शेयर मार्केटमा सुधार आए संगै ब्रोकर कार्यालय वालिङमा भिडभाड


हिमलाल पराजुली
वालिङ,१४ साउन- केही समय पहिला सुस्ताएको शेयरबजार यतिबेला जुर्मुराएको छ । लामो समयसम्म प्राय सुनसान जस्तै रहेको पुँजीबजारमा अहिले भने चहलपहल बढ्दै गएको छ ।

कोभिड-१९ पछि अर्थतन्त्रमा आएको सिथिलता संगै आर्थिक क्षोत्रमा लगानी गरेका लगानी कर्ताहरु समस्यामा परेकाथिए भने देशको समग्र अर्थतन्त्र ओरालो गतिमा लागेको थियो । देशमा अस्थिर सरकार संगै कारोबारमा आएको सिथिलतालाई नयाँ मौद्रिक नीतिले केही राहात दिएको शेयर बजारमा काम गर्नेहरुले महशुस गरेका छन् । पुँजीबजारमा आएको चहलपहल संगै आफ्नै क्षेत्रबाट शेयर मार्केटको कारोबार गर्न पाएकोमा वालिङमा रहेर शेयर मार्केटका काम गर्दै आएकाहरुलाई आफ्नै ठाउँबाट प्रिमियर सेक्युरिटीज कम्पनी प्रालि द्वारा संचालित ब्रोकर नम्बर ३२ को शाखा कार्यालय वालिङबाट कारोबार गर्न पाएपछि यस क्षेत्रबाट शेरमार्केटमा लगानी गर्दै आएकाहरुलाई थप उत्साहित बनायएको छ ।

वालिङ नगरपालिका ८ स्थित भिआइपी टोलमा रहेको प्रिमियर सेक्युरिटीज कम्पनी प्रालि द्वारा संचालित ब्रोकर नम्बर ३२ को शाखा कार्यालयमा सेवा लिन आउनेहरुको भिडभाड बढेको छ । कार्यालय संचालनमा आएको सुरुवाती चरणमा शेयरबजारका बारेमा त्यती धेरै चासो नभएपनि अहिले आएर पुँजीबजारका बोरमा चासो राखेर धेरै सेवाग्राहीहरु बुझ्नका साथै कारोबार गर्न आउने गरेको कार्यालयका प्रमुख सूर्यप्रसाद खनालले बताउनुभयो ।

स्याङ्जा जिल्लालाई मात्रै नभएर पर्वत, पाल्पा र गुल्मी जिल्लाको केही भागका जनतालाई समेत पायक पर्ने भएकोले वालिङमा कार्यालय स्थापना गरिएको बताउदै पुँजीबजारका बारेमा जिज्ञासा राखेर कार्यालयमा आउने सेवाग्राहीहरु बढ्दै गएको खनाल बताउनुहुन्छ । लामो समय देखि शेयरबजारमा कारोबार गर्दै आउनुभएका अर्जुन श्रेष्ठ वालिङमा ब्रोकर नम्बर ३२ को शाखा कार्यालय संचालनमा आएपछि शेयरमार्केटमा काम गर्नेहरुलाई निकै सहज भएको र नबुझेका कुराहरु कार्यालयमै गएर ढुक्क संग बुझेर कारोबार गर्न पाएकोमा धेरै सहज भएको बताउनुभयो ।

ब्रोकर एकाउण्ट खोल्नको लागि पोखरा बुटवल जानुपर्ने झन्भटले गर्दा पनि शेयरबजारमा कारोबार गर्न चासो नराख्नेहरुलाई वालिङ बाटै कारोबार गर्न पाइनेभएपछि यस तर्फ सर्वसाधारणहरुको समेत चासो बढ्न थालेको छ । यसैगरी शेरबजारमा चासो राख्दै आउनुभएका घनश्याम गौडेलले वालिङमा ब्रोकर कार्यालयको स्थापना भएकोले यस क्षेत्रका शेरबजारमा लगानी गर्न चाहानेहरुलाई निकै सहज भएको बताउनुभयो । गौडेलले भन्नुभयो, ‘जिल्लामै शेयरमार्केटको कारोबार गर्ने कार्यालय संचालनमा आएपछि ढुक्क भएर लगानी गर्ने वातावरण बनेको छ ।’

कार्यालयबाट सेवा प्रभाहामा जति सक्दो छिटो छरितो गर्ने गरेको, ब्रोकर खाता खोल्नुका साथै केवाइसी भरेकै दिनबाट कारोबार गर्न मिल्ने भुक्तानी तुरुन्तै ग्राहकको खातामा पठाउँने कार्यालय प्रमुख सूर्यप्रसाद खनालले जानकारी दिनुभयो । कार्यालय स्थापना भए देखि हाल सम्म १७ सय बढि सेवाग्राहीले ब्रोकर खाता खोलेको कार्यालयकी कर्मचारी मनिषा खनालले जानकारी दिनुभयो ।

कार्यालयमा दिन प्रतिदिन डिम्ट खाता खोल्नकोे लागि आउने गरेको र आइपिओ मात्र भर्ने गरेका सेवाग्राहीहरु पनि कार्यालयमा आएर शेकेण्डरी मार्केटका बारेमा चासो राखेर बुझ्ने गरेको कार्यालयकी कर्मचारी सुजना अर्यालले बताउनुभयो । केही आर्थिक क्षेत्रका बारेमा बुझ्नेहरुले मात्रै शेयर बजारका बारेमा चासो राख्ने गरेकोमा वालिङमैे प्रिमियर सेक्युरिटीज कम्पनी प्रालि द्वारा ब्रोकर नम्बर ३२ को शाखा कार्यालय संचालनमा आए संगै पुँजीबजारका बारेमा सर्वसाधारणहरुले समेत चासो राख्ने र कारोबार गर्ने गरेको पाइन्छ ।

ताजा

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

२०८३ श्रावण २८ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal