ठकुरी महिलामात्र प्रवेश पाउने अचम्मकाे मन्दिर

स्याङ्जाकाे कालीगण्डकी गाउँपालिका वडा नम्बर ३ मा अवस्थित आलमदेबी मन्दिर तस्विर: गण्डकी समाचार
अर्जुन काफ्ले
स्याङ्जा,२८ असाेज- शाह वंशको कूलदेवता र कूल मन्दिर मानिदैआएको आलमदेबी मन्दिर यहाँको शक्तिपीठमध्ये एक हो । कालीगण्डकी गाउँपालिका-३ मा रहेको वि.स. १३५० सालमा स्थापना भएको यस मन्दिरभित्र ठकुरी महिला बाहेक अन्यलाई प्रेवश अनुमति छैन ।
यहाँ मन्दिर स्थापनाबाट नै १५ वर्षभित्रका चुडाकर्म गरेको राना मगर पूजारी रहने गरेका छन् । आलमदेवीमा राँगो, बाख्राको पाठो, कुखुरा, परेवा र भेँडालाई बलि चढाउने परम्परा रहेका छ । भेँडा उपलब्ध नहुँदा कुभिण्डो प्रयोग गर्ने गरिएको छ ।

३६५ दिन नै पूजा हुने र पूजा हुँदा नगरा बनाउने परम्परा रहेको यस मन्दिरमा एकादशी, औँशी, साउन १ देखि नागपञ्चमी र १६ श्राद्धमा बाहेक अरु सबै दिन बलि चढाउने गरिएको छ ।
नेपालका शक्तिपीठहरुमध्ये बेग्लै विशेषता र पहिचान बोकेको आलमदेवी मन्दिरमा दसैँको नवमीका दिन वर्षभरीकै सबैभन्दा ठूलो विशेष पूजा र सरकारी पञ्चबलि चढाउने प्रचलन रहेको छ । यस मन्दिरमा नवमीको दिन बिहानै डेढ घण्टा लामो यज्ञ र नवदुर्गाको पूजापछि पञ्चबलि दिने गरिएको छ ।
छालाको पेटी, जुत्ता लगाएर भित्र प्रवेश गर्न नहुने इतिहास बोकेको आलमदेबी मन्दिरमा होलिमा रङगरोगन समेत नगरिने मन्दिर समितिका अध्यक्ष प्रिथ थापाले बताउनुभयो ।

धेरै वर्ष पहिला शाह वंशीय राजाहरुले राँगो छोडिदिने र राँगो आफै आलमदेवी आइपुग्ने र स्थानीयले बलि चढाउने गरेको इतिहास रहेको छ । जीवनमा ठूलो संकट आइलागेपछि वा आउने सम्भावना देखेपछि यहाँ आएर आलमदेवीसँग बर मागेपछि संकट मोचन हुने जनविश्वास रहेको छ ।
भारतको चितौरगढका चन्द्र वंशावलीमा भट्टारक राजा ऋषी राणाको राज्यमा मुगलले आक्रमण गरेपछि आलमदेवी अग्लो डाँडोमा आएको किंवदन्ती रहेको छ । चितौरगढबाट आएका राणाहरुले डाँडोमा मन्दिर बनाई मूर्ति राखेको र पछि मूर्ति अलाप भएकाले आलमदेवी नामकरण भएको मानिदै आएको छ ।
पहिला एकै दिनमा हजारौको संख्यामा बलि दिने गरिएकोमा अहिले घट्दै गएको अध्यक्ष थापाले बताउनुभयो । यहाँ दसैँको तथा अन्य बेलामा लाग्ने खर्च सबै बलिको बेलामा उठ्ने रकमबाट चलाउने गरिएको छ ।
प्रवेशमा रोक

बडादसैँमा देवीको पूजाहुने यस आलमदेबी मन्दिरमा ठकुरी महिला बाहेकका महिलालाई प्रवेशमा रोक लगाउने गरिएको छ । यहाँ मन्दिर प्रवेशका लागि पहिला एक जना मानिस नै बसेर रोक लगाउने गरे पनि पछिल्लो क्रममा विगतमाजस्तो नरोकेको थापाले बताउनुभयो ।
ठकुरी बाहेकका महिला मन्दिरमा प्रवेश गरे राम्रो नहुने अर्थात अनिष्ट हुने गरेको सुनिएको उहाँको भनाइ छ । पुरानो मान्यता अनुसार अनिष्ट हुन्छ कि भनेर अन्य महिलाहरु प्रवेश नगर्ने थापाले बताउनुभयो ।
परम्मरा, संस्कृति र रीतिरिबाजको हिसाबले आफू अहिलेसम्म मन्दिरभित्र प्रवेश नगरेको कालिगण्डकी गाउँपालिका उपाध्यक्ष साबित्रा कोइरालाले बताउनुभयो । गाेप
ताजा

सुन्दरबजारमा आगलागी, दुईतले घर जलेर नष्ट
२०८२ जेष्ठ ३१ गते, शनिबार
सुन्दरबजारमा आगलागी, दुईतले घर जलेर नष्ट
२०८२ जेष्ठ ३१ गते, शनिबार
वालिङ बहुमुखी क्याम्पसमा एक महिने फेसन डिजाइन तालिम
२०८२ जेष्ठ ३० गते, शुक्रबार
वालिङमा सुनाैलाे हजार दिनका आमालाई पाेसिलाे झाेला
२०८२ जेष्ठ २९ गते, बिहीबार
नवग्रह मन्दिरमा भागवत वाचिका राधिका दासीद्वारा दर्शन
२०८२ जेष्ठ २९ गते, बिहीबार
‘एयर इन्डिया’को विमान दुर्घटना
२०८२ जेष्ठ २९ गते, बिहीबार
आजको मौसमः केही स्थानमा भारी वर्षा हुने
२०८२ जेष्ठ २९ गते, बिहीबार
विद्यार्थीलाई कपाल काट्ने तालिम
२०८२ जेष्ठ २९ गते, बिहीबार
चिसापानी–देउराली-बानीडाँडा सडक धमाधम कालोपत्र हुँदै
२०८२ जेष्ठ २९ गते, बिहीबार
मह र मासमा अनुदान पाएपछि तनहुँका किसान उत्साहित
२०८२ जेष्ठ २८ गते, बुधबार