वालिङको विकासमा नगरबासीको महत्वपूर्ण भूमिका छ ः नगरप्रमुख खांण


वालिङ,१२असोज-वालिङ नगरपालिकाका प्रमुख कृष्ण खांणले वालिङमा अहिलेसम्म भएका विकास निर्माणमा नगरबासीको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । जनताले नै चुनेर जनप्रतिनिधिको रुपमा स्थानीय, प्रदेश केन्द्रमा पठाएको बताउदै जनप्रतिनिधिले सोही भावनालाई आत्मसात गरेर काम गर्नुपर्ने बताउनुभयो ।
बिहीबार वालिङ ९ भुम्रेमा ढुंगे धाराको उद्घाटन गर्दै नगरप्रमुख खांणले आफुहरु समग्र वालिङको विकासमा लागिपरेके समेत बताउनुभयो ।

परम्परागत कला संस्कृतिको संरक्षण गर्नुपर्ने भन्दै शहरीकरणले हराउँदै जान थालेको ढुंगे धाराको संरक्षणका लागिी यो योजनाले महत्वपूणर् भूमिका निर्वाह गरेको नगरप्रमुख खांणले बताउनुभयो । वालिङको पहिचानका रुपमा रहेका यस्ता ऐतिहासिक, परम्परागत संस्कार संस्कृतिको संरक्षण र संर्वद्धनका लागि नगरपालिका प्रतिवद्ध रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा उपप्रमुख कविता तिवारीले स्मार्ट सिटिको रुपमा अगाडि बढ्दै गरेको वालिङमा हाम्रा मौलिकपनालाई संरक्षण गर्दै अगाडि बढिने बताउनुभयो ।
आधुनिकिकरणसंगै मौलिकपनालाई पनि भुल्न नहुँनेमा उपप्रमुख तिवारीको जोड छ ।
कार्यक्रममा वडा नं. ९ का अध्यक्ष शेरबहादुर श्रेष्ठले केन्द्र सरकारको सहयोगमा झण्डै ४० लाखको लागतमा निर्मित ढुंगे धाराको महत्वको विषयमा जानकारी गराउनुभएको थियो ।
उक्त धाराबाट वालिङ ९ र १०का नागरिक तथा भुम्रे भकुण्डे बजारलगायतका स्थानीय प्रत्यक्ष लाभान्वित भएका छन् ।

ताजा

सङ्घीय मामिला मन्त्रालयको जिम्मा न्यौपानेलाई

२०८२ असार ३१ गते, मंगलवार

सङ्घीय मामिला मन्त्रालयको जिम्मा न्यौपानेलाई

२०८२ असार ३१ गते, मंगलवार

स्याङ्जामा ७९ प्रतिशत बजेट खर्च

२०८२ असार २७ गते, शुक्रबार

बुद्धको प्रतिमा र राताम्मे पहाड

२०८२ असार २५ गते, बुधबार

स्याङ्जाका चार उत्कृष्ट कृषक सम्मानित

२०८२ असार २५ गते, बुधबार

मुस्ताङमा दुई पक्कि पुल सहि छ पुलमा क्षती

२०८२ असार २४ गते, मंगलवार

बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, ठुलो जनधनको क्षति भएको आशङ्का

२०८२ असार २४ गते, मंगलवार

कालीगण्डकीमा व्यावसायिक अकबरे खुर्सानीखेती

२०८२ असार २० गते, शुक्रबार

मेची महाकाली मिडिया साेसाइटी द्वारा आयाेजित जलवायु संवाद

२०८२ असार २० गते, शुक्रबार

भीरकोटमा उत्कृष्ट कृषक सम्मानित

२०८२ असार १९ गते, बिहीबार

विश्वकै ठुलो शालिग्राम शिला एक महिनादेखि डुबानमा

२०८२ असार १९ गते, बिहीबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal