वालिङका ५ घर परिवार पहिरोबाट प्रभावित

वालिङ,१७ असोज- तीन दिनदेखिको निरन्तरको वर्षाले वालिङका ५ घर प्रभावित भएका छन् । वालिङ ८ विपीचोक नजिक मियाँलेको जिटी गाउँमाथि रहेका परियार बस्तीका ५ घर परिवार प्रभावित भएका हुन् । विक्रम, हरि र विवेक परियारको घरको अगाडिको भाग पहिरो खस्दा त्यहि तल रहेका दुई घर मिचेको छ ।
करिव ४० मिटर माथिबाट खसेको पहिरोेले टिकामायाँ दर्जी र विष्णु दमिनीको घर मिचिएको हो । टिकामायाँको दुईकोठे घर पहिराको माटोले भरिएको छ । यसैगरी विष्णुमायाँको घरको पनि पछाडिको भाग पहिरोले पुरेको छ । बिहान ८ बजेको समयमा पहिरो खसेको थियो । बिहानको समय भएकाले घरका मानिसहरु सुरक्षित रहेका छन् भने घरभित्र रहेका सामानहरु पनि बाहिर निकाल्न सफल भएका छन् । माथिल्लो घरको आँगनसहितको भिरालो भाग सबै पहिरोले बगेको छ ।
पहिरो प्रभावितका लागि नजिकै रहेको श्रवणकुमार पार्कको भवनमा स्थानान्तरण गरिएको छ । जिल्ला समन्वय समिति सदस्य सरस्वती बगाले, ८ नम्वर वडा अध्यक्ष दामोदर तिवारी तथा वालिङ नगर कार्यपालिका सदस्य युगमायाँ पँगेनीलगायतको सहभागितामा स्थानान्तरण गराइएको हो ।
यहाँ रहेको बस्ती जोखिमयुक्त भएकाले २०७८ सालमा नगरपालिकाले स्थानान्तरण गर्ने भनेको थियो । अहिलेसम्म पनि काम हुन नसक्दा वर्षेनी वर्षातको समयमा यहाँको परियार बस्तीले सास्ती खेप्नुपरेको छ ।

ताजा

प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे

२०८१ चैत्र १२ गते, मंगलवार

प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे

२०८१ चैत्र १२ गते, मंगलवार

प्रेस चाैतारी: अबकाे गन्तव्य

२०८१ चैत्र १० गते, आईतवार

वालिङ बहुमुखी क्याम्पस स्ववियु निर्वाचनमा नेविसंघका निरज अध्यक्ष र अनेरास्ववियुकी विना सचिवमा निर्वाचित

२०८१ चैत्र ६ गते, बुधबार

वालिङ १२ गाेहाेदी बाख्रा फममा आगाेलागी

२०८१ चैत्र ५ गते, मंगलवार

प्रथम पिंक सिटी महोत्सव सम्पन्न

२०८१ चैत्र ३ गते, आईतवार

व्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै विद्यार्थी

२०८१ चैत्र १ गते, शुक्रबार

पिंक सिटी महोत्सवमा सञ्चालित भलिबल प्रतियोगिताको सेमिफाइनल शनिबार हुने

२०८१ चैत्र १ गते, शुक्रबार

वालिङमा दुई उद्याेग वाणिज्य संघले मनाए हाेली

२०८१ चैत्र १ गते, शुक्रबार

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान  नेपाल स्याङ्जाद्वारा साहित्यकार वनवासीलाई सम्मान

२०८१ फाल्गुन २९ गते, बिहीबार

प्रथम पिंक सिटी महाेत्सवकाे आठाैं दिन दर्शककाे घुईचाे, भिडियाे सहित

२०८१ फाल्गुन २८ गते, बुधबार

2022 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal