स्याङ्जामा सडक कालोपत्रेको काम तीव्र

अर्जुन काफ्ले

स्याङ्जा,१६ साउन- प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय स्याङ्जाले एकै वर्षमा ४३.२ किलो मिटर कालोपत्रे र ढलान गरेको छ । पूर्वाधारले आर्थिक वर्ष ०८०-८१ मा ३०.२ किमी कालोपत्रे र १३ किमी ढलान गरेको हो । 

यहाँको नागँडाडाँ– कार्कीनेटा दोस्रो खण्ड सडक ९.५ किमी, मिर्दी क्याक्मी भिमाद सडक १० किमी, हेलु अर्जुन चौपारी सडक ६.२ किमी कालेपत्रे गरिएको छ । यस्तै देविस्थान लामडाडाँ पोखरी कुसेचौर १.५ किमी, सेतिदोभान बरबोटर साधना सडक र सर्केटारी दामगाडे सडक सात÷सात सय मिटर, भुम्रेचोक सडक छ सय मिटर, वीरेन्द्र नगर देविस्थान र ढडुवा ठुलाडिही सडक पाँच-पाचँ सय मिटर गरी ३०.२ किमी कालोपत्रे गरेको कालोपत्रे भएको हो । 

यस्तै बहुवर्षीय सडक अन्र्तगत दामाचौर हिलामराङ सडक पाँच किमी, शुक्लागण्डकी–चिसापानी सडक तीन किमी, मर्तमास लोलुङ्गा सडक १.२ किमी, दिमीक फाट कृषि सडक पाँच सय मिटर, आमडाली थापाडाडाँ सड तीन सय मिटर सहित साना ढलान गरी १३ किमी ढलान पूर्वाधारले गरेको हो । गत वर्ष समेत ४२ किमी कालोपत्रे गरेको पूर्वाधारले आगामी आवमा धेरै सडक कालोपत्रे हुने पूर्वाधार विकास कार्यालयका प्रमुख दयाराम अधिकारीले बताउनुभयो । 

यहाँ एक निर्वाचन क्षेत्र एक कृषि सडक, एक निर्वाचन क्षेत्र एक सडक, प्रादेशिक सड गरेर एक दर्जन बहुवर्षिय योजना सम्झौता गरेर काम अगाडि बढाइएको छ भने चार वटा ठुला सडक कालोपत्रेको तयारीमा छन् । 

पूर्वाधारले आव ०८०-८१ मा कटुजे बडौचौर फलामे पुल(फेदिखोला) र केवरेखोला ढाँड झोलुङ्गे पुल)अर्जुन चौपारी) गरी दुई झोलुङ्गे पुल बनाएको छ । यस्तै गैरीघाट र रातोखोला मोटरेबल पुल (बिरुवा) राक्सेखोला (गल्याङ्ग), सिङहाले र पौवेखोला (पुतलीबजार), सेतिखोला मोटरेबल पुल) फेदिखोलामा गरी छ वटा निर्माण पूर्वाधारले तीव्र रूपमा अगाडि बढाएको छ । 

पूर्वाधार विकास कार्यालय स्याङ्जाले आव ०८०-८१ मा पुँजीगततर्फ एक अर्ब ११ करोड छ लाख ७७ हजार ९१० रुपियाँ(८०.५८ प्रतिशत) खर्च गरेको छ । पूर्वाधारले सडक तर्फ एक अर्ब एक करोड ४९ लाख एक सय(८०.२१ प्रतिशत), पुल तर्फ आठ करोड ७४ लाख ५० हजार ८५० रुपियाँ(८७.५२ प्रतिशत), भवन तर्फ ३३ लाख ७७ हजार ३८० रुपियाँ(६१.४१ प्रतिशत) र अन्य ४९ लाख ५० हजार रुपियाँ(६५.९९ प्रतिशत) प्रगति गरेको हो ।गाेप

ताजा

माघे सङ्क्रान्तिमा सेतीवेणीमा भक्तजन

२०८१ माघ १ गते, मंगलवार

माघे सङ्क्रान्तिमा सेतीवेणीमा भक्तजन

२०८१ माघ १ गते, मंगलवार

विरुवा गाउँपालिकामा जनतासँग जनप्रतिनिधी, जेष्ठ नागरिकलाई सम्मानमा

२०८१ माघ १ गते, मंगलवार

विरुवामा छातीरोग सम्बन्धी शिविर

२०८१ पुष २९ गते, सोमबार

भूमि समस्या समाधान आयाेग स्याङ्जाकाे अध्यक्षमा तारा शर्मा

२०८१ पुष २९ गते, सोमबार

प्रेस सेन्टर स्याङ्जाको अधिवेशन सम्पन्न, अध्यक्षमा केपी खनाल

२०८१ पुष २९ गते, सोमबार

हरिनास गाउँपालिकाद्वारा स्थानीय मदिराको ब्राण्डीङ संगै एकल पुरुषलाई भत्ता

२०८१ पुष २९ गते, सोमबार

एमाले वालिङद्वारा अभिमुखिकरण कार्यक्रम सम्पन्न

२०८१ पुष २८ गते, आईतवार

‘उच्च शिक्षा मापदण्ड ऐन ल्याएर मात्र थप विश्वविद्यालय’

२०८१ पुष २५ गते, बिहीबार

रास्वपाका सभापति लामिछानेसहित छ प्रतिवादीले बुझाए धरौटी

२०८१ पुष २५ गते, बिहीबार

चलचित्र ‘गुरु आमा’को पहिलो पोस्टर सार्वजनिक

२०८१ पुष २५ गते, बिहीबार

2022 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal