तोरीखोलालाई ‘मौलिक गाउँ’ बनाईँदै

ढोरपाटन (बागलुङ),१५ मङ्सिर- गलकोटको नरेठाँटी बजारभन्दा केहीमाथि रहेको तोरीखोला गाउँ, बाक्लो मगर बस्ती । ढुङ्गा, माटो र काठबाट बनेका मौलिक घर । रातोमाटो र सेतो कमेरोले रङ्गिएका घर निकै आकर्षक देखिन्छन् । वर्षौं पुराना घर अहिले पनि बलिया छन् । परम्परागत रुपमा बनेका मौलिक घर पछिल्लो समय आधुनिकताले गर्दा विस्थापित हुने जोखिम बढेको छ ।

घरको आँगनमै आएको विकासले स्थानीयलाई सहज त दिलायो, त्यसको अलवा मौलिक संस्कृति र परम्परा भने गुम्ने खतरा बढ्यो । तोरीखोला गाउँजस्ता मौलिकता बोकेका गाउँ बागलुङ थुप्रै थिए । तर पछिल्लो समय ती गाउँमा मौलिकता हराएको छ । घर बनाउँदा ढुङ्गा, माटो र काठको प्रयोग गर्नुको सट्टा कङ्क्रिट प्रयोग हुन थाले । जसले गाउँ कुरुप बन्दै गएका छन् । तोरीखोला गाउँको मौलिकता भने अहिलेसम्म जोगाइ राखिएको छ ।

बढ्दो सहरीकरण र आधनिकताले गाउँको परम्परा हराउँन थालेपछि गलकोट नगरपालिकाले पनि संरक्षणमा चासो दिएको छ । गाउँको सुन्दरता, मौलिकता र परम्परालाई जोगाउन तोरीखोला गाउँलाई नगरपालिकाले ‘मौलिक गाउँ’ का रुपमा विकास गर्ने भएको छ । तोरीखोला गाउँ अहिले पनि जिल्लामा चर्चित गाउँ हो । जहाँ हरेक महिना आन्तरिक तथा बाह्य पर्यटक फाट्टफुट्ट पुग्ने गर्छन् ।

यस गाउँमा बनेका पुराना आकर्षक घरले धेरैलाई लोभ्याउने गरेको छ । केही वर्ष अगाडि सडक पुगेपछि गाउँमा एक÷दुई वटा सिमेन्टका घरसमेत बन्न थालेका छन् भने स्थानीयले ढुङ्गाको छानो हटाएर जस्तापाता प्रयोगसमेत गर्न थालेका छन् । नगरपालिकाले यसलाई रोक्न नीतिनै बनाएर लाग्न थालेको छ । ग्रामीण जीवनशैली, शान्त वातावरण र प्राकृतिक मनोरम भएको तोरीखोला जिल्लामा छुट्टै पहिचान बनाएको गाउँका रुपमा चिनिन्छ ।

यहाँका कला, संस्कृति र रीतिरिवाज विस्तारै हराउन थालेपछि बूढापाका चिन्तित छन् । गलकोट क्षेत्रलाई बागलुङमै सबैभन्दा बढी विदेश जाने क्षेत्रका रुपमा लिइन्छ । विदेश गएर आएपछि धेरैले मौलिक घरलाई हटाएर कङ्क्रिटको बनाउन थालेका छन् । मौलिक घरलाई संरक्षण गर्न नसके गाउँको अस्तित्व समाप्त हुने स्थानीय मोहन कालाले बताउनुभयो ।

हरेक वर्ष गाउँमा परम्परागतभन्दा फरक शैलीमा घर भवन बन्न थालेको भन्दै त्यसलाई रोक्नका लागि नगरपालिकाले चासो दिएको उहाँको भनाइ छ । गाउँमा थुप्रै कला, संस्कृति र परम्परा भए पनि युवा पुस्ताले चासो दिन छोडेपछि हराउन थालेको कालाले गुनासो पोख्नुभयो । अचेल गाउँमा युवा शक्तिनै नभएको भन्दै बूढापाकाले थाम्दै आएको उहाँ बताउनुहुन्छ ।

“बाक्लो बस्ती छ, एकै नासका घर भएर होला बाहिरबाट आउने पाहुनाले खुब मन पराउनुहुन्छ यो गाउँलाई, बाहिरका मान्छेले मन पराएर मात्रै के गर्ने यहाँका युवाले माया मार्दै सहर बजार र विदेश जान थाले, बूढापाका रहँदासम्म गाउँ रहला त्यसपछि त सुनसान हुन्छ होला” कालाले भन्नुभयो, “अहिले त नयाँ खालका घर बनाउन थालेका छन्, पुराना ‘डिजाइन’का घरलाई हटाउन थालेका छन्, हामी यस्तै घरमा जन्मियौँ, हुक्र्र्यौं र अहिलेसम्म बसिरहेका छौँ, हामीभन्दा पछाडिका पुस्ताले गाउँलाई माया गर्न छोडे, हाम्रो पहिचान कला संस्कृति र रीतिरिवाज हो अब कसले संरक्षण गर्छ ।”

गलकोट नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर २ का अध्यक्ष हिमबहादुर भण्डारीले तोरीखोला गाउँलाई ‘मौलिक गाउँ’का रुपमा विकास गर्ने बताउनुभयो । यहाँ अब बन्ने हरेक घर स्थानीय स्रोत साधान प्रयोग गरेर पुरानै शैलीमा बनाइनुपर्ने भन्दै सिमेन्टेड घर बनाउन रोक लगाउने बताउनुभयो । अध्यक्ष भण्डारीले यहाँका हरेक घरमा सकेसम्म रातोमाटो र सेतो कमेरोले रङ्ग्याउने नभए एकै किसिमको रङ लगाउनुपर्ने मापदण्ड बनाउने बताउनुभयो । तोरीखोलामा वर्षौं पुराना कला संस्कृति प्रचलनमा रहेको हुँदा नगरपालिकाले पनि संरक्षण गर्न थालेको उहाँको भनाइ छ ।

हाल यस गाउँमा पाँच घरमा घरबास (होम–स्टे) सञ्चालनमा रहेको र गाउँलाई मौलिक बनाएर पर्यटक भित्र्याउने र स्थानीयको आयआर्जनसँग जोड्ने उहाँ बताउनुहुन्छ । भण्डारीले तोरीखोला गाउँ विकासका पूर्वाधारले जोडिएपछि ठूलो परिवर्तन भएको सुनाउँदै स्थानीयको जीवनशैली पनि फेरिएको बताउनुभयो । कला संस्कृतिलाई पर्यटनसँग जोड्नका लागि आफूहरुले काम गरिरहेको अध्यक्ष भण्डारीको भनाइ छ ।

उहाँले भन्नुभयो, “गाउँ–गाउँमा मोटरबाटो पुगेपछि पक्की घर भवन धमाधम बनिरहेका छन्, हामीहरुले गाउँको सुन्दरता र पहिचानलाई जोगाउन थालेका छौँ, तोरीखोला गाउँ निकै पुरानो र मौलिकता बोकेको गाउँ भएको हुँदा यसलाई ‘मौलिक गाउँ’ कै रुपमा राख्नुपर्छ, अहिले गाउँमा प्रविधिले सबै मौलिकता हराउन थालेका छन्, यहाँ अहिले पनि होम–स्टे सञ्चालनमा छन्, धेरै कला संस्कृति पनि प्रचलनमा रहेको हुँदा युवापुस्तालाई यसप्रति आकर्षण गर्ने र संरक्षणमा टेवा पु¥याउने हिसाबले कामको सुरुआत गरेका छौँ, तोरीखोला गाउँको सुन्दरता र मौलिकतालाई जोगाइराख्न हामी गम्भीर बनेका छौँ, पर्यटक भित्र्याउनका लागि प्रयास थालेका छौँ ।”रासस

ताजा

ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’

२०८३ भाद्र ३१ गते, बुधबार

ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’

२०८३ भाद्र ३१ गते, बुधबार

आज ऋषि पञ्चमी मनाइँदै 

२०८३ भाद्र ३० गते, मंगलवार

सूर्योदय वोमी लघुवित्तद्वारा भाेटेकाेशी बाढीपीडितका लागि २५ लाख ६५ हजार सहयोग

२०८३ भाद्र २७ गते, शनिबार

चुनौतीका बीच बाल गृह सञ्चालन हुनु प्रशंसनीय : पूर्वमन्त्री गुरुङ

२०८३ भाद्र २७ गते, शनिबार

भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

२०८३ भाद्र २६ गते, शुक्रबार

इभी कार आगलागीमा भरतपुरका अमर पराजुलीको मृत्यु

२०८३ भाद्र २६ गते, शुक्रबार

लोमन्थाङ भूकम्पः ३५ घरमा तत्काल बस्न नमिल्ने

२०८३ भाद्र २६ गते, शुक्रबार

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

२०८३ भाद्र २६ गते, शुक्रबार

पार्टी एकताकाे लागि जति झुक्नुपर्नेहाे झुक्छु: सभापति थापा

२०८३ भाद्र २५ गते, बिहीबार

रेडियो स्याङ्जाको १८औँ वार्षिकोत्सव सम्पन्न

२०८३ भाद्र २३ गते, मंगलवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal