बस बाट खसेर विद्यार्थीकाे मृत्यु

वालिङ,३ वैशाख- बस बाट खसेर एक विद्यार्थीको मृत्यु भएको छ ।
वालिङ नगरपालिका वडा नम्बर १३ बायाँटारीमा लु १ ख ६८९७ नम्बरको बसबाट खसेर परीक्षा दिएर डेरा तर्फ फर्किदै गरेका विद्यार्थी अमित शाहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाकाले जनाएकाे छ।
सर्लाहीको मलङ्गवा नगरपालिका वडा नम्बर ६ घर भई वालिङ नगरपालिका १ स्थित रणवीर जनहित मावि खहरेमा ईलेक्ट्रिक ईन्जिनियरिङ अध्ययनरत २० वर्षीय शाहकाे बुटवलबाट पाेखरा जाँदै गरेकाे बासकाे ढाेकाबाट सिद्धार्थ राजमार्गकाे बायाँटारीमा बसको ढोकाबाट खस्दा सोही बसको टायरले किचेको प्रहरीले जनाएको छ ।
मृतक शाह वालिङ बायाँटारी स्थित भूपू सैनिक मावि केन्द्रबाट परीक्षा दिएर फर्कँदै गरेका थिए ।
घटनाकाे बारेमा अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी निरीक्षक पावल सिंह लामाले जानकारी दिनुभयाे ।
ताजा

वालिङमा तीन पत्रकार सामानित
२०८२ बैशाख ६ गते, शनिबार
वालिङमा तीन पत्रकार सामानित
२०८२ बैशाख ६ गते, शनिबार
शिक्षकलाई विद्यालय फर्काउ
२०८२ बैशाख २ गते, मंगलवार
स्थानीय तहको सेवा प्रवाहमा प्रश्न
२०८१ चैत्र ३१ गते, आईतवार
महिलालाई उत्पादनमा जोड्न बाख्रा वितरण
२०८१ चैत्र ३१ गते, आईतवार
सिद्धार्थ राजमार्गकाे स्तरउन्नती हुन्छः अर्थमन्त्री पाैडेल
२०८१ चैत्र ३० गते, शनिबार
वरिष्ठ पत्रकार भैरव रिसालको निधन
२०८१ चैत्र २५ गते, सोमबार
बाह्रविशे मेला सम्पन्न, दर्शककाे उत्साहाजनक सहभागिता
२०८१ चैत्र २४ गते, आईतवार
आज बाह्रविशे मेला, तयारी पुरा
२०८१ चैत्र २४ गते, आईतवार
गह्राैसुर मन्दिरमा दर्शनकाे लागि लाम्वद्ध भक्तजन
२०८१ चैत्र २३ गते, शनिबार