राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान स्याङ्जाको वार्षिक साधारणसभा सम्पन्न

वालिङ,६असोज-राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल स्याङ्जाको वार्षिक साधारणसभा सम्पन्न भएको छ । प्रतिष्ठान स्याङ्जाले शनिबार २२ औं वार्षिक साधारणसभा वालिङमा सम्पन्न गरेको हो ।
साधारणसभाको उद्घाटन गर्दै प्रतिष्ठानका केन्द्रीय सचिव घनश्याम रिजालले राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल कलाकारको दुःख सुखको सारथी भएको बताउनुभयो ।
अग्रजहरुको सुरुवात र हामी सबैको प्रयासबाट प्रतिष्ठान केन्द्रले डेढ करोड बढिको कलाकार कल्याणकारी कोष स्थापना गरिसकेकाले कलाकारको हरेक दुःख सुखको सारथीको रुपमा काम गर्दै आएको गण्डकी प्रदेशका संयोजकसमेत रहनुभएका केन्द्रीय सचिव रिजालले बताउनुभएको हो ।

कलाकारिताको कर्ममा लागेका र नेपाली लोकगीत संगीतमा समर्पित कलाकारहरुलाई विपतका बेला अभिभावकीय भूमिका निभाउदै आएकाले निर्धक्कसँग लाग्न उहाँले आग्रह गर्नुभयो ।
साधारणसभाको अवसरमा प्रतिष्ठान स्याङ्जाका निवर्तमान अध्यक्ष ऋषि डुम्रेले आफ्नो कार्यकालमा जिल्लामा गरिएको कलाकार कल्याणकारी कोष स्थापनाको लागि रु २ लाख ५ हजारको चेक हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा प्रतिष्ठानका संस्थापक अध्यक्ष गोपाल जिटी, पूर्व अध्यक्षहरु अर्जुन गैह्रे, नेत्रप्रसाद पाण्डेलाईलाई संरक्षक र जिल्लाका पाँचवटै नगरपालिकालाई संरक्षक संस्थाकोरुपमा कदरपत्र प्रदान गरिएको छ । यस्तै पदमराज गुरुङलाई सल्लाहकारमा मनोनित गरिएको प्रमाणपत्र हस्तान्तर गरिएको थियो ।

ताजा

महिलाहरुलाई आधारशिला तालिम

२०८२ बैशाख ११ गते, बिहीबार

महिलाहरुलाई आधारशिला तालिम

२०८२ बैशाख ११ गते, बिहीबार

पुतलीबजार पूर्ण खोप पालिका घोषणा

२०८२ बैशाख ११ गते, बिहीबार

उत्पादन बढाउन आधुनिक खोर निर्माण

२०८२ बैशाख ११ गते, बिहीबार

वालिङमा तीन पत्रकार सामानित

२०८२ बैशाख ६ गते, शनिबार

शिक्षकलाई विद्यालय फर्काउ

२०८२ बैशाख २ गते, मंगलवार

स्थानीय तहको सेवा प्रवाहमा प्रश्न

२०८१ चैत्र ३१ गते, आईतवार

महिलालाई उत्पादनमा जोड्न बाख्रा वितरण

२०८१ चैत्र ३१ गते, आईतवार

सिद्धार्थ राजमार्गकाे स्तरउन्नती हुन्छः अर्थमन्त्री पाैडेल

२०८१ चैत्र ३० गते, शनिबार

वरिष्ठ पत्रकार भैरव रिसालको निधन

२०८१ चैत्र २५ गते, सोमबार

बाह्रविशे मेला सम्पन्न, दर्शककाे उत्साहाजनक सहभागिता

२०८१ चैत्र २४ गते, आईतवार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal