आन्तरिक पर्यटकको गन्तव्य बन्दै लामडाँडा

अर्जुन काफ्ले

स्याङ्जा,२७ भदौ- ढुङ्गा र टिनले छाएको एकनासको मौलिक शैलीको घर । ढुङ्गाले छापेको बाटो दुवैतिर ढुङ्गाकै पर्खाल सामुन्ने देखिने हिमशृङ्खलाको मनोरम दृश्य अनि गुरुङ संस्कार र संस्कृतिको जीवन्त सङ्ग्रहालय । पर्यटकीय गाउँ लामडाँडाको मौलिक पहिचान बनेको छ  । 

यही पहिचानको कारण पछिल्लो क्रममा आन्तरिक पर्यटकहरूले लामडाँडालाई आफ्नो गन्तव्य बनाउन थालेका छन् । भौगोलिक विकटतासँगै स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका-२ मा रहेको यो गाउँ केही वर्ष पहिलेसम्म सुनसान देखिन्थ्यो ।

२०७५ सालबाट लामडाँडा सामुदायिक होमस्टेको तयारी गरेपनि पूर्ण रूपमा छ वर्ष पश्चात् सञ्चालनमा आएसँगै गाउँको मुहार नै फेरिएको हो । ११९ घर गुरुङ समुदाय र २७ घर दलित जातीको बसोबास रहेको लामडाँडा गाउँमा मौलिक संस्कार संस्कृति रहेको बस्ती हो । गुरुङ जातीको संस्कार र संस्कृतिसँगै यहाँ पाइने स्थानीय खानाको परिकारको स्वादमा यहाँ आइपुग्ने पर्यटकहरू लोभिने गरेका छन् । 

पछिल्लो समय घुमघाम गर्ने पर्यटकदेखि गोष्ठी, वनभोजका लागि समेत लामडाँडा रोजाइमा पर्न थालेको छ । वडा अध्यक्ष धन बहादुर गुरुङले युवापुस्तादेखि बुढापाकासम्म होमस्टे सञ्चालन अग्रसर भएरै होमस्टे सञ्चालन गरिएको बताउनुभयो । भौगोलिक विकटतासँगै बसाइ सराइले गाउँ नै रित्तिने अवस्थामा पुगेको लामडाँडा पछिल्लो समय चहलपहल बढेको छ । 

स्थानीय परिकार, मौलिक संस्कार, संस्कृति सहितको गाउँमा होमस्टे सञ्चालनमा आएपछि आन्तरिक पर्यटक त्यहाँ पुग्दा गाउँमा चहलपहल बढ्न थालेको छ । लामडाडाँ होमस्टेमा पुग्ने पर्यटकहरूको स्वागत गर्ने चलन पनि बेग्लै रहेको छ । गाउँ प्रवेश गर्नसाथ उनीहरूलाई फूलमाला लगाई स्वागत गर्ने गरिन्छ भने सेतो अक्षता लगाइने गरिन्छ । 

पर्यटकहरूले प्रवेश बिन्दुबाटै फरक र रमाइलो अनुभूति गर्ने भएकोले त्यहाँ पुगे पछि प्राय धेरै पर्यटकहरूले आफ्नो बसाइ लम्बाउने गरेका छन् । यहाँ रात बस्ने पर्यटकले एक रातको एक हजार दुई सय तिर्नु पर्ने हुन्छ भने पर्यटकलाई स्थानीय उत्पादन भएको मकैँ-भट्टको साथमा चिया, एक गिलास कोदोको रक्सी, लोकल कुखुरा र खसीको मासुको स्वाद चखाउनुको साथै रोजाई अनुसार कोदोको ढिँडो र लोकल चामलको भात व्यवस्था गर्ने गरेको होमस्टे सञ्चालक घुमराज गुरुङले बताउनुभयो ।

बेलुकाको खानासँगै आमा समूह र युवा क्लबले नाचगान गर्ने बताउँदै गुरुङले नाच गान पश्चात् रात्रिकालीन विश्राम गरिने बताउनुभयो । बिहान कोदोको रोटी, चिया र स्थानीय महको व्यवस्था गरिने र माला लगाएर पाहुनालाई बिदाइ गरिन्छ ।

यहाँ सञ्चालन भएको छ महिना मै चार हजार आन्तरिक पर्यटकले बसाइ गरेका छन् भने छ जना विदेशी पर्यटकले अवलोकन गरेका छन् । यो होमस्टे बनाउन प्रदेश र सङ्घ सरकारले अहिलेसम्म ४० लाख लगानी गरेको छ भने यहाँ एक पटकका एक सयलाई बासको व्यवस्था गर्न सकिने गुरुङले बताउनुभयो । 

ताजा

स्याङ्जामा साधु मृत फेला

२०८३ भाद्र २२ गते, सोमबार

स्याङ्जामा साधु मृत फेला

२०८३ भाद्र २२ गते, सोमबार

स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन

२०८३ भाद्र २२ गते, सोमबार

नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान

२०८३ भाद्र २१ गते, आईतवार

स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु

२०८३ भाद्र १९ गते, शुक्रबार

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal