पञ्चमुलमा लालिगुराँस पार्क बन्दै
अर्जुन काफ्ले
स्याङ्जा,२५ जेठ- आँधिखोला गाउँपालिका –१ को पञ्चमुल सामुदायिक वनमा लालिगुराँस पार्क निर्माण थालिएको छ । वडा कार्यालयको पहलमा डिभिजन वन कार्यालय स्याङ्जाले राष्ट्रिय फूल लालिगुराँसका बिरुवा रोपेर पार्क बनाउने काम थालिएको हो ।
दुईसय हेक्टरमा फैलिएको पञ्चमुल सामुदायिक वनको १० हेक्टरमा लालिगुराँस पार्क बनाइने छ । वडा अध्यक्ष पवन काजी अधिकारीले सामुदायिक वनको दुई हेक्टर जमिनमा पहिलो चरणमा तीनसय लालिगुराँसका बिरुवा रोपण थालिएको बताउनुभयो ।
देशकै पहिलो घरबास शिरुबारी यही पर्छ बताउँदै अधिकारीले थप पर्यटकीय तथा मनोरम बनाउने उद्देश्यले लालिगुराँस पार्क बनाउने अभियान सुरु गरिएको बताउनुभयो ।
पाँच बर्षमा सक्नेगरी पार्क निर्माणको काम अघि बढेको बताउँदै उहाँले एक हजार पाँचसय लालिगुराँसका बिरुवा रोपिने बताउनुभयो । पार्कलाई मनोरम बनाउने उद्देश्यले छेउछाउमा स्थानीय मलाहाँ तथा १५० वटा गुलमहर र १५० कल्की फूल तथा टिमुर र अमला समेत रोपण गरिने उहााको भनाइ छ ।
वडाले पर्यटकीय गन्तब्य बनाउने चाहना देखाएपछि कार्यालयमा रहेको बिरुवा उपलब्ध गराएको डिभिजन वन कार्यालयका प्रमुख नवराज बरालले बताउनुभयो । उहाँले राम्रो सोच बनाएर आउने जोकोहीलाई बिरुवा सहयोग गर्न वन कार्यालय तयार रहेको बरालले बताउनुभयो ।
बिरुवा रोप्ने काम सामुदायिक वनका उपभोक्ताले गर्नेछन् भने संरक्षण माजुभञ्ज्याङ्ग युवा क्लबले गर्ने उहाँको भनाइ छ । पहिलो चरणमा सामुदायिक वनको बिचमा पैदल मार्ग, पोखरी र चौतारी निर्माण गरिएको छ उहाँले बताउनुभयो । संरचना निर्माणमा वन मन्त्रालयले पाँच लाख खर्च गरेको छ ।
गाउँपालिकाले पर्यटन बोर्डको सहयोगमा २७ लाखमा माजुभञ्ज्याङ्गबाट गोरुजुरे हुदै डहरे देउरालीसम्म साइकल ल्याण्ड बनाउने काम अगाडि बढाएको छ । लालिगुराँस पार्क पञ्चमुलबासीको चिनारी हुने बताउँदै वन समितिका अध्यक्ष गोपाल गुरुङले डढेलो लगायतबाट पार्कलाई बचाउनु पर्ने बताउनुभयो ।


ताजा
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया
२०८३ आश्विन २५ गते, आईतवार





















