रुकुमपश्चिममा एमालेले बनायो २१५ अस्थायी आवास

राजु लामिछाने

रुकुमपश्चिम,१५ मङ्सिर- “पुनर्निर्माणका लागि श्रमदान” भन्ने अभियान लिएर भूकम्प प्रभावित क्षेत्रमा परिचालन भएको नेकपा (एमाले) ले रुकुमपश्चिममा २१५ वटा अस्थायी आवास निर्माण गरी हस्तान्तरण गरेको छ । 

जिल्लाको आठविसकोट नगरपालिका, चौरजहारी नगरपालिका, सानीभेरी र बाँफिकोट गाउँपालिकामा एमालेले यी अस्थायी आवास बनाएको हो । पार्टीका जिल्ला अध्यक्ष नन्दराम देवकोटाका अनुसार हालसम्ममा तीनसय स्वयंसेवक परिचालन गरी अस्थायी आवास बनाइएको छ । 

अध्यक्ष देवकोटाका अनुसार भूकम्प प्रभावित क्षेत्रमा लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशबाट २५० जना एमालेलेका स्वयंसेवक र जिल्लाका ५० जना गरी तीनसय जना स्वयंसेवक अस्थायी आवास निर्माणका लागि परिचालन भएका छन् । 

उहाँका अनुसार जिल्लाभर १५ टिम परिचालित छन् । परिचालन भएको समूहले आठबीसकोट नगरपालिका –११ मा ३३, वडा १२ मा ३८ र वडा १४ मा ३८ वटा एकसय ९ वटा अस्थायी आवास निर्माण गरेको छ । त्यस्तै, सानीभेरी गाउँपालिका वडा ४ मा १५, वडा ११ मा ८ र वडा १ मा १९ गरी ४२ अस्थायी आवास निर्माण गरेको अध्यक्ष देवकोटाले जानकारी दिनुभयो । 

त्यस्तै, चौरजहारी नगरपालिका वडा १०, ११, १२, १३ र १४ मा गरी ५१ र बाँफिकोटमा गाउँपालिकामा आठ वटा गरी जिल्लाभर जम्मा २१५ वटा अस्थायी आवास निर्माण गरिएको हो । क्षतिग्रस्त घरमै रहेका सामग्री प्रयोग गरेर अस्थायी आवास निर्माण गरिएको उहाँको भनाइ छ । 

सिकाइ केन्द्र र शौचालय निर्माण

त्यसैगरी एमालेले २६ वटा अस्थायी सिकाइ केन्द्र र आठ वटा अस्थायी शौचालय निर्माण गरेको जनाएको छ । हालसम्म १६२ वटा भग्नावशेष भवन व्यवस्थापन गरिएको छ । 

जिल्ला बाहिरबाट आएको स्वयंसेवक टोली १९ गतेसम्म प्रभावित क्षेत्रमा खटिने पार्टीले जनाएको छ । त्यसपश्चात् भूकम्प प्रभावित क्षेत्रमा जिल्लाको टोली मात्र अस्थायी आवास तथा पुनर्निर्माणको काम गर्ने जिल्ला अध्यक्ष देवकोटाले जानकारी दिनुभयो । 

यसका साथै पार्टीले औषधिसहित स्वास्थ्यकर्मीको टोली खटाएको छ । डा. धर्म भट्टराईको नेतृत्वमा रहेको सो टोलीले ३५० जना प्रभावितलाई सेवा दिएको बताएको छ । गाेप

ताजा

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

२०८३ आश्विन १ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal