केपी ओली कप : आर्मीको विजयी सुरुवात

काठमाडौँ,११ मङ्सिर- विभागीय टोली त्रिभुवन आर्मी क्लबले केपी ओली कप टी–२० प्रतियोगिताका विजयी सुरुवात गरेको छ । समूह ‘डी’ अन्तर्गत पोखरा रङ्गशालामा सोमबार भएको खेलमा आर्मीले आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीलाई एक सय १० रनले हरायो ।

टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ९५ रन बनाएको थियो । आर्मीका लागि सन्तोस कार्कीले सर्वाधिक ४१ रन बनाउनुभयो । कप्तान विनोद भण्डारीले ३८, विवेक यादवले अविजित २९ र कुशल मल्लले २५ रन जोड्नुभयो । बलिङमा मदन भण्डारीका मोहील श्रेष्ठले दुई विकेट लिनुभयो । 

जितका लागि एक सय ९६ रनको लक्ष्य पछ्याएको मदन भण्डारी १५.४ ओभरमा सबै विकेटको क्षतिमा ८५ रनमा समेटिएको थियो । मदन भण्डारीका लागि निर्भिक पाठकले २८ रन बनाउनुभयो । मदन भण्डारीलाई सस्तैमा समेट्न आर्मीका कुशल मल्लले तीन विकेट लिनुभयो । जितेन्द्र मुखिया र साहव आलामले समान दुई दु्ई विकेट झार्नुभएको थियो । सोमबार नै भएको पहिलो खेलमा मधेश प्रदेशले सुदूरपश्चिम प्रदेशलाई आठ विकेटले हराएको थियो । 

मङ्सिर १५ गतेसम्म चल्ने प्रतियोगितामा १२ टिमको सहभागिता  छ । प्रतियोगिताका विजेताले पाँच लाख र उपविजेताले दुई लाख ५० हजार रुपियाँ पाउनेछन् । यस्तै म्यान अफ द सिरिजले ३० हजार, बेस्ट व्याटर र बलरले जनही २० हजार तथा म्यान अफ द म्याचले पाँच हजार रुपियाँ पुरस्कार पाउनेछन् ।गाेप 

ताजा

test

२०८२ जेष्ठ ५ गते, सोमबार

test

२०८२ जेष्ठ ५ गते, सोमबार

प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना

२०८२ बैशाख २४ गते, बुधबार

धर्मले समाजलाई अनुशासित बनाउँछ: पूर्व मन्त्री अर्याल

२०८२ बैशाख २३ गते, मंगलवार

पूर्वमन्त्री प्रदीप नेपालको निधन

२०८२ बैशाख २३ गते, मंगलवार

‘सरकारले यथाशीघ्र प्राङ्गारिक र जैविक मलको व्यवस्था गर्नेछ’

२०८२ बैशाख २१ गते, आईतवार

प्रधानमन्त्रीसमक्ष राज्यमन्त्री गर्बुजाको सपथ

२०८२ बैशाख २१ गते, आईतवार

चालिसेमा महायज्ञ हुने

२०८२ बैशाख २० गते, शनिबार

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा वालिङमा स्वास्थ्य शिविर

२०८२ बैशाख २० गते, शनिबार

विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को महत्व र नारा

२०८२ बैशाख २० गते, शनिबार

यी हुन् सरकारको नीति तथा कार्यक्रममा परेका महत्त्वपूर्ण विषयहरू

२०८२ बैशाख १९ गते, शुक्रबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal