वालिङ महोत्सवमा नव प्रतिभालाई अवसर
गाेपाल जिटी
वालिङ,१३ माघ- यही माघ १८ देखि २८ गतेसम्म वालिङ खेलमैदानमा आठौं वालिङ महोत्सव हुँदैछ । समग्र वालिङकै महान पर्वकारुप हेरिएको महोत्सवमा नव प्रतिभालाई अवसर प्रदान गरिने सांस्कृतिक उप समितिका संयोजक खगेन्द्र प्रसाद अर्यालले जानकारी दिनुभयने।
आयोजक वालिङ उद्योग वाणिज्य संघका उपाध्यसमेत रहनुभएका अर्यालले आठौं संस्करणको महोत्सवमा डान्स आइडल सिजन थ्री आयोजना गरेर नव प्रतिभाशाली भाइबहिनीहरुलाई अवसर प्रदान गरिएको बताउनुभयाे।
सांस्कृतिक उपसमितिका संयोजक अर्यालका अनुसार जिल्लाका पाँचवटा नगरपाकिाका भाई बहिनीहरुको सहभागितामा डान्स आइडल सिजन थ्री प्रतियोगिता सञ्चालन गरिने छ । यसका लागि भीरकोट, पुतलीबजार, चापाकोट र गल्याङ नगरपालिकामा छनौट प्रकृया सम्पन्न भैसकेको छ भने वालिङमा शुक्रबार अडिसन राउण्ड सम्पन्न गरिएको छ । उद्योग वाणिज्य संघ रहेका पालिकाहरुबाट छनौट गरी प्रतियोगितामा सहभागी गराइने कार्यक्रम अनुसार अडिसन राउण्ड सञ्चालन गरिएको हो ।
योसँगै लोक भजन प्रतियोगिता महोत्सवमा सञ्चालन गरिने सांस्कृतिक संयोजक अर्यालले जानकारी दिनुभयाे। लोक भजन गीत, नव प्रतिभाहरुको सहभागितामा हुने डान्स आइडल र रत्यौलीगीतका प्रतियोगितात्मक कार्यक्रम यस पटकको महोत्सवमा दैनिक अवलोकन गर्न सकिने छ । तीन वटै विधाका प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः ३० हजार, २० हजार, १५ हजार र १० हजारका दरले नगदसहित प्रमाणपत्र प्रदान गरिने छ । यसरी विगतमा भन्दा भिन्न र नयाँ तरिकाले आठौं संस्करणको महोत्सव सञ्चालन गरिनेछ भने यसकासाथै बहुचर्चित राष्ट्रिय कलाकारहरुको विशेष प्रस्तुति दैनिकरुपमा रहने आयाेजक वालिङ उद्याेग वाणिज्य संघले जनाएकाे छ।


ताजा
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु
२०८३ आश्विन १ गते, बिहीबार
वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
२०८३ आश्विन १ गते, बिहीबार
ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’
२०८३ भाद्र ३१ गते, बुधबार
आज ऋषि पञ्चमी मनाइँदै
२०८३ भाद्र ३० गते, मंगलवार
सूर्योदय वोमी लघुवित्तद्वारा भाेटेकाेशी बाढीपीडितका लागि २५ लाख ६५ हजार सहयोग
२०८३ भाद्र २७ गते, शनिबार
चुनौतीका बीच बाल गृह सञ्चालन हुनु प्रशंसनीय : पूर्वमन्त्री गुरुङ
२०८३ भाद्र २७ गते, शनिबार
भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार
२०८३ भाद्र २६ गते, शुक्रबार





















