लुम्बिनीमा हिमशृङ्खलाका मनोरम दृश्यले पर्यटकलाई लोभ्यायो

लुम्बिनी,१७ साउन- बुद्ध जन्मस्थल लुम्बिनीबाट नेपालका हिमशृङ्खला देखिनु धेरैलाई अचम्म लाग्न सक्छ । अर्थात् लुम्बिनीबाट पनि हिमाल देखिन्छ भन्दा धेरैले नपत्याउन सक्छन् तर असार-साउनमा मौसम सफा भएको अवस्थामा भने लुम्बिनीबाट हिमालको मनोरम दृश्य देख्न सकिन्छ । 

अहिले मौसम सफा भइदिँदा केही दिनदेखि हिमशृङ्खलाका मनोरम दृश्य अवलोकन गरी लुम्बिनी भ्रमणमा आएका पर्यटक रमाइरहेका देखिन्छन् । श्रीलङ्काबाट बौद्ध तीर्थयात्री लिएर बुद्धजन्मस्थल लुम्बिनी आएका धम्म श्री भन्तेले हाम्रा लागि दुर्लभ मानिने हिमाली दृश्य प्रत्यक्षरूपमा देख्न पाएकामा खुसीको सीमा नरहेको धारणा व्यक्त गर्नुभयो । उहाँले भगवान् बुद्धको जन्म हिमालयको काखमा भएको भन्ने भनाइ लुम्बिनी भ्रमणबाट पुष्टि भएको उल्लेख गर्दै कम्तीमा एक पटक लुम्बिनी भ्रमण गर्न समस्त बुद्धमार्गी एवम् प्रकृति प्रेमीसँग अनुरोध गर्नुभयो ।

वर्षातपछि छर्लङ्ग खुलेको मौसममा लुम्बिनीबाट उत्तरतर्फ सेताम्मे हिमशृङ्खला देख्दा जो कोही पनि लोभिने अवस्था छ । प्राय असार-साउन महिनामा पानी परेपछि मौसम सफा भएको समयमा लुम्बिनीबाट अन्नपूर्ण, धौलागिरिलगायत हिमालहरू देखिने गरेको मायादेवी मन्दिरमा वर्षौँदेखि पूजाआजा गर्दै आएका स्थानीय योगेन्द्रनाथ पाण्डे बताउनुहुन्छ ।  

बुद्ध जन्मस्थल लुम्बिनीमा हिमाल देखिन्छ भन्ने सन्देशलाई पर्यटन प्रवर्द्धनमा जोड्न सकिएको छैन भन्दै पर्यटनविद् एवम् लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा.हरिध्वज राईले भन्नुभयो, “समग्र पक्षलाई समेटेर लुम्बिनीको प्रचार-प्रसार हुन सकेको छैन । भगवान् बुद्धलेसमेत आफ्नो घर हिमालको फेदी बाणगङ्गा नदी किनारमा रहेको बताउनुभएको सन्दर्भमा बुद्धसँग हिमाललाईसमेत जोडेर पर्यटन प्रवर्द्धन अभियानलाई सफल र सार्थक बनाउन सम्बद्ध सबैसँग अनुरोध गर्दछु ।”

तराईको समथर पुण्यभूमिमा अवस्थित मायादेवी र अशोक स्तम्भको छेउबाट हिमशृङ्खला देख्न पाउनु आफैँमा महत्त्वपूर्ण पक्ष हो । लुम्बिनीसहित तराईका अधिकांश जिल्लाबाट असार-साउनमा मौसम सफा भएको बेलामा मनमोहक हिमालसहित रमणीय दृश्य अवलोकन गर्न सकिने स्थानीयवासी बताउँछन् ।रासस 

ताजा

प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना

२०८२ बैशाख २४ गते, बुधबार

प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना

२०८२ बैशाख २४ गते, बुधबार

धर्मले समाजलाई अनुशासित बनाउँछ: पूर्व मन्त्री अर्याल

२०८२ बैशाख २३ गते, मंगलवार

पूर्वमन्त्री प्रदीप नेपालको निधन

२०८२ बैशाख २३ गते, मंगलवार

‘सरकारले यथाशीघ्र प्राङ्गारिक र जैविक मलको व्यवस्था गर्नेछ’

२०८२ बैशाख २१ गते, आईतवार

प्रधानमन्त्रीसमक्ष राज्यमन्त्री गर्बुजाको सपथ

२०८२ बैशाख २१ गते, आईतवार

चालिसेमा महायज्ञ हुने

२०८२ बैशाख २० गते, शनिबार

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा वालिङमा स्वास्थ्य शिविर

२०८२ बैशाख २० गते, शनिबार

विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को महत्व र नारा

२०८२ बैशाख २० गते, शनिबार

यी हुन् सरकारको नीति तथा कार्यक्रममा परेका महत्त्वपूर्ण विषयहरू

२०८२ बैशाख १९ गते, शुक्रबार

राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत

२०८२ बैशाख १९ गते, शुक्रबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal