रुकुमपश्चिममा एमालेले बनायो २१५ अस्थायी आवास

राजु लामिछाने

रुकुमपश्चिम,१५ मङ्सिर- “पुनर्निर्माणका लागि श्रमदान” भन्ने अभियान लिएर भूकम्प प्रभावित क्षेत्रमा परिचालन भएको नेकपा (एमाले) ले रुकुमपश्चिममा २१५ वटा अस्थायी आवास निर्माण गरी हस्तान्तरण गरेको छ । 

जिल्लाको आठविसकोट नगरपालिका, चौरजहारी नगरपालिका, सानीभेरी र बाँफिकोट गाउँपालिकामा एमालेले यी अस्थायी आवास बनाएको हो । पार्टीका जिल्ला अध्यक्ष नन्दराम देवकोटाका अनुसार हालसम्ममा तीनसय स्वयंसेवक परिचालन गरी अस्थायी आवास बनाइएको छ । 

अध्यक्ष देवकोटाका अनुसार भूकम्प प्रभावित क्षेत्रमा लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशबाट २५० जना एमालेलेका स्वयंसेवक र जिल्लाका ५० जना गरी तीनसय जना स्वयंसेवक अस्थायी आवास निर्माणका लागि परिचालन भएका छन् । 

उहाँका अनुसार जिल्लाभर १५ टिम परिचालित छन् । परिचालन भएको समूहले आठबीसकोट नगरपालिका –११ मा ३३, वडा १२ मा ३८ र वडा १४ मा ३८ वटा एकसय ९ वटा अस्थायी आवास निर्माण गरेको छ । त्यस्तै, सानीभेरी गाउँपालिका वडा ४ मा १५, वडा ११ मा ८ र वडा १ मा १९ गरी ४२ अस्थायी आवास निर्माण गरेको अध्यक्ष देवकोटाले जानकारी दिनुभयो । 

त्यस्तै, चौरजहारी नगरपालिका वडा १०, ११, १२, १३ र १४ मा गरी ५१ र बाँफिकोटमा गाउँपालिकामा आठ वटा गरी जिल्लाभर जम्मा २१५ वटा अस्थायी आवास निर्माण गरिएको हो । क्षतिग्रस्त घरमै रहेका सामग्री प्रयोग गरेर अस्थायी आवास निर्माण गरिएको उहाँको भनाइ छ । 

सिकाइ केन्द्र र शौचालय निर्माण

त्यसैगरी एमालेले २६ वटा अस्थायी सिकाइ केन्द्र र आठ वटा अस्थायी शौचालय निर्माण गरेको जनाएको छ । हालसम्म १६२ वटा भग्नावशेष भवन व्यवस्थापन गरिएको छ । 

जिल्ला बाहिरबाट आएको स्वयंसेवक टोली १९ गतेसम्म प्रभावित क्षेत्रमा खटिने पार्टीले जनाएको छ । त्यसपश्चात् भूकम्प प्रभावित क्षेत्रमा जिल्लाको टोली मात्र अस्थायी आवास तथा पुनर्निर्माणको काम गर्ने जिल्ला अध्यक्ष देवकोटाले जानकारी दिनुभयो । 

यसका साथै पार्टीले औषधिसहित स्वास्थ्यकर्मीको टोली खटाएको छ । डा. धर्म भट्टराईको नेतृत्वमा रहेको सो टोलीले ३५० जना प्रभावितलाई सेवा दिएको बताएको छ । गाेप

ताजा

व्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै विद्यार्थी

२०८१ चैत्र १ गते, शुक्रबार

व्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै विद्यार्थी

२०८१ चैत्र १ गते, शुक्रबार

पिंक सिटी महोत्सवमा सञ्चालित भलिबल प्रतियोगिताको सेमिफाइनल शनिबार हुने

२०८१ चैत्र १ गते, शुक्रबार

वालिङमा दुई उद्याेग वाणिज्य संघले मनाए हाेली

२०८१ चैत्र १ गते, शुक्रबार

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान  नेपाल स्याङ्जाद्वारा साहित्यकार वनवासीलाई सम्मान

२०८१ फाल्गुन २९ गते, बिहीबार

प्रथम पिंक सिटी महाेत्सवकाे आठाैं दिन दर्शककाे घुईचाे, भिडियाे सहित

२०८१ फाल्गुन २८ गते, बुधबार

टोड्केको सिरेटोमा रमाउँछन् पाहुना

२०८१ फाल्गुन २७ गते, मंगलवार

विद्यालय पुग्न ट्युबको सहारा

२०८१ फाल्गुन २७ गते, मंगलवार

सञ्चारिका समूह स्याङ्जाको अध्यक्षमा: न्याैपाने

२०८१ फाल्गुन २२ गते, बिहीबार

संस्थागत विद्यलयका सवारी चालकलाई दुर्घटना न्युनिकरण सम्बन्धि अभिमुखिकरण कार्यक्र सम्पन्न

२०८१ फाल्गुन २२ गते, बिहीबार

राजनीतिक स्थायीत्वको लागि दुई ठुला दल एक ठाउँमा आएको पूर्व मन्त्री अर्यालको भनाई

२०८१ फाल्गुन २१ गते, बुधबार

2022 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal