अस्वस्थकर जीवनशैलीले मुटुरोगको जोखिम बढ्दाे

सरोज ढुङ्गेल

काठमाडौँ,१२असोज-मानिसको अस्वस्थकर जीवनशैलीमा आएको परिवर्तनले मुटुरोगको जोखिम बढिरहेको छ । त्यस्तै उमेर, तनाव, खानपान, अल्छीपनजस्ता कारणले पनि मुटुरोगको जोखिम बढ्दो छ । नियमित शारीरिक अभ्यास तथा शारीरिक श्रमपूर्ण काम नगर्ने प्रवृत्तिले मुटुरोगी बढ्दै गएको छ ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलले मिठो, मसलेदार, चिल्लो, स्वादिलो खाना मुटुका लागि अप्रिय रहेको बताउनुभयो । यीबाहेक चुरोट, खैनी, गुट्खा, रक्सी पिउने बानी त मुटुका लागि घातक हुने उहाँले बताउनुभयो । 

तर त्यो पनि व्यक्ति अनुसार फरक हुने उहाँले बताउनुभयो । उहाँका अनुसार एक व्यक्तिले सयौँ चुरोट खाएर केही नहुन सक्ने तर त्यही व्यक्तिले पिएको धुवाँका कारण अन्य व्यक्तिको स्वास्थ्यमा ठुलो असर पर्न सक्छ । उहाँले अस्वस्थकर खानपान तथा चुरोट, बिँडीजस्ता पदार्थ नियमित सेवन गर्नाले मुटुलाई बढी बल परेर रक्तचाप बढ्न जाने बताउनुभयो । 

अत्यधिक खानपिन र शारीरिक निष्क्रियताबाट विश्वका एक अर्ब मानिस बोसोका कारण ‘ओभर वेट’ समस्यामा परेको अनुमान छ । सामान्यतया एक जना स्वस्थ मानिसको बडी मास इन्डेक्स (आइबिएम) १८.५ देखि २४.५ बिचमा हुनु पर्छ । योभन्दा बढी उचाइ र मोटाइमा आधारित शारीरिक नाप वा ३५ इन्चभन्दा मोटो कम्मर भएका महिला र ३४ इन्चभन्दा बढी कम्मर भएका पुरुषलाई ‘ओभर वेट’ मानिन्छ । ‘ओभर वेट’ महिला, पुरुष रक्तचाप र मधुमेह रोगको जोखिममा हुन्छन् । 

विश्वमा बर्सेनि एक करोड ८० लाख मानिस मुटुरोगका कारण मर्ने गर्छन् । तीमध्ये विकासोन्मुख राष्ट्रमा मुटुरोगबाट मर्नेको सङ्ख्या ८० प्रतिशतभन्दा बढी छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०३० सम्ममा मुटुरोगबाट विश्वभर मर्नेको सङ्ख्या बर्सेनि दुई करोड ५० लाख पुग्ने अनुमान छ । नेपाल हृदयरोग निवारण प्रतिष्ठानका अनुसार हाल नेपालमा कुल जनसख्ंयाको २५ प्रतिशत अर्थात करिव ७५लाख जनता मुटुरोगी भएको अनुमान गरिएको छ । नेपालमा करिब ३० प्रतिशत वयस्कलाई उच्च रक्तचाप छ । २० प्रतिशतलाई कोलेस्ट्रोल छ, १० प्रतिशतलाई मधुमेह रहेको छ । त्यस्तै १ प्रतिशत बालबालिकालाई बाथ मुटुरोग छ । बर्सेनि एक हजार बालबालिका बाथ मुटुरोगका कारण मर्ने गर्छन् ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले व्यायामले कोलेस्ट्रोल सन्तुलनमा राख्नुका साथै रक्तचाप, सुगर र ‘स्ट्रेस’ लाई पनि नियन्त्रित गर्ने बताउनुभयो । सानै उमेरमा पनि मुटुरोगको जोखिम बढेको भन्दै उहाँले उच्च रक्तचाप तथा मुटुको परीक्षण नियमित गर्नुपर्ने बताउनुभयो । 

डा. रेग्मीले आफूलाई रक्तचाप, हाई कोलेस्ट्रोल, मधुमेह वा अन्य किसिमका समस्या भएकोजस्तो लाग्नासाथ चिकित्सकहाँ गई उपचार गर्नुपर्ने बताउनुभयो । उहाँले छातीमा असजिलो र पीडा हुने, असजिलो बढ्दै गएर हुने पीडा आरामले बस्दा पनि नघट्ने, त्यस्तो बेला छातीबिचको अघिल्लो हड्डी, पाखुरा, घाँटी र ढाडमा पनि असजिलोका साथै ढुकढुकी अनियमित हुने, पसिना आउने, वाकवाकी र बाडुली पनि लाग्ने लक्षण मुटुरोगका लक्षण हुन सक्ने बताउनुभयो । 

यसैबिच विश्व मुटु महासङ्घको आह्वानमा शुक्रबार विश्वभर विश्व मुटु दिवस मनाइँदै छ । मुटुसम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रम गरेर विश्व मुटु दिवस मनाइने गरिन्छ ।स्रोतःगोप

ताजा

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal