यो गठबन्धन आउने निर्वाचनसम्मै जान्छ : अध्यक्ष ओली
शालिग्राम नेपाल
चितवन,२५ जेठ- नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सभ्य राजनीति गर्न बिपक्षी दललार्इ अनुरोध गर्नु भएको छ । भरतपुर विमानस्थलमा शुक्रबार सन्चारकर्मी सङ्ग कुरा गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
अनावश्यक रुपमा विवादमा तान्न बिपक्षी दलले प्रयास गरेको भन्दै सभ्य रुपमा राजनीति गर्न उहाँले अनुरोध गर्नुभयो । झापाको गिरिबन्धु टि स्टेटको जग्गा विवादमा सम्लग्नताको विषयमा पत्रकारले सोधेको जवाफमा अध्यक्ष ओलीले सभ्य राजनीति गर्न अनुरोध गर्नुभयो ।
अध्यक्ष ओलीले अहिलेको गठबन्धन भत्काउन धेरै प्रयास भइरहेको भन्दै कुनै पनि हालतमा नभत्कने बताउनुभयो । उहाँले भन्नुभयो, “गठबन्धन भत्कदैन, अर्को गठबन्धन बनाउँदैमा कायापलट हुने होइन । त्यस्तो कसैले नचिताए हुन्छ । आउने निर्वाचनसम्म यो गठबन्धन जान्छ ।”
उहाँले भारतीय प्रधानमन्त्रीको शपथ ग्रहण कार्यक्रममा देशको प्रधानमन्त्री जाने परम्परा पुरानो भएको बताउनुभयो । आफू प्रधानमन्त्री हुँदा समेत गएको, सुशील कोइराला पनि जानु भएको स्मरण गर्नुभयो ।
सरकारको बजेट अझ राम्रो हुनुपर्छ, कार्यान्वयनको पक्ष बलियो हुनुपर्छ भन्ने धारणा एमालेको रहेको बताउनुभयो । बजेटका विषयमा अनेक टिप्पणी बिपक्षीले गरेको र एमालेले आलोचना गरेको भनी प्रचार भएकोमा उहाँले भन्नुभयो, “थप राम्रो बनाउनुपर्छ, परिमार्जन गर्न सक्ने ठाउँमा परिमार्जन गर्नुपर्छ भन्ने सुझाव नराम्रो हो र ?”
अध्यक्ष ओलीले राजदुत फिर्ता बोलाउनु सरकारको नियमित कार्यक्रम भएको बताउनुभयो । यसमा आफ्नो कुनै टिप्पणी नभएको बताउनुभयो । उहाँले शिक्षा मन्त्रीको विषयमा आफुले कुनै टिप्पणी नगरेको र आफुले राखेको धारणा कसैसङ मेल खाएको हुन सक्ने बताउनुभयो । एमाले चितवनको नवनिर्वाचित कमिटीको शपथ ग्रहण कार्यक्रमका लागि अध्यक्ष ओली चितवन आउनुभएको छ ।
ताजा
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
२०८३ आश्विन २५ गते, आईतवार
स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत
२०८३ आश्विन २४ गते, शनिबार
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
२०८३ आश्विन २४ गते, शनिबार
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त
२०८३ आश्विन २३ गते, शुक्रबार
प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान
२०८३ आश्विन २३ गते, शुक्रबार
पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु
२०८३ आश्विन २३ गते, शुक्रबार





















