चापाकाेट महोत्सवको तयारी अन्तिम चरणमा, कानून मन्त्री गुरुङले उद्घाटन गर्ने

गोपाल जिटी

वालिङ,२ फागुन-“हाम्रो शान, हाम्रो मान, सुन्दर नगर हाम्रो पहिचान” भन्ने मूल नारासमिहत स्याङ्जाको चापाकोटमा दोस्रो चापाकोट महोत्सव २०८० हुँदैछ । चापाकोट उद्योग वाणिज्य संघले आयोजना गर्ने महोत्सवको उद्घाटन नेपाल सरकारका कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले गर्नुहुने भएको छ । 

यही फागुन ३ देखि १३ गतेसम्म चापाकोट ९ को गङ्गालान मावि खेलमैदानमा सञ्चालन हुने महोत्सवको नेपाल सरकारका कानून न्याय तथा संसदीय मामिला मन्त्री गुरुङले उद्घाटन गर्ने आयोजक चापाकोट उद्याेग वाणिज्य संघका अध्यक्ष निर्मल रानाले जानकारी दिनुभयो ।

२०७५ सालमा पहिलो महोत्सव आयोजना गरेको संघले ५ वर्षपछि दोस्रो महोत्सव सञ्चालन गर्न लागेकाे हो । कोरोना महामारी तथा आर्थिक शिथिलतालगायतका कारण मेला महोत्सव गर्ने वातावरण बनेको थिएन, समय अनुकुलतालाई हेरेर अहिले दोस्रो संस्करणको महोत्सव सञ्चालन गर्न लागिएको अध्यक्ष रानाले बताउनुभयो । 

महोत्सवमा कृषिजन्य उत्पादन, हस्तकला सामग्री, सूचना प्रविधि, बाल उद्यान, शैक्षिक प्रदर्शनी एवम् फेन्सी आइटमका पसलहरु रहने छन् । यसकासाथै विविध प्रतियोगितात्मक कार्यक्रमहरुकोसाथमा राष्ट्रिय कलाकारहरुको दैनिक प्रस्तुति हेर्न पाइने महोत्सवका सूचना तथा सञ्चार उप समितिका संयोजक गोपीकृष्ण रेग्मीले बताउनुभयो ।

विविध प्रतियोगितात्मक कार्यक्रमहरुमा लोक भजनगीत, रत्यौलीगीत, वक्तृत्वकला, चापाकोट डान्स आइडललगायतका प्रतियोगिताहरु हुनेछन् भने साथमा विद्यालय स्तरीय नृत्य प्रदर्शन रहने छ । यसकासाथै कालिगण्डकीमा ¥याफ्टिङ सञ्चालन, हेलिकप्टर उडान र प्याराग्लाइडिङमार्फत पुष्पवृष्टि गरिने छ ।

यही फागुन १३ गतेसम्म सञ्चालन हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेकोसमेत महोत्सव अनुगमन तथा मूल्याङ्कन उपसमितिका संयोजक मिरा अर्यालले बताउनुभयो । 

ताजा

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

२०८३ आश्विन १ गते, बिहीबार

ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’

२०८३ भाद्र ३१ गते, बुधबार

आज ऋषि पञ्चमी मनाइँदै 

२०८३ भाद्र ३० गते, मंगलवार

सूर्योदय वोमी लघुवित्तद्वारा भाेटेकाेशी बाढीपीडितका लागि २५ लाख ६५ हजार सहयोग

२०८३ भाद्र २७ गते, शनिबार

चुनौतीका बीच बाल गृह सञ्चालन हुनु प्रशंसनीय : पूर्वमन्त्री गुरुङ

२०८३ भाद्र २७ गते, शनिबार

भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

२०८३ भाद्र २६ गते, शुक्रबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal