गौतम बुद्धको मावली देवदह खयरडाँडामा भेटियो प्राचीन इनार

कपिल ज्ञवाली
सिद्धार्थनगर,२५ जेठ- रुपन्देहीको देवदह नगरपालिकास्थित खयरडाडाँमा प्राचीन इनार फेला परेको छ । इट्टाको सो इनार साढे तीन फिट गहिरो छ । स्थानीयहरूले बुद्धको मावली कोलिय गणराज्यको दरबार क्षेत्र दाबी गर्दै आएको अवस्थामा इनार भेटिनुले उहाँहरुको दाबीलाई थप बल पुगेको छ ।

देवदह नगरपालिकाको आर्थिक सहयोगमा लुम्बिनी विकास कोष, पुरातत्व विभागले जेठ २४ गतेदेखि सुरु गरेको उत्खननका क्रममा पूर्ण आकारमा रहेको प्राचीन इट्टाको इनार भेटिएको हो ।

गत वर्ष लुम्बिनी विकास कोषले उत्खनन गर्दा इट्टाको माथिल्लो भाग मात्रै देखा परेको थियो । २ मिटर चौडाइ र साढे तीन फिट गहिरो इट्टाको प्राचीन इनार भेटिएको लुम्बिनी विकास कोषका वरिष्ठ पुरातत्व अधिकृत हिमालकुमार उप्रेतीले जानकारी दिनुभयो । ‘‘गत वर्ष इनारको माथिल्लो भाग मात्रै भेटिएको थियो, यो वर्ष इनारको बेस (तल्लो भाग) सम्म जाने योजना अनुसार उत्खनन गर्दा इनारको पूर्ण आकार भेटिएको छ ।,’’ उप्रेतीको भनाइ छ ।

उहाँका अनुसार प्राचीन इनार भए पनि कुन समयको भन्ने कुरा कार्बनडेटिङपछि मात्रै थाहा हुनेछ । इनारको दक्षिणतर्फ प्राचीन पर्खालहरू भग्नावशेषहरू भेटिएको उप्रेतीले बताउनुभयो । उत्खननका क्रममा खयरडाँडा क्षेत्रमा माटाका भाडा, प्राचीन इट्टा लगाइएको पर्खालका भग्नाअवशेषहरू भेटिएको  छ । स्थानीयहरूले पुरातात्विक स्थल भन्ने थाहा नहुँदै इट्टाहरू लगेको र त्यसरी इट्टा निकाली खाडल बनेका संरचनाहरू देखिएको उप्रेतीले बताउनुभयो ।

बुद्धको मावली कहाँ हो भन्नेबारेमा अहिले नै निर्क्यौल गर्न नसक्ने बताउँदै पुरातात्विक उत्खनन र अन्वेषण अझै बढाउनुपर्ने उहाले बताउनुभयो । रोहिणी पूर्वका नागरिकहरूले देवदहवासीका रुपमा भन्न मिल्ने उप्रेतीले बताउनुभयो । तर, बुद्धका समय र त्यो भन्दा अगाडिका माटाका भाँडा, टुक्राहरू पण्डितपुरमा भेटिएको छ ।

रुपन्देही देवदहका स्थानीयहरूले भने बुद्धको मावली देवदहको दरबार नै यहाँ रहेको दाबी गर्दै आएका छन् । प्राचीन कोलिय राज्यका क्षेत्रहरूमा निरन्तर उत्खनन अध्ययनको आवश्यकता रहेको पुरातत्व विभागका अधिकृत राजेश परियारले बताउनुभयो । उहाले खयरडाँडामा उत्खननबाट प्राप्त ऐतिहासिक तथ्य र प्रमाणलाई अध्ययन गरी आगामी दिनमा थप कदमहरू अगाडि बढाउने बताउनुभयो ।

लुम्बिनी विकास कोषका पुरातत्व महाशाखा प्रमुख वरिष्ठ पुरातत्व अधिकृत हिमाल उप्रेतीको नेतृत्वमा पुरातत्व अधिकृत राजेश परियार, लुम्बिनी विकास कोषका नमराज अधिकारी, चन्द्रप्रकाश पाठक, अन्तरहुसेन मुसलमान र विज्ञका रुपमा शुभेच्छा पोख्रेल उत्खननमा खटिनुभएको छ । यो उत्खनन आगामी अझै एक महिना चल्ने छ ।

देवदह नगरपालिका–९ स्थित खयरडाँडामा क्षेत्रमा देवदह नगरपालिकाको १० लाख बजेटबाट अहिले उत्खनन गरिएको हो । स्थानीय पालिकाले साझेदारीमा उत्खनन गरेको यो पहिलो रहेको बताइएको छ ।स्रोतःगोप

ताजा

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

२०८३ आश्विन १ गते, बिहीबार

ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’

२०८३ भाद्र ३१ गते, बुधबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal