वालिङको विकासमा नगरबासीको महत्वपूर्ण भूमिका छ ः नगरप्रमुख खांण
वालिङ,१२असोज-वालिङ नगरपालिकाका प्रमुख कृष्ण खांणले वालिङमा अहिलेसम्म भएका विकास निर्माणमा नगरबासीको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । जनताले नै चुनेर जनप्रतिनिधिको रुपमा स्थानीय, प्रदेश केन्द्रमा पठाएको बताउदै जनप्रतिनिधिले सोही भावनालाई आत्मसात गरेर काम गर्नुपर्ने बताउनुभयो ।
बिहीबार वालिङ ९ भुम्रेमा ढुंगे धाराको उद्घाटन गर्दै नगरप्रमुख खांणले आफुहरु समग्र वालिङको विकासमा लागिपरेके समेत बताउनुभयो ।

परम्परागत कला संस्कृतिको संरक्षण गर्नुपर्ने भन्दै शहरीकरणले हराउँदै जान थालेको ढुंगे धाराको संरक्षणका लागिी यो योजनाले महत्वपूणर् भूमिका निर्वाह गरेको नगरप्रमुख खांणले बताउनुभयो । वालिङको पहिचानका रुपमा रहेका यस्ता ऐतिहासिक, परम्परागत संस्कार संस्कृतिको संरक्षण र संर्वद्धनका लागि नगरपालिका प्रतिवद्ध रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा उपप्रमुख कविता तिवारीले स्मार्ट सिटिको रुपमा अगाडि बढ्दै गरेको वालिङमा हाम्रा मौलिकपनालाई संरक्षण गर्दै अगाडि बढिने बताउनुभयो ।
आधुनिकिकरणसंगै मौलिकपनालाई पनि भुल्न नहुँनेमा उपप्रमुख तिवारीको जोड छ ।
कार्यक्रममा वडा नं. ९ का अध्यक्ष शेरबहादुर श्रेष्ठले केन्द्र सरकारको सहयोगमा झण्डै ४० लाखको लागतमा निर्मित ढुंगे धाराको महत्वको विषयमा जानकारी गराउनुभएको थियो ।
उक्त धाराबाट वालिङ ९ र १०का नागरिक तथा भुम्रे भकुण्डे बजारलगायतका स्थानीय प्रत्यक्ष लाभान्वित भएका छन् ।

ताजा
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु
२०८३ आश्विन १ गते, बिहीबार
वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
२०८३ आश्विन १ गते, बिहीबार





















