरमा एकादशी, औँशी, साउन १ देखि नागपञ्चमी र १६ श्राद्धमा बाहेक अरु सबै दिन बलि चढाउने गरिएको छ ।
नेपालका शक्तिपीठहरुमध्ये बेग्लै विशेषता र पहिचान बोकेको आलमदेवी मन्दिरमा दसैँको नवमीका दिन वर्षभरीकै सबैभन्दा ठूलो विशेष पूजा र सरकारी पञ्चबलि चढाउने प्रचलन रहेको छ । यस मन्दिरमा नवमीको दिन बिहानै डेढ घण्टा लामो यज्ञ र नवदुर्गाको पूजापछि पञ्चबलि दिने गरिएको छ ।
छालाको पेटी, जुत्ता लगाएर भित्र प्रवेश गर्न नहुने इतिहास बोकेको आलमदेबी मन्दिरमा होलिमा रङगरोगन समेत नगरिने मन्दिर समितिका अध्यक्ष प्रिथ थापाले बताउनुभयो ।

धेरै वर्ष पहिला शाह वंशीय राजाहरुले राँगो छोडिदिने र राँगो आफै आलमदेवी आइपुग्ने र स्थानीयले बलि चढाउने गरेको इतिहास रहेको छ । जीवनमा ठूलो संकट आइलागेपछि वा आउने सम्भावना देखेपछि यहाँ आएर आलमदेवीसँग बर मागेपछि संकट मोचन हुने जनविश्वास रहेको छ ।
भारतको चितौरगढका चन्द्र वंशावलीमा भट्टारक राजा ऋषी राणाको राज्यमा मुगलले आक्रमण गरेपछि आलमदेवी अग्लो डाँडोमा आएको किंवदन्ती रहेको छ । चितौरगढबाट आएका राणाहरुले डाँडोमा मन्दिर बनाई मूर्ति राखेको र पछि मूर्ति अलाप भएकाले आलमदेवी नामकरण भएको मानिदै आएको छ ।
पहिला एकै दिनमा हजारौको संख्यामा बलि दिने गरिएकोमा अहिले घट्दै गएको अध्यक्ष थापाले बताउनुभयो । यहाँ दसैँको तथा अन्य बेलामा लाग्ने खर्च सबै बलिको बेलामा उठ्ने रकमबाट चलाउने गरिएको छ ।
प्रवेशमा रोक

बडादसैँमा देवीको पूजाहुने यस आलमदेबी मन्दिरमा ठकुरी महिला बाहेकका महिलालाई प्रवेशमा रोक लगाउने गरिएको छ । यहाँ मन्दिर प्रवेशका लागि पहिला एक जना मानिस नै बसेर रोक लगाउने गरे पनि पछिल्लो क्रममा विगतमाजस्तो नरोकेको थापाले बताउनुभयो ।
ठकुरी बाहेकका महिला मन्दिरमा प्रवेश गरे राम्रो नहुने अर्थात अनिष्ट हुने गरेको सुनिएको उहाँको भनाइ छ । पुरानो मान्यता अनुसार अनिष्ट हुन्छ कि भनेर अन्य महिलाहरु प्रवेश नगर्ने थापाले बताउनुभयो ।
परम्मरा, संस्कृति र रीतिरिबाजको हिसाबले आफू अहिलेसम्म मन्दिरभित्र प्रवेश नगरेको कालिगण्डकी गाउँपालिका उपाध्यक्ष साबित्रा कोइरालाले बताउनुभयो । गाेप
ताजा
स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत
२०८३ आश्विन २४ गते, शनिबार
स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत
२०८३ आश्विन २४ गते, शनिबार
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
२०८३ आश्विन २४ गते, शनिबार
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त
२०८३ आश्विन २३ गते, शुक्रबार
प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान
२०८३ आश्विन २३ गते, शुक्रबार
पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु
२०८३ आश्विन २३ गते, शुक्रबार
विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि
२०८३ आश्विन २२ गते, बिहीबार
काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान
२०८३ आश्विन २१ गते, बुधबार
वालिङमा बजार अनुगमन : २६ हजार बढीका म्याद गुज्रेका खाद्यवस्तु नष्ट
२०८३ आश्विन २१ गते, बुधबार
पुतलीबजारमा बजार अनुगमन
२०८३ आश्विन २० गते, मंगलवार





















