चामेमा जीर्ण काठेपुल हटाएर नयाँ बनाइँदै

मनाङ,२५ जेठ- मनाङको डुम्रे–बेँसीसहर–चामे सडक माथिल्लो मनाङ, तिलिचो ताल, खाङ्सार, थोराङ्ला भञ्ज्याङ ९थोराङ्ला पास० आवतजावत गर्ने एकमात्र मार्ग हो । सडक निर्माण भएको लामो समय भइसकेको छ तर यस सडकमा रहेका खोला, खोल्सी पार गर्न काठेपुलकै भर पर्नुपरेको छ । यी पुल पनि जीर्ण बन्दै गएपछि आवतजावतमा समस्या छ । 

डुम्रे–बेँसीसहर–चामे सडक आयोजना कार्यालयका अनुसार सदरमुकाम चामेमा मात्रै चार ठाउँमा काठेपुल छन् । अरु बेला कामचले पनि वर्षायाममा भने जोखिमपूर्ण यात्रा गर्नुपरेको छ । चामे–१ तिमाङस्थित तिमाङखोलामा, चामे–२ स्थित स्यार्कुखोला, चामे–४ स्थित दुईवटा घट्टेखोलामा काठेपुल नै आवतजावत गर्ने विकल्पका रूपमा छन् । 

आयोजना कार्यालयका सबइन्जिनीयर सुमन अधिकारीले बर्खा लाग्न थालेपछि चामेको दुईवटा घट्टेखोलामा नयाँ काठेपुल निर्माणकार्य अगाडि बढाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “पक्की मोटरेबल पुल निर्माण गर्न समय लाग्ने भएपछि वर्षात्मा सहज बनाउने उद्देश्यले नयाँ काठेपुल बनाइरहेका छौँ ।” काठेपुल हटाएर पक्की पुल निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर०का लागि सम्झौता भएको उहाँले जानकारी दिनुभयो । “यस सडकखण्डअन्तर्गत १५ वटा पुल निर्माणका लागि डिपिआर भएको छ । बजेट प्राप्त भएपछि बोलपत्र आह्वान गरी काम अगाडि बढाउने तयारी छ । त्यसपछि काठेपुल विस्थापन हुनेछन्”, अधिकारीले अगाडि भन्नुभयो । 

चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले दीर्घकालीनरूपमा समस्या समाधान हुने गरी पक्की पुल निर्माणका लागि आयोजनासँग पटकपटक समन्वय गरिएको बताउनुभयो । “हरेक वर्ष बर्खा लागेपछि काठका पुल बाढीले बगाएर आवतजावत नै रोकिने समस्या हुन्छ । एउटा काठेपुल निर्माणका लागि वर्षेनी रु पाँच÷सात लाख खर्च गर्नुभन्दा छिटो पक्की पुल बनाउनुपर्छ भनेर हामीले पटकपटक आग्रह गरिसकेका छौँ । समयमै पुल बनेमा अन्य ठाउँमा उपयोग हुने बजेट काठेपुललाई छुट्याउनुपर्ने बाध्यता हट्थ्यो नि१ त्यसैले आयोजनाले यसमा यथाशीघ्र पहलकदमी लिन आवश्यक छ”, अध्यक्ष घलेको आग्रह छ । उहाँले  पालिका एक्लैले ठूला योजना पूरा गर्न नसक्ने भएकाले सङ्घ र प्रदेश सरकारले समस्या समाधान गर्नुपर्छ भनेर छलफल तथा समन्वय भइरहेको बताउनुभयो । 

मनाङ पर्यटकीय क्षेत्रसमेत भएकाले यहाँ आउनेहरूले यही सडक प्रयोग गर्दछन् सडकमा काठेपुलमात्रै हुँदा सवारीसाधन आवतजावतमा कठिनाइ छ । सडक खण्डका नौवटा काठेपुलको यात्रा गरेर तिलिचो ताल, थोराङ्ला भञ्ज्याङ पार गर्नुपर्ने भएकाले बाढीको समयमा यात्रा गर्न कठिन हुने गरेको छ ।

प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सुवासकुमार लामिछानेले यही समस्या समाधानका लागि सडक आयोजनासँग पुल निर्माणबारे छलफल गरी पुल निर्माणकार्य अगाडि बढेको बताउनुभयो । पर्यटकीय क्षेत्रमा नै पुलको अभाव हुँदा हुने जोखिमलाई मध्यनजर गरी पुल निर्माणलाई प्राथमिकतामा राख्न आग्रह गरिएअनुरुप काम अगाडि बढेको उहाँले बताउनुभयो । “सधैँ काठेपुलबाट यात्रा गर्न सजिलो हुँदैन । यस विषयमा छलफल हुँदा पक्की पुल नबनेसम्म जीर्ण बनेका काठेपुल मर्मत गरेर समस्या समाधान गरिनुपर्छ भनेर केही काम अगाडि बढेका छन्”, प्रजिअ लामिछानेले भन्नुभयो,“पटकपटकको छलफलपछि अहिले पुल निर्माणको काम भइरहेकाले यस वर्ष वर्षायाममा सहज यात्रा गर्ने वातावरण बन्ने छ । पक्की पुलको काम पनि छिटो अगाडि बढाउन आयोजनाले तयारी गरिरहेको बुझिएको छ , त्यसपछि मात्र समस्याको दीर्घकालीन समाधान हुनेछ ।” रासस

ताजा

फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १९ गते, शुक्रबार

फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १९ गते, शुक्रबार

भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न

२०८३ असार १९ गते, शुक्रबार

बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १८ गते, बिहीबार

कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा

२०८३ असार १८ गते, बिहीबार

व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली

२०८३ असार १८ गते, बिहीबार

वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न

२०८३ असार १७ गते, बुधबार

वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित

२०८३ असार १६ गते, मंगलवार

२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)

२०८३ असार १५ गते, सोमबार

मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह

२०८३ असार १५ गते, सोमबार

जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते

२०८३ असार १२ गते, शुक्रबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal