वालिङका ५ घर परिवार पहिरोबाट प्रभावित
वालिङ,१७ असोज- तीन दिनदेखिको निरन्तरको वर्षाले वालिङका ५ घर प्रभावित भएका छन् । वालिङ ८ विपीचोक नजिक मियाँलेको जिटी गाउँमाथि रहेका परियार बस्तीका ५ घर परिवार प्रभावित भएका हुन् । विक्रम, हरि र विवेक परियारको घरको अगाडिको भाग पहिरो खस्दा त्यहि तल रहेका दुई घर मिचेको छ ।
करिव ४० मिटर माथिबाट खसेको पहिरोेले टिकामायाँ दर्जी र विष्णु दमिनीको घर मिचिएको हो । टिकामायाँको दुईकोठे घर पहिराको माटोले भरिएको छ । यसैगरी विष्णुमायाँको घरको पनि पछाडिको भाग पहिरोले पुरेको छ । बिहान ८ बजेको समयमा पहिरो खसेको थियो । बिहानको समय भएकाले घरका मानिसहरु सुरक्षित रहेका छन् भने घरभित्र रहेका सामानहरु पनि बाहिर निकाल्न सफल भएका छन् । माथिल्लो घरको आँगनसहितको भिरालो भाग सबै पहिरोले बगेको छ ।
पहिरो प्रभावितका लागि नजिकै रहेको श्रवणकुमार पार्कको भवनमा स्थानान्तरण गरिएको छ । जिल्ला समन्वय समिति सदस्य सरस्वती बगाले, ८ नम्वर वडा अध्यक्ष दामोदर तिवारी तथा वालिङ नगर कार्यपालिका सदस्य युगमायाँ पँगेनीलगायतको सहभागितामा स्थानान्तरण गराइएको हो ।
यहाँ रहेको बस्ती जोखिमयुक्त भएकाले २०७८ सालमा नगरपालिकाले स्थानान्तरण गर्ने भनेको थियो । अहिलेसम्म पनि काम हुन नसक्दा वर्षेनी वर्षातको समयमा यहाँको परियार बस्तीले सास्ती खेप्नुपरेको छ ।
ताजा
रेडियो स्याङ्जाको १८औँ वार्षिकोत्सव सम्पन्न
२०८३ भाद्र २३ गते, मंगलवार
रेडियो स्याङ्जाको १८औँ वार्षिकोत्सव सम्पन्न
२०८३ भाद्र २३ गते, मंगलवार
स्याङ्जामा साधु मृत फेला
२०८३ भाद्र २२ गते, सोमबार
स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन
२०८३ भाद्र २२ गते, सोमबार
नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान
२०८३ भाद्र २१ गते, आईतवार
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार





















