स्याङ्जामा सडक कालोपत्रेको काम तीव्र

अर्जुन काफ्ले

स्याङ्जा,१६ साउन- प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय स्याङ्जाले एकै वर्षमा ४३.२ किलो मिटर कालोपत्रे र ढलान गरेको छ । पूर्वाधारले आर्थिक वर्ष ०८०-८१ मा ३०.२ किमी कालोपत्रे र १३ किमी ढलान गरेको हो । 

यहाँको नागँडाडाँ– कार्कीनेटा दोस्रो खण्ड सडक ९.५ किमी, मिर्दी क्याक्मी भिमाद सडक १० किमी, हेलु अर्जुन चौपारी सडक ६.२ किमी कालेपत्रे गरिएको छ । यस्तै देविस्थान लामडाडाँ पोखरी कुसेचौर १.५ किमी, सेतिदोभान बरबोटर साधना सडक र सर्केटारी दामगाडे सडक सात÷सात सय मिटर, भुम्रेचोक सडक छ सय मिटर, वीरेन्द्र नगर देविस्थान र ढडुवा ठुलाडिही सडक पाँच-पाचँ सय मिटर गरी ३०.२ किमी कालोपत्रे गरेको कालोपत्रे भएको हो । 

यस्तै बहुवर्षीय सडक अन्र्तगत दामाचौर हिलामराङ सडक पाँच किमी, शुक्लागण्डकी–चिसापानी सडक तीन किमी, मर्तमास लोलुङ्गा सडक १.२ किमी, दिमीक फाट कृषि सडक पाँच सय मिटर, आमडाली थापाडाडाँ सड तीन सय मिटर सहित साना ढलान गरी १३ किमी ढलान पूर्वाधारले गरेको हो । गत वर्ष समेत ४२ किमी कालोपत्रे गरेको पूर्वाधारले आगामी आवमा धेरै सडक कालोपत्रे हुने पूर्वाधार विकास कार्यालयका प्रमुख दयाराम अधिकारीले बताउनुभयो । 

यहाँ एक निर्वाचन क्षेत्र एक कृषि सडक, एक निर्वाचन क्षेत्र एक सडक, प्रादेशिक सड गरेर एक दर्जन बहुवर्षिय योजना सम्झौता गरेर काम अगाडि बढाइएको छ भने चार वटा ठुला सडक कालोपत्रेको तयारीमा छन् । 

पूर्वाधारले आव ०८०-८१ मा कटुजे बडौचौर फलामे पुल(फेदिखोला) र केवरेखोला ढाँड झोलुङ्गे पुल)अर्जुन चौपारी) गरी दुई झोलुङ्गे पुल बनाएको छ । यस्तै गैरीघाट र रातोखोला मोटरेबल पुल (बिरुवा) राक्सेखोला (गल्याङ्ग), सिङहाले र पौवेखोला (पुतलीबजार), सेतिखोला मोटरेबल पुल) फेदिखोलामा गरी छ वटा निर्माण पूर्वाधारले तीव्र रूपमा अगाडि बढाएको छ । 

पूर्वाधार विकास कार्यालय स्याङ्जाले आव ०८०-८१ मा पुँजीगततर्फ एक अर्ब ११ करोड छ लाख ७७ हजार ९१० रुपियाँ(८०.५८ प्रतिशत) खर्च गरेको छ । पूर्वाधारले सडक तर्फ एक अर्ब एक करोड ४९ लाख एक सय(८०.२१ प्रतिशत), पुल तर्फ आठ करोड ७४ लाख ५० हजार ८५० रुपियाँ(८७.५२ प्रतिशत), भवन तर्फ ३३ लाख ७७ हजार ३८० रुपियाँ(६१.४१ प्रतिशत) र अन्य ४९ लाख ५० हजार रुपियाँ(६५.९९ प्रतिशत) प्रगति गरेको हो ।गाेप

ताजा

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

२०८३ आश्विन २५ गते, आईतवार

स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत

२०८३ आश्विन २४ गते, शनिबार

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित

२०८३ आश्विन २४ गते, शनिबार

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त

२०८३ आश्विन २३ गते, शुक्रबार

प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान

२०८३ आश्विन २३ गते, शुक्रबार

पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु

२०८३ आश्विन २३ गते, शुक्रबार

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि

२०८३ आश्विन २२ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal