एमाले गण्डकी अधिवेशन : मतदानद्वारा नेतृत्व चुनिँदै
गण्डकी,१८असोज- नेकपा (एमाले) गण्डकी प्रदेश कमिटिको पहिलो अधिवेशन पोखरामा जारी छ । नयाँ नेतृत्व चयनका लागि सर्वसम्मतको प्रयास असफल भएपछि मतदानद्वारा नेतृत्वको टुङ्गो लाग्ने भएको छ । पदाधिकारीसहित विभिन्न पदमा आज मतदान हुने निर्वाचन समितिले जनाएको छ ।
मतदान अवधि बिहान ११ः५५ बजेदेखि साँझ ५ः३० बजेसम्मलाई तोकिएको प्रमुख निर्वाचन अधिकृत सुरेन्द्र थापा मगरले जानकारी दिनुभयो । प्रदेश किमिटी अध्यक्षमा म्याग्दीका नवराज शर्मा र लमजुङका मायानाथ अधिकारी चुनावी मैदानमा हुनुहुन्छ ।
शर्मा प्रदेश एमाले गण्डकीका हालका अध्यक्षसमेत हुनुहुन्छ । यस्तै उपाध्यक्षमा स्याङ्जाका मीनप्रसाद गुरुङ र नवलपुरका बाबुराम विक, सचिवमा लमजुङका धनञ्जय दवाडी र कास्कीका रश्मी आचार्य तथा उपसचिवमा पर्वतका मञ्जु अधिकारी, कास्कीका दामबहादुर विक, म्याग्दीका सन्तोष रावल र कास्कीका मीना गुरुङले उम्मेदवारी दिनुभएको छ ।
प्रदेश कमिटी सदस्यमा २७ जना निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । अधिवेशनबाट पाँच पदाधिकारीसहित एक सय ६२ सदस्यीय नयाँ कमिटी चयन हुनेछ । अधिवेशनमा प्रदेशका ११ जिल्लाबाट नौ सय सात प्रतिनिधिले भाग लिएका छन् ।
ताजा
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी
२०८३ जेष्ठ २५ गते, सोमबार
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी
२०८३ जेष्ठ २५ गते, सोमबार
नवौं वालिङ महोत्सवको आय–व्यय सार्वजनिक
२०८३ जेष्ठ २४ गते, आईतवार
पत्रकार महासंघ स्याङ्जाको १५औं साधारण सभा सम्पन्न,पूर्व अध्यक्षत्रय सम्मानित
२०८३ जेष्ठ २४ गते, आईतवार
भारतीय बाबू र नेपाली आमाबाट जन्मिएका चापाकाेटका कँडेललाई प्रशासनले घरमै पुगेर दियाे नागरिकता
२०८३ जेष्ठ १९ गते, मंगलवार
शङ्करबेली सिमसारमा पर्यटकको बढ्दो आकर्षण
२०८३ जेष्ठ १५ गते, शुक्रबार
आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड बजेट विनियोजन
२०८३ जेष्ठ १५ गते, शुक्रबार
नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण
२०८३ जेष्ठ ५ गते, मंगलवार
दुर्गा प्रसाईं थप तीन दिन प्रहरी नियन्त्रणमा
२०८३ जेष्ठ ५ गते, मंगलवार
नयाँ आइटी पाठ्यक्रम तयार हुँदै
२०८३ जेष्ठ ५ गते, मंगलवार





















