एमाले गण्डकी अधिवेशन : मतदानद्वारा नेतृत्व चुनिँदै

गण्डकी,१८असोज- नेकपा (एमाले) गण्डकी प्रदेश कमिटिको पहिलो अधिवेशन पोखरामा जारी छ । नयाँ नेतृत्व चयनका लागि सर्वसम्मतको प्रयास असफल भएपछि मतदानद्वारा नेतृत्वको टुङ्गो लाग्ने भएको छ । पदाधिकारीसहित विभिन्न पदमा आज मतदान हुने निर्वाचन समितिले जनाएको छ ।

 मतदान अवधि बिहान ११ः५५ बजेदेखि साँझ ५ः३० बजेसम्मलाई तोकिएको प्रमुख निर्वाचन अधिकृत सुरेन्द्र थापा मगरले जानकारी दिनुभयो । प्रदेश किमिटी अध्यक्षमा म्याग्दीका नवराज शर्मा र लमजुङका मायानाथ अधिकारी चुनावी मैदानमा हुनुहुन्छ । 

शर्मा प्रदेश एमाले गण्डकीका हालका अध्यक्षसमेत हुनुहुन्छ । यस्तै उपाध्यक्षमा स्याङ्जाका मीनप्रसाद गुरुङ र नवलपुरका बाबुराम विक, सचिवमा लमजुङका धनञ्जय दवाडी र कास्कीका रश्मी आचार्य तथा उपसचिवमा पर्वतका मञ्जु अधिकारी, कास्कीका दामबहादुर विक, म्याग्दीका सन्तोष रावल र कास्कीका मीना गुरुङले उम्मेदवारी दिनुभएको छ । 

 प्रदेश कमिटी सदस्यमा २७ जना निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । अधिवेशनबाट पाँच पदाधिकारीसहित एक सय ६२ सदस्यीय नयाँ कमिटी चयन हुनेछ  । अधिवेशनमा प्रदेशका ११ जिल्लाबाट नौ सय सात प्रतिनिधिले भाग लिएका छन् ।

ताजा

प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे

२०८१ चैत्र १२ गते, मंगलवार

प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे

२०८१ चैत्र १२ गते, मंगलवार

प्रेस चाैतारी: अबकाे गन्तव्य

२०८१ चैत्र १० गते, आईतवार

वालिङ बहुमुखी क्याम्पस स्ववियु निर्वाचनमा नेविसंघका निरज अध्यक्ष र अनेरास्ववियुकी विना सचिवमा निर्वाचित

२०८१ चैत्र ६ गते, बुधबार

वालिङ १२ गाेहाेदी बाख्रा फममा आगाेलागी

२०८१ चैत्र ५ गते, मंगलवार

प्रथम पिंक सिटी महोत्सव सम्पन्न

२०८१ चैत्र ३ गते, आईतवार

व्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै विद्यार्थी

२०८१ चैत्र १ गते, शुक्रबार

पिंक सिटी महोत्सवमा सञ्चालित भलिबल प्रतियोगिताको सेमिफाइनल शनिबार हुने

२०८१ चैत्र १ गते, शुक्रबार

वालिङमा दुई उद्याेग वाणिज्य संघले मनाए हाेली

२०८१ चैत्र १ गते, शुक्रबार

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान  नेपाल स्याङ्जाद्वारा साहित्यकार वनवासीलाई सम्मान

२०८१ फाल्गुन २९ गते, बिहीबार

प्रथम पिंक सिटी महाेत्सवकाे आठाैं दिन दर्शककाे घुईचाे, भिडियाे सहित

२०८१ फाल्गुन २८ गते, बुधबार

2022 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal