नगरभित्रका घरमा नम्बर प्लेट राख्दै वालिङ नगरपालिका

वालिङ,१५ मङ्सिर- वालिङ नगरपालिकाले पालिभित्र रहेका घरहरुमा नम्बर प्लेट राख्न सुरु गरेको छ ।
नगरपालिकाले सुरु गरेको समुदाय स्वास्थ्य तथा नर्सिङ घरदैलो कार्यक्रम अन्तर्गत नगरका प्रत्येक घरमा नम्बर प्लेट राख्ने भएको हो ।
प्रत्येक नागरिकको स्वास्थ्य स्थितिको अभिलेखीकरण सहित नागरिकको घर समेत जीपीएस प्रणालीबाट पत्ता लगाउन सक्ने गरी घरहरुमा नम्बर प्लेट राख्ने कार्यको सुरुवात गरिएको नगरप्रमुख कृष्ण खाँणले बताउनुभयो ।
वालिङ नगरपालिका ३ माझकोटबाट औपचारिक रुपमा नम्बर प्लेट राख्ने कार्यको सुरु गरिएको बताउदै नगरप्रमुख खाँणले कार्यक्रमले प्रत्येक नागरिकको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन नगरपालिकालाई सहज हुने र सोही बमोजिम अन्य कार्यक्रम तथा नीतिहरु तयार गर्न सघाउ पुग्नेमा नगरप्रमुख खाँणको विश्वास रहेको छ ।
स्मार्ट नगरपालिकाको रुपमा अगाडी बढिरहेको वालिङले नागरिकको स्वास्थ्य स्थिति थाहा नपाउँदासम्म हरेक आर्थिक वर्षमा तय गरिने नगरका योजना,नीति तथा कार्यक्रमहरु लागू गर्न कठिनाइ भएको नगर उपप्रमुख कविता तिवारीले बताउनुभयो ।
उहाँले स्वास्थ्य नै मानवजीवनको सबैभन्दा ठूलो सम्पत्ति भएकोले नागरिकको स्वास्थ्यको अवस्था अनुसार बजेट निर्माण,योजना कार्यान्वयन तथा अन्य विविध पक्षहरुको वर्गीकरण गर्न सहयोग बताउनुभयो ।
मङ्सिर १४ गतेबाट सुरु भएको कार्यक्रम एक महिनाको अवधिमा सम्पूणर् घरहरुमा नम्बर प्लेट राख्ने कार्य सम्पन्न गरिने नगरपालिकाले जनाएकाे छ।
ताजा

सङ्घीय मामिला मन्त्रालयको जिम्मा न्यौपानेलाई
२०८२ असार ३१ गते, मंगलवार
सङ्घीय मामिला मन्त्रालयको जिम्मा न्यौपानेलाई
२०८२ असार ३१ गते, मंगलवार
स्याङ्जामा ७९ प्रतिशत बजेट खर्च
२०८२ असार २७ गते, शुक्रबार
बुद्धको प्रतिमा र राताम्मे पहाड
२०८२ असार २५ गते, बुधबार
स्याङ्जाका चार उत्कृष्ट कृषक सम्मानित
२०८२ असार २५ गते, बुधबार
मुस्ताङमा दुई पक्कि पुल सहि छ पुलमा क्षती
२०८२ असार २४ गते, मंगलवार
बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, ठुलो जनधनको क्षति भएको आशङ्का
२०८२ असार २४ गते, मंगलवार
कालीगण्डकीमा व्यावसायिक अकबरे खुर्सानीखेती
२०८२ असार २० गते, शुक्रबार
मेची महाकाली मिडिया साेसाइटी द्वारा आयाेजित जलवायु संवाद
२०८२ असार २० गते, शुक्रबार
भीरकोटमा उत्कृष्ट कृषक सम्मानित
२०८२ असार १९ गते, बिहीबार