वालिङमा गौमुत्र वितरण

वालिङ,११असोज-वालिङमा गौमुत्र वितरण गरिएको छ । शनिबारदेखि सुरुहुने सोह्र श्राद्धलाई लक्षित गरी एक कार्यक्रमकाबीच बिहीबार वालिङ बजार क्षेत्रमा गौमुत्र वितरण गरिएको हो ।
वालिङ नगरपालिका ८ काफलडाँडास्थित धुनि शिवालय गुठी गौशाला आश्रमले गौमुत्र वितरण गरेको हो । वालिङ क्षेत्रका टोल टोल र घरहरुमा गौमुत्र र गोबर पुर्‍याइएको छ । गौमुत्र र गोबर वितरण गर्दै विश्वहिन्दु महासंघका केन्द्रीय सदस्य एवं भागवत अलङ्कार पण्डित नेत्र पराजुलीले सोह्र श्राद्धमा आवश्यक पर्ने गौमुत्रको अभाव नहोस भनेर वितरणमा लागिएको बताउनुभयो ।
आफ्ना पित्रृहरुलाई श्रद्धापूर्वक अर्पण गरिने विधिलाई श्राद्ध भनिन्छ, उहाँले भन्नुभयो, “सोह्र श्राद्धका बेला सबै पितृहरु यहाँ उपस्थित हुन्छन्, उहाँहरुको उद्धारका लागि गो प्रदत्त वस्तु पञ्चकव्य आवश्यक पर्दछ । जुन गाईको दूध, गाईको गहँँत, गोबर, गाईकै घिउ र दहीबाट बनाइने पञ्चकव्य हामीले प्रास्चन गरेरमात्रै धार्मिक कार्यमा अगाडि बढ्न सकिन्छ भन्ने शास्त्रीय मान्यता हो ।”
भागवतालङ्कार पराजुलीले शरीरको स्वस्थताका निमित्त वैज्ञानिक हिसावले पनि प्रास्चन गरेपछि हाम्रो शरीरलाई व्यायाममा राख्नसक्ने शक्ति प्राप्त हुन्छ । त्यसैले यो पञ्चकव्य महत्वपूणर् छ ।
टोल टोलमा मन्दिर तथा घर घरमा गएर गौमुत्र वितरण गरेका छौं यो ग्रहणगरेर आफ्ना पितृहरुको उद्धारमा सबै सहभागी भैदिनुहुन भागवतालङ्कार पराजुलीले सबैलाई आग्रह गर्नुभएको छ ।
गाईपाल्ने प्रचलन हराउँदै जानु तर गाई र गाईको मलमुत्र हिन्दु परम्परामा पूजाआजा लगायत पितृकार्यमा नभै नहुनु पछिल्लो समयको सामाजिक समस्या हो । यही समस्यालाई मध्यनजर गर्दै धुनि शिवालय गुठी गौशाला आश्रमले गरेको गौमुत्र वितरणले सहजता ल्याएको छ । यो अभियानसँगै वालिङबासीलाई आवश्यक पर्दा कुनैपनि समय गाई तथा गौमुत्रको अभाव हुन नदिइने गौशाला आश्रमले जनाएको छ ।

ताजा

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

२०८३ आश्विन १ गते, बिहीबार

ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’

२०८३ भाद्र ३१ गते, बुधबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal