अस्वस्थकर जीवनशैलीले मुटुरोगको जोखिम बढ्दाे

सरोज ढुङ्गेल

काठमाडौँ,१२असोज-मानिसको अस्वस्थकर जीवनशैलीमा आएको परिवर्तनले मुटुरोगको जोखिम बढिरहेको छ । त्यस्तै उमेर, तनाव, खानपान, अल्छीपनजस्ता कारणले पनि मुटुरोगको जोखिम बढ्दो छ । नियमित शारीरिक अभ्यास तथा शारीरिक श्रमपूर्ण काम नगर्ने प्रवृत्तिले मुटुरोगी बढ्दै गएको छ ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलले मिठो, मसलेदार, चिल्लो, स्वादिलो खाना मुटुका लागि अप्रिय रहेको बताउनुभयो । यीबाहेक चुरोट, खैनी, गुट्खा, रक्सी पिउने बानी त मुटुका लागि घातक हुने उहाँले बताउनुभयो । 

तर त्यो पनि व्यक्ति अनुसार फरक हुने उहाँले बताउनुभयो । उहाँका अनुसार एक व्यक्तिले सयौँ चुरोट खाएर केही नहुन सक्ने तर त्यही व्यक्तिले पिएको धुवाँका कारण अन्य व्यक्तिको स्वास्थ्यमा ठुलो असर पर्न सक्छ । उहाँले अस्वस्थकर खानपान तथा चुरोट, बिँडीजस्ता पदार्थ नियमित सेवन गर्नाले मुटुलाई बढी बल परेर रक्तचाप बढ्न जाने बताउनुभयो । 

अत्यधिक खानपिन र शारीरिक निष्क्रियताबाट विश्वका एक अर्ब मानिस बोसोका कारण ‘ओभर वेट’ समस्यामा परेको अनुमान छ । सामान्यतया एक जना स्वस्थ मानिसको बडी मास इन्डेक्स (आइबिएम) १८.५ देखि २४.५ बिचमा हुनु पर्छ । योभन्दा बढी उचाइ र मोटाइमा आधारित शारीरिक नाप वा ३५ इन्चभन्दा मोटो कम्मर भएका महिला र ३४ इन्चभन्दा बढी कम्मर भएका पुरुषलाई ‘ओभर वेट’ मानिन्छ । ‘ओभर वेट’ महिला, पुरुष रक्तचाप र मधुमेह रोगको जोखिममा हुन्छन् । 

विश्वमा बर्सेनि एक करोड ८० लाख मानिस मुटुरोगका कारण मर्ने गर्छन् । तीमध्ये विकासोन्मुख राष्ट्रमा मुटुरोगबाट मर्नेको सङ्ख्या ८० प्रतिशतभन्दा बढी छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०३० सम्ममा मुटुरोगबाट विश्वभर मर्नेको सङ्ख्या बर्सेनि दुई करोड ५० लाख पुग्ने अनुमान छ । नेपाल हृदयरोग निवारण प्रतिष्ठानका अनुसार हाल नेपालमा कुल जनसख्ंयाको २५ प्रतिशत अर्थात करिव ७५लाख जनता मुटुरोगी भएको अनुमान गरिएको छ । नेपालमा करिब ३० प्रतिशत वयस्कलाई उच्च रक्तचाप छ । २० प्रतिशतलाई कोलेस्ट्रोल छ, १० प्रतिशतलाई मधुमेह रहेको छ । त्यस्तै १ प्रतिशत बालबालिकालाई बाथ मुटुरोग छ । बर्सेनि एक हजार बालबालिका बाथ मुटुरोगका कारण मर्ने गर्छन् ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले व्यायामले कोलेस्ट्रोल सन्तुलनमा राख्नुका साथै रक्तचाप, सुगर र ‘स्ट्रेस’ लाई पनि नियन्त्रित गर्ने बताउनुभयो । सानै उमेरमा पनि मुटुरोगको जोखिम बढेको भन्दै उहाँले उच्च रक्तचाप तथा मुटुको परीक्षण नियमित गर्नुपर्ने बताउनुभयो । 

डा. रेग्मीले आफूलाई रक्तचाप, हाई कोलेस्ट्रोल, मधुमेह वा अन्य किसिमका समस्या भएकोजस्तो लाग्नासाथ चिकित्सकहाँ गई उपचार गर्नुपर्ने बताउनुभयो । उहाँले छातीमा असजिलो र पीडा हुने, असजिलो बढ्दै गएर हुने पीडा आरामले बस्दा पनि नघट्ने, त्यस्तो बेला छातीबिचको अघिल्लो हड्डी, पाखुरा, घाँटी र ढाडमा पनि असजिलोका साथै ढुकढुकी अनियमित हुने, पसिना आउने, वाकवाकी र बाडुली पनि लाग्ने लक्षण मुटुरोगका लक्षण हुन सक्ने बताउनुभयो । 

यसैबिच विश्व मुटु महासङ्घको आह्वानमा शुक्रबार विश्वभर विश्व मुटु दिवस मनाइँदै छ । मुटुसम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रम गरेर विश्व मुटु दिवस मनाइने गरिन्छ ।स्रोतःगोप

ताजा

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal