समाचार प्रभाव: आज बाह्रबिसे मेला लाग्ने, तयारी पुरा

वालिङ,५ वैशाख- आज रामनवमी चैते दसैंकाे अवसरमा वालिङ नगरपालिका वडा नम्बर १३ बाह्रबिसेमा बाह्रबिसे मेला (बजार) लाग्ने भएकाे छ। प्रतेक वर्ष रामनवमीकाे दिनमा लाग्दै आएकाे बाह्रबिसे बजार (मेला)  देशमा काेराेनाकाे महामारी संगै राेकिएकाे थियाे। याे वर्ष भने स्थानीय युवाहरुकाे पहल र निरन्तरकाे पहलका बारेमा परम्परा र संस्कृतिकाे संरक्षणका लागि गण्डकी समाचार डटकमले निरन्तर समाचार संप्रेषण गर्दै आएपछि समाचार संप्रेषणले युवाहरुलाई थप उत्साहित बनाएकाे थियाे। 

मेलाकाे लागि वालिङ नगरपालिका वडा नमवर १३ वडा कार्यालयले स्टल निर्माणकाे लागि लाग्ने खर्च उपलब्ध गराउने भएकाे छ भने मेलाकाे ब्यवस्थापनकाे जिम्मा स्थानीय पहेले युथ क्लवलाई दिइएकाे वडा अध्यक्ष नमलाल डुम्रेले बताउनुभयाे। 

परम्परा संगै संस्कृतिकाे संरक्षणकाे लागि वडाले सहयाेग गरेकाे अध्यक्ष डुम्रेले जानकारी दिनुभयाे। पहेले युथ क्लवकाे ब्यवस्थापनमा हुन लागेकाे मेलाकाे लागि १५ ओटा स्टल तयार गरिएकाे र मेलाकाे सम्पूर्ण तयारी पूरा भएकाे मेलाकाे लागि निरन्तर पहल गर्दै आउनुभएका अर्जुन गाैतमले जानकारी दिनुभयाे। लामाे समयपछि लाग्ने बाह्रिसे बजारले सर्वसाधरणमा मनाेरञ्जन प्रदान गर्नुका साथै एक दिन भएपनि व्यापार ब्यावसाय गर्ने थप अवसर मिल्नेछ। 

ताजा

वालिङमा तीन पत्रकार सामानित

२०८२ बैशाख ६ गते, शनिबार

वालिङमा तीन पत्रकार सामानित

२०८२ बैशाख ६ गते, शनिबार

शिक्षकलाई विद्यालय फर्काउ

२०८२ बैशाख २ गते, मंगलवार

स्थानीय तहको सेवा प्रवाहमा प्रश्न

२०८१ चैत्र ३१ गते, आईतवार

महिलालाई उत्पादनमा जोड्न बाख्रा वितरण

२०८१ चैत्र ३१ गते, आईतवार

सिद्धार्थ राजमार्गकाे स्तरउन्नती हुन्छः अर्थमन्त्री पाैडेल

२०८१ चैत्र ३० गते, शनिबार

वरिष्ठ पत्रकार भैरव रिसालको निधन

२०८१ चैत्र २५ गते, सोमबार

बाह्रविशे मेला सम्पन्न, दर्शककाे उत्साहाजनक सहभागिता

२०८१ चैत्र २४ गते, आईतवार

आज बाह्रविशे मेला, तयारी पुरा

२०८१ चैत्र २४ गते, आईतवार

गह्राैसुर मन्दिरमा दर्शनकाे लागि लाम्वद्ध भक्तजन

२०८१ चैत्र २३ गते, शनिबार

ग्रामीण स्वावलम्बन साना किसान कृषि सहकारी, गण्डकी प्रदेश मै उत्कृष्ठ घोषणा

२०८१ चैत्र २३ गते, शनिबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal