वालिङ महोत्सवमा नव प्रतिभालाई अवसर

गाेपाल जिटी
वालिङ,१३ माघ- यही माघ १८ देखि २८ गतेसम्म वालिङ खेलमैदानमा आठौं वालिङ महोत्सव हुँदैछ । समग्र वालिङकै महान पर्वकारुप हेरिएको महोत्सवमा नव प्रतिभालाई अवसर प्रदान गरिने सांस्कृतिक उप समितिका संयोजक खगेन्द्र प्रसाद अर्यालले जानकारी दिनुभयने।
आयोजक वालिङ उद्योग वाणिज्य संघका उपाध्यसमेत रहनुभएका अर्यालले आठौं संस्करणको महोत्सवमा डान्स आइडल सिजन थ्री आयोजना गरेर नव प्रतिभाशाली भाइबहिनीहरुलाई अवसर प्रदान गरिएको बताउनुभयाे।
सांस्कृतिक उपसमितिका संयोजक अर्यालका अनुसार जिल्लाका पाँचवटा नगरपाकिाका भाई बहिनीहरुको सहभागितामा डान्स आइडल सिजन थ्री प्रतियोगिता सञ्चालन गरिने छ । यसका लागि भीरकोट, पुतलीबजार, चापाकोट र गल्याङ नगरपालिकामा छनौट प्रकृया सम्पन्न भैसकेको छ भने वालिङमा शुक्रबार अडिसन राउण्ड सम्पन्न गरिएको छ । उद्योग वाणिज्य संघ रहेका पालिकाहरुबाट छनौट गरी प्रतियोगितामा सहभागी गराइने कार्यक्रम अनुसार अडिसन राउण्ड सञ्चालन गरिएको हो ।
योसँगै लोक भजन प्रतियोगिता महोत्सवमा सञ्चालन गरिने सांस्कृतिक संयोजक अर्यालले जानकारी दिनुभयाे। लोक भजन गीत, नव प्रतिभाहरुको सहभागितामा हुने डान्स आइडल र रत्यौलीगीतका प्रतियोगितात्मक कार्यक्रम यस पटकको महोत्सवमा दैनिक अवलोकन गर्न सकिने छ । तीन वटै विधाका प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः ३० हजार, २० हजार, १५ हजार र १० हजारका दरले नगदसहित प्रमाणपत्र प्रदान गरिने छ । यसरी विगतमा भन्दा भिन्न र नयाँ तरिकाले आठौं संस्करणको महोत्सव सञ्चालन गरिनेछ भने यसकासाथै बहुचर्चित राष्ट्रिय कलाकारहरुको विशेष प्रस्तुति दैनिकरुपमा रहने आयाेजक वालिङ उद्याेग वाणिज्य संघले जनाएकाे छ।


ताजा

test
२०८२ जेष्ठ ५ गते, सोमबार
test
२०८२ जेष्ठ ५ गते, सोमबार
प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना
२०८२ बैशाख २४ गते, बुधबार
धर्मले समाजलाई अनुशासित बनाउँछ: पूर्व मन्त्री अर्याल
२०८२ बैशाख २३ गते, मंगलवार
पूर्वमन्त्री प्रदीप नेपालको निधन
२०८२ बैशाख २३ गते, मंगलवार
‘सरकारले यथाशीघ्र प्राङ्गारिक र जैविक मलको व्यवस्था गर्नेछ’
२०८२ बैशाख २१ गते, आईतवार
प्रधानमन्त्रीसमक्ष राज्यमन्त्री गर्बुजाको सपथ
२०८२ बैशाख २१ गते, आईतवार
चालिसेमा महायज्ञ हुने
२०८२ बैशाख २० गते, शनिबार
विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा वालिङमा स्वास्थ्य शिविर
२०८२ बैशाख २० गते, शनिबार
विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को महत्व र नारा
२०८२ बैशाख २० गते, शनिबार