बैंकले नागरिकलाई आर्थिक रुपमा समृद्ध बनाउन चाहान्छ: सिईओ आचार्य

वालिङ,१० असाेज- गरिमा विकास बैंकका कार्यकारी प्रमुख (सिईओ) माधवप्रसाद  आचार्यले आम नागरिकलाई बैंकले आर्थिक रुपमा समृद्ध बनाउन चाहने बताउनुभएको छ । आम नागरिक आर्थिक रुपमा सक्षम भएमा निक्षेप बढ्ने, ऋणको सहि रुपमा लगानी हुँने भन्दै सिइओ आचार्यले बैंकले सबैलाई धनी बनाउन चाहने बताउनुभएको हो । उहाँले बिहिबार वालिङमा पत्रकारहरुसंँग भेटघाट गर्दै बैंकिङ क्षेत्रलाई चलाएमान बनाउन सबै मानिस सक्षम र सम्पन्न हुनुपर्ने औंल्याउनुभयो । गाउँबाट शहर पसेको गरिमा विकास बैंकले यो सफलता प्राप्त गर्नु देशभर आफ्नाे शाखा बिस्तार गर्ने कार्यमा  वालिङ बासि संगै धेरै व्यक्तिहरुको महत्वपूर्ण भूमिका रहेको आचार्यकाे भनाई छ ।

पत्रकारहरुले राखेको जिज्ञासाको जवाफ दिदै आचार्यले कोभिड १९ ले शिथिल बनाएको अर्थतन्त्रमात्र नभएर मूल्यवृद्धि नियन्त्रण, वित्तीय संकटलगायतको सजिलै प्रतिरक्षा गर्न मोफसलबाट उदाएको गरिमा विकास बैंक सहित अन्य वाणिज्य बैंकहरु सफल भएको बताउनुभयाे।

समग्र आर्थिक विकासका लागि मौद्रिक नीति र वित्त नीतिबीच प्रभावकारी समन्वय हुनुपर्ने भएकाले राष्ट्र बैंकले त्यसतर्फ पनि काम गर्नु पर्ने उहाँकाे भनाइ थियो । उत्पादन र आयात प्रभावित भएका कारण बैंकमा कर्जाको माग अत्यन्त न्यून छ उपाध्यायले भन्नुभयो, ‘अधिक तरलता तथा न्यून तरलता दुबै वित्तीय क्षेत्र स्थायित्वको लागि राम्रो मानिदैँन । निक्षेपको ब्याज घटाउँदै लैजाने हो भने बचत निरुत्साहित हुने, बचतले बैंकिङ प्रणालीमा प्रवेश नपाउने, पूँजी अन्यत्र पलायन हुने, तुलनात्मकरुपमा नियमन कमजोर र जोखिम अधिक भएको सहकारी क्षेत्रतर्फ बचत प्रवाह हुने आदि जस्ता जोखिम वित्तीय प्रणालीले भोग्नु पर्नेहुन्छ । यस्तो अवस्था वित्तीय क्षेत्र स्थायित्वका लागि प्रमुख चुनौती हो ।’

ताजा

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त

२०८३ आश्विन २३ गते, शुक्रबार

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त

२०८३ आश्विन २३ गते, शुक्रबार

प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान

२०८३ आश्विन २३ गते, शुक्रबार

पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु

२०८३ आश्विन २३ गते, शुक्रबार

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि

२०८३ आश्विन २२ गते, बिहीबार

काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान

२०८३ आश्विन २१ गते, बुधबार

वालिङमा बजार अनुगमन : २६ हजार बढीका म्याद गुज्रेका खाद्यवस्तु नष्ट

२०८३ आश्विन २१ गते, बुधबार

पुतलीबजारमा बजार अनुगमन

२०८३ आश्विन २० गते, मंगलवार

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal