यश पालि लाग्लाकी के गर्ला बाह्रबिसे मेला
वालिङ,३ वैशाख- प्रतेक वर्ष राम नवमीकाे दिनमा लाग्दै आएकाे बाह्रबिसे बजार (मेला) यश पालि लाग्लाकी के हाेला भन्ने स्थानीयकाे जिज्ञासा बढ्दै गएकाे छ। वालिङ नगरपालिका वाडा नम्बर १३ काे बाह्रबिसे फाटमा लाग्ने बाह्रबिसे बजार केही वर्ष देखि लाग्न छाडेकाे छ। काेभिड-१९ काे संक्रमण देशमा देखिए संगै लाग्न छाडेकाे बाह्रबिसे बजार काेभिड- १९ काे प्रकाेप कम हुँदै जादा समेत सुरु हुन नसकेकाे वालिङ नगरपालिका वडा नम्बर १३ पाठेखाेलाका स्थानीय युवा अर्जुन गाैतमले बताउनुभयाे। पहिले देखि चल्दै आएकाे परम्परा जाेगाउन सबै लाग्नुपर्ने गाैतम बताउनुहुन्छ।
गाउँगाउँबाट मेला हेर्न आउने बाह्रबिसे बाजारलाई पुन सञ्चालन गरेर पहिले देखि चल्दै आएकाे परम्परा संरक्षणमा सबैले चासाे राख्नुपर्ने गाैतमकाे भनाइ रहेकाेछ।
बाह्रबिसे बजारमा मेला भर्नका लागि हालकाे वालिङ नगरपालिकाकाे ९ नम्बर वडा, १० नम्बर वडा,१२ नम्बर वडा, १३ नम्बरका साथै १४ नम्बर र आसपासका गाउँबस्तिहरुबाट स्थानीय बासिन्दा आउने गर्थे। मेला भर्न आउनेहरुले माटाेबाट बनेका सामग्रीहरु हाडी,घैटाे लगायतका घरयासी प्रयाेजनका लागि आवश्यक पर्ने समग्रीकाे किनमेल गर्नुका साथै स्थानीयले आफुले उत्पादन गरेका वस्तुहरु मेलामा ल्याएर बिक्रि गरेर आम्दानी गर्ने एउटा अवसरकाे रुपमा रहेकाे बाह्रबिसे बजार याे वर्षबाट पुन लागे परम्परालाई जाेगाइ राख्न अवश्य सहयाेग पुग्नेछ।
ताजा
स्याङ्जामा साधु मृत फेला
२०८३ भाद्र २२ गते, सोमबार
स्याङ्जामा साधु मृत फेला
२०८३ भाद्र २२ गते, सोमबार
स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन
२०८३ भाद्र २२ गते, सोमबार
नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान
२०८३ भाद्र २१ गते, आईतवार
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार





















