केपी ओली कप : आर्मीको विजयी सुरुवात

काठमाडौँ,११ मङ्सिर- विभागीय टोली त्रिभुवन आर्मी क्लबले केपी ओली कप टी–२० प्रतियोगिताका विजयी सुरुवात गरेको छ । समूह ‘डी’ अन्तर्गत पोखरा रङ्गशालामा सोमबार भएको खेलमा आर्मीले आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीलाई एक सय १० रनले हरायो ।

टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ९५ रन बनाएको थियो । आर्मीका लागि सन्तोस कार्कीले सर्वाधिक ४१ रन बनाउनुभयो । कप्तान विनोद भण्डारीले ३८, विवेक यादवले अविजित २९ र कुशल मल्लले २५ रन जोड्नुभयो । बलिङमा मदन भण्डारीका मोहील श्रेष्ठले दुई विकेट लिनुभयो । 

जितका लागि एक सय ९६ रनको लक्ष्य पछ्याएको मदन भण्डारी १५.४ ओभरमा सबै विकेटको क्षतिमा ८५ रनमा समेटिएको थियो । मदन भण्डारीका लागि निर्भिक पाठकले २८ रन बनाउनुभयो । मदन भण्डारीलाई सस्तैमा समेट्न आर्मीका कुशल मल्लले तीन विकेट लिनुभयो । जितेन्द्र मुखिया र साहव आलामले समान दुई दु्ई विकेट झार्नुभएको थियो । सोमबार नै भएको पहिलो खेलमा मधेश प्रदेशले सुदूरपश्चिम प्रदेशलाई आठ विकेटले हराएको थियो । 

मङ्सिर १५ गतेसम्म चल्ने प्रतियोगितामा १२ टिमको सहभागिता  छ । प्रतियोगिताका विजेताले पाँच लाख र उपविजेताले दुई लाख ५० हजार रुपियाँ पाउनेछन् । यस्तै म्यान अफ द सिरिजले ३० हजार, बेस्ट व्याटर र बलरले जनही २० हजार तथा म्यान अफ द म्याचले पाँच हजार रुपियाँ पुरस्कार पाउनेछन् ।गाेप 

ताजा

ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’

२०८३ भाद्र ३१ गते, बुधबार

ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’

२०८३ भाद्र ३१ गते, बुधबार

आज ऋषि पञ्चमी मनाइँदै 

२०८३ भाद्र ३० गते, मंगलवार

सूर्योदय वोमी लघुवित्तद्वारा भाेटेकाेशी बाढीपीडितका लागि २५ लाख ६५ हजार सहयोग

२०८३ भाद्र २७ गते, शनिबार

चुनौतीका बीच बाल गृह सञ्चालन हुनु प्रशंसनीय : पूर्वमन्त्री गुरुङ

२०८३ भाद्र २७ गते, शनिबार

भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

२०८३ भाद्र २६ गते, शुक्रबार

इभी कार आगलागीमा भरतपुरका अमर पराजुलीको मृत्यु

२०८३ भाद्र २६ गते, शुक्रबार

लोमन्थाङ भूकम्पः ३५ घरमा तत्काल बस्न नमिल्ने

२०८३ भाद्र २६ गते, शुक्रबार

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

२०८३ भाद्र २६ गते, शुक्रबार

पार्टी एकताकाे लागि जति झुक्नुपर्नेहाे झुक्छु: सभापति थापा

२०८३ भाद्र २५ गते, बिहीबार

रेडियो स्याङ्जाको १८औँ वार्षिकोत्सव सम्पन्न

२०८३ भाद्र २३ गते, मंगलवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal