पञ्चमुलमा लालिगुराँस पार्क बन्दै

अर्जुन काफ्ले 

स्याङ्जा,२५ जेठ- आँधिखोला गाउँपालिका –१ को पञ्चमुल सामुदायिक वनमा लालिगुराँस पार्क निर्माण थालिएको छ । वडा कार्यालयको पहलमा डिभिजन वन कार्यालय स्याङ्जाले राष्ट्रिय फूल लालिगुराँसका बिरुवा रोपेर पार्क बनाउने काम थालिएको हो ।

दुईसय हेक्टरमा फैलिएको पञ्चमुल सामुदायिक वनको १० हेक्टरमा लालिगुराँस पार्क बनाइने छ । वडा अध्यक्ष पवन काजी अधिकारीले सामुदायिक वनको दुई हेक्टर जमिनमा पहिलो चरणमा तीनसय लालिगुराँसका बिरुवा रोपण थालिएको बताउनुभयो ।

देशकै पहिलो घरबास शिरुबारी यही पर्छ बताउँदै अधिकारीले थप पर्यटकीय तथा मनोरम बनाउने उद्देश्यले लालिगुराँस पार्क बनाउने अभियान सुरु गरिएको  बताउनुभयो । 

पाँच बर्षमा सक्नेगरी पार्क निर्माणको काम अघि बढेको बताउँदै उहाँले एक हजार पाँचसय लालिगुराँसका बिरुवा रोपिने बताउनुभयो । पार्कलाई मनोरम बनाउने उद्देश्यले छेउछाउमा स्थानीय मलाहाँ तथा १५० वटा गुलमहर र १५० कल्की फूल तथा टिमुर र अमला समेत रोपण गरिने उहााको भनाइ छ । 

वडाले पर्यटकीय गन्तब्य बनाउने चाहना देखाएपछि कार्यालयमा रहेको बिरुवा उपलब्ध गराएको डिभिजन वन कार्यालयका प्रमुख नवराज बरालले बताउनुभयो । उहाँले राम्रो सोच बनाएर आउने जोकोहीलाई बिरुवा सहयोग गर्न वन कार्यालय तयार रहेको बरालले बताउनुभयो ।

बिरुवा रोप्ने काम सामुदायिक वनका उपभोक्ताले गर्नेछन् भने संरक्षण  माजुभञ्ज्याङ्ग युवा क्लबले गर्ने उहाँको भनाइ छ । पहिलो चरणमा सामुदायिक वनको बिचमा पैदल मार्ग, पोखरी र चौतारी निर्माण गरिएको छ उहाँले बताउनुभयो । संरचना निर्माणमा वन मन्त्रालयले पाँच लाख खर्च गरेको छ । 

गाउँपालिकाले पर्यटन बोर्डको सहयोगमा २७ लाखमा माजुभञ्ज्याङ्गबाट गोरुजुरे हुदै डहरे देउरालीसम्म साइकल ल्याण्ड बनाउने काम अगाडि बढाएको छ । लालिगुराँस पार्क पञ्चमुलबासीको चिनारी हुने बताउँदै वन समितिका अध्यक्ष गोपाल गुरुङले डढेलो लगायतबाट पार्कलाई बचाउनु पर्ने बताउनुभयो । 

ताजा

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

२०८३ श्रावण २८ गते, बिहीबार

पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे

२०८३ श्रावण २५ गते, सोमबार

जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग

२०८३ श्रावण २४ गते, आईतवार

कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित

२०८३ श्रावण २१ गते, बिहीबार

बिरुवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

२०८३ श्रावण २१ गते, बिहीबार

स्याङ्जामा सामाजिक सद्भाव र्‍याली

२०८३ श्रावण १७ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal