वालिङमा गौमुत्र वितरण

वालिङ,११असोज-वालिङमा गौमुत्र वितरण गरिएको छ । शनिबारदेखि सुरुहुने सोह्र श्राद्धलाई लक्षित गरी एक कार्यक्रमकाबीच बिहीबार वालिङ बजार क्षेत्रमा गौमुत्र वितरण गरिएको हो ।
वालिङ नगरपालिका ८ काफलडाँडास्थित धुनि शिवालय गुठी गौशाला आश्रमले गौमुत्र वितरण गरेको हो । वालिङ क्षेत्रका टोल टोल र घरहरुमा गौमुत्र र गोबर पुर्याइएको छ । गौमुत्र र गोबर वितरण गर्दै विश्वहिन्दु महासंघका केन्द्रीय सदस्य एवं भागवत अलङ्कार पण्डित नेत्र पराजुलीले सोह्र श्राद्धमा आवश्यक पर्ने गौमुत्रको अभाव नहोस भनेर वितरणमा लागिएको बताउनुभयो ।
आफ्ना पित्रृहरुलाई श्रद्धापूर्वक अर्पण गरिने विधिलाई श्राद्ध भनिन्छ, उहाँले भन्नुभयो, “सोह्र श्राद्धका बेला सबै पितृहरु यहाँ उपस्थित हुन्छन्, उहाँहरुको उद्धारका लागि गो प्रदत्त वस्तु पञ्चकव्य आवश्यक पर्दछ । जुन गाईको दूध, गाईको गहँँत, गोबर, गाईकै घिउ र दहीबाट बनाइने पञ्चकव्य हामीले प्रास्चन गरेरमात्रै धार्मिक कार्यमा अगाडि बढ्न सकिन्छ भन्ने शास्त्रीय मान्यता हो ।”
भागवतालङ्कार पराजुलीले शरीरको स्वस्थताका निमित्त वैज्ञानिक हिसावले पनि प्रास्चन गरेपछि हाम्रो शरीरलाई व्यायाममा राख्नसक्ने शक्ति प्राप्त हुन्छ । त्यसैले यो पञ्चकव्य महत्वपूणर् छ ।
टोल टोलमा मन्दिर तथा घर घरमा गएर गौमुत्र वितरण गरेका छौं यो ग्रहणगरेर आफ्ना पितृहरुको उद्धारमा सबै सहभागी भैदिनुहुन भागवतालङ्कार पराजुलीले सबैलाई आग्रह गर्नुभएको छ ।
गाईपाल्ने प्रचलन हराउँदै जानु तर गाई र गाईको मलमुत्र हिन्दु परम्परामा पूजाआजा लगायत पितृकार्यमा नभै नहुनु पछिल्लो समयको सामाजिक समस्या हो । यही समस्यालाई मध्यनजर गर्दै धुनि शिवालय गुठी गौशाला आश्रमले गरेको गौमुत्र वितरणले सहजता ल्याएको छ । यो अभियानसँगै वालिङबासीलाई आवश्यक पर्दा कुनैपनि समय गाई तथा गौमुत्रको अभाव हुन नदिइने गौशाला आश्रमले जनाएको छ ।
ताजा

test
२०८२ जेष्ठ ५ गते, सोमबार
test
२०८२ जेष्ठ ५ गते, सोमबार
प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना
२०८२ बैशाख २४ गते, बुधबार
धर्मले समाजलाई अनुशासित बनाउँछ: पूर्व मन्त्री अर्याल
२०८२ बैशाख २३ गते, मंगलवार
पूर्वमन्त्री प्रदीप नेपालको निधन
२०८२ बैशाख २३ गते, मंगलवार
‘सरकारले यथाशीघ्र प्राङ्गारिक र जैविक मलको व्यवस्था गर्नेछ’
२०८२ बैशाख २१ गते, आईतवार
प्रधानमन्त्रीसमक्ष राज्यमन्त्री गर्बुजाको सपथ
२०८२ बैशाख २१ गते, आईतवार
चालिसेमा महायज्ञ हुने
२०८२ बैशाख २० गते, शनिबार
विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा वालिङमा स्वास्थ्य शिविर
२०८२ बैशाख २० गते, शनिबार
विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को महत्व र नारा
२०८२ बैशाख २० गते, शनिबार